Chef Moti KC
Personal blog
06/03/2026
With B***n – I just got recognised as one of their top fans! 🎉
आदरणीय युद्ध प्रभावित क्षेत्र तथा खाडी मुलुकहरूमा बसोबास तथा रोजगारीमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अभिवादन।
हाल अन्तर्राष्ट्रिय राजनीतिक तथा सैन्य तनाव (संयुक्त राज्य अमेरिका, इजरायल तथा इरानबीचको द्वन्द्व अवस्था) बढ्दै गएको सन्दर्भमा कतार, संयुक्त अरब इमिरेट्स (दुबई), बहराइन, कुवेत तथा साउदी अरब मा कार्यरत तथा बसोबासरत सम्पूर्ण नेपाली नागरिकहरूलाई निम्न निर्देशनहरू कडाइका साथ पालना गर्न अनुरोध गर्दछु
१. आधिकारिक सूचना बाहेक अन्य जानकारीमा विश्वास नगर्नुहोस्....
दूतावास, सम्बन्धित निकाय तथा आधिकारिक सञ्चार माध्यमबाट जारी भएका सूचनामात्र अनुसरण गर्नुहोस्। अफवाह तथा अपुष्ट समाचारको प्रचार नगर्नुहोस्।
२. संवेदनशील तथा जोखिमयुक्त क्षेत्रबाट टाढा रहनुहोस्....
सैन्य अड्डा, तेल उद्योग क्षेत्र, विमानस्थल वरपर, सरकारी भवन तथा अत्यधिक भीडभाड हुने स्थानमा अनावश्यक रूपमा नजानुहोस्।
३. व्यक्तिगत कागजात सुरक्षित राख्नुहोस्
पासपोर्ट, भिसा, श्रम स्वीकृति, कामदार कार्ड तथा सम्झौता पत्रलगायत सम्पूर्ण कागजात सुरक्षित राख्नुहोस् तथा तिनको डिजिटल प्रतिलिपि मोबाइल वा इमेलमा सुरक्षित राख्नुहोस्।
४. दूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्
आफू बसोबास गरेको मुलुकस्थित नेपाली दूतावास वा कन्सुलेट कार्यालयको आपतकालीन सम्पर्क नम्बर सुरक्षित राख्नुहोस् र आवश्यक परे तुरुन्त जानकारी गराउनुहोस्।
५. सामाजिक सञ्जालमा राजनीतिक वा उत्तेजक सामग्री प्रकाशन नगर्नुहोस्
स्थानीय कानुन विपरीत हुने कुनै पनि गतिविधि, पोस्ट, भिडियो वा टिप्पणी नगर्नुहोस्।
६. आपतकालीन अवस्थामा तुरुन्त सुरक्षित स्थानमा जानुहोस्
स्थानीय सरकारले तोकेको सुरक्षित क्षेत्र वा आश्रयस्थलको जानकारी राख्नुहोस् र सम्बन्धित निकायको निर्देशनअनुसार मात्र आवागमन गर्नुहोस्।
७. परिवार तथा रोजगारदातालाई जानकारी दिइरहनुहोस्
आफ्नो अवस्था सुरक्षित रहेको जानकारी नियमित रूपमा परिवार तथा रोजगारदाता संस्थालाई दिनुहोस्।
यो जानकारी सबै नेपाली नागरिकमा पुर्याउन अनुरोध गर्दछु।
आफ्नो तथा समुदायको सुरक्षा सुनिश्चित गर्नु सबैको साझा दायित्व हो।
27/02/2026
नेपाली ढाँकाबाट बनेका दौरा र कपडाको लोकप्रियता यति बढ्नेवाला छ कि अब नेपालमा यसको माग पुर्याउनै गाह्रो हुनेवाला छ कि कसो, हजुर? अब जलेर भो त?
Haga clic aquí para reclamar su Entrada Patrocinada.