Jeevan khatri
म एक सामान्य नेपाली । साहित्य र पत्रकारिता रमाईरहेको एक मनुवा ।
Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
13/03/2025
आहा... भीर पाखामा पनि कति सुन्दर घर ।
06/03/2025
"ह्या, के पढ्नु । पढेको कुरा सबै दिमागमा बस्दैन् । बिर्सिन्छु कत्ति कत्ति । झ्याउ मात्र लाउँछ ।" एकदिन मैले सोचेँ ।
हो त, किन पढ्नु ? किताब किन्यो पैसा खर्च गरी गरी । समयको लगाई लगाई पढ्यो । सबै काम लाग्ने पनि हैन । जीवनमा कत्ति किताबहरू पढेँ, अधिकांश किताबको त नाम समेत भुलेँ भित्रको विषयको कुरा त झन् परको भयो ।
"उसो भए नपढ्ने त ?"
"हो त्यसै गरौँ ।" आफैँलाई भनेँ र लुसुक्क मोबाईलमा छिरेँ । स्क्रोल गर्दै थिएँ । अङ्ग्रेजीमा एउटा छोटो कथा रहेछ । पढेँ । कसले लेखेको हो, थाहा भएन तर गज्जब लाग्यो । अनि यसो नेपालीमा भावानुवाद गरेको नि । त्यो यस्तो छ ।
***
एक दिन, एक विद्यार्थीले आफ्नो प्राध्यापकलाई एउटा प्रश्न सोधे । प्रश्न थियो, 'मैले मेरो जीवनमा धेरै किताबहरू पढेको छु, तर मैले तीबाट प्राप्त गरेको धेरैजसो जानकारी मलाई याद छैन। त्यसोभए, यति धेरै किताबहरू पढेर के फाइदा हुन्छ?'
प्राध्यापक चुप लागे र त्यस दिन जवाफ दिएनन्। केही दिन पछि, विद्यार्थी र प्राध्यापक एक नदीको किनारमा भेटे। प्राध्यापकले विद्यार्थीलाई एउटा ठूलै प्वाल परेको भाँडो देखाए र भने, "यस भाँडो लिएर जाउ र नदीबाट पानी भरेर लिई आउ।" प्वाल परेको भाँडोमा पानी कसरी अड्याउनु? विद्यार्थी अलमल्लमा पर्यो । उसलाई लाग्यो, यो बेकारको काम हो । हुन पनि हो । किनकि प्वाल परेको भाँडोमा पानी बोक्न कसरि सम्भव हुन्छ र ।
तर, उसले आफ्नो प्राध्यापकको सल्लाहलाई अवज्ञा गर्न सकेन, त्यसैले उसले त्यो भाँडो लियो र नदीतिर दौड्यो । उसले भाँडोमा पानी भर्यो र फिर्ता ल्यायो, तर ऊ धेरै टाढा जान सकेन । पानी बोकेर केही कदम हिँडेपछि, पानी प्वालबाट चुहिएर भुइँमा खस्यो । उसले भाँडोमा पानी अड्याउन सकेन । उसले धेरै पटक प्रयास गर्यो तर असफल भयो र भयो निराश ।
धेरै बेरसम्म कोशिस गर्दा पनि नसके पछि, उनी आफ्नो प्रोफेसरकहाँ फर्किए र भने, "म असफल भएँ। मैले यो भाँडोमा पानी ल्याउन सकिन। यो मेरो लागि असम्भव रह्यो सर । कृपया मलाई माफ गर्नुहोस्।"
प्रोफेसर मुस्कुराए र भनेँ, "तिमी असफल भएको हैनौ । हेर त यो भाँडोलाई । यो अहिले सफा छ। यो नयाँ भाँडो जस्तो चम्केको छ । जब प्वालबाट पानी चुहिन्छ नि भाँडो भित्रको फोहोर पनि बग्छ ।"
प्रफेसर केही बेर रोकिन्छन् र फेरि भन्छन्, -"तिमी पनि यही भाँडोजस्तै हौ । जब तिमी किताब पढ्छौ, तिम्रो दिमाग प्वाल भएको भाँडो जस्तै हुन्छ, र किताबमा भएको जानकारी पानी जस्तै हुन्छ । किताब पढ्दा तिमीलाई सबै कुरा याद हुँदैन् । तर के सबै सामग्री सम्झनु आवश्यक छ ?पक्कै पनि छैन्, तर जुन कुरा सम्झिन आवशेयक हुन्नन ती पानीजस्तै बगेर जान्छन् । तर तिनले तिम्रो दिमागलाई यही भाँडोलाएजस्तै चम्काएर जान्छन् । किताबहरू पढ्दा तिमीलाई विचार, ज्ञान, भावना, र सत्य कुराहरू प्राप्त हुन्छन् जसले तिम्रो मनलाई शुद्ध पार्छ।"
उनी अझै थप्छन्, -"जब तिमी किताब पढ्छौ, तिमी आध्यात्मिक रूपान्तरणबाट गुज्रन्छौ, र नयाँ व्यक्तिको रूपमा पुनर्जन्म लिन्छौ । बाबु, किताबहरू पढ्नुको मुख्य उद्देश्य यही हो।"
***
कस्तो लाग्यो । शानदार छैन त? गज्जब लाग्यो भने सेयर गर्नुस र किताब पढ्नुको अर्थ सबैमाझ पुर्याउनुहोस् । धन्यवाद ।
- तपाईँको
जीवन खत्री
Jeevan Khatri
Click here to claim your Sponsored Listing.