Deepon tv

Deepon tv

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepon tv, Digital creator, Janakpur.

20/05/2026

एउटी आमा…
जो बिहानदेखि बेलुकासम्म चर्को घाममा आफ्ना नानीहरूको पेट भर्न डालोभरि काफल बोकेर सडकमा हिँडिरहेकी थिइन्। उनको सपना ठूलो थिएन — केवल साँझ घर फर्किंदा बालबच्चालाई एकछाक खाना खुवाउन सकियोस् भन्ने मात्रै थियो।
तर त्यही सडकमा, जनताको सेवा र सुरक्षाका लागि खटिएका भनिएका नगर प्रहरीले उनको डालो सडकमै घोप्ट्याइदिए।
क्षणभरमै उनका काफल सडकभरि छरिए… अनि सँगै छरियो उनको मेहनत, आशा र आमाको मन।
त्यसपछि ती आमा सडकको बीचमा बसेर आँसु पुछ्दै भुइँबाट एक–एक दाना काफल टिपिरहेकी थिइन्।
सायद उनको मनमा एउटै पीडा थियो —
“अब मेरा छोराछोरीलाई के खुवाउने…?”
जसले दिनभरि घामसँग लडेर दुःख गर्‍यो, आखिर उसैको पेटमाथि किन प्रहार गरियो ?
गरिबको पसिना यहाँ यति सस्तो किन हुन्छ ?
किन उसको आँसु कसैलाई देखिँदैन ?
सडकमा पोखिएको त्यो काफल मात्रै थिएन…
त्यो एउटी आमाको संघर्ष थियो, बाध्यता थियो, अनि आफ्ना सन्तानका लागि बाँचेको सानो सपना थियो।

16/05/2026

Breaking: Nepal wins the match with USA by 9 wickets in ongoing CWC League 2. ❤️🇳🇵

Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Janakpur