Seti Saipal Academy

Seti Saipal Academy

Share

"One book, One pen, One child and One teacher can change the World."
-Malala Yousafazai

24/04/2026

Notice! Notice! Notice!

Admission Open at Seti Saipal Academy
From Play Group (P G.) to class 8 for new session 2083

21/04/2026

अत्यन्त जरुरी सूचना

विषय : नयाँ भर्ना खुला तथा शैक्षिक सत्र सञ्चालन सम्बन्धमा ।

आदरणीय अभिभावक ज्यू,
नमस्कार।।

यस सेती साइपाल एकेडेमी, बझाङद्वारा नयाँ शैक्षिक सत्र २०८३ का लागि वैशाख ८ गतेदेखि वैशाख २० गतेसम्म भर्ना अभियान सञ्चालन गरिने व्यहोरा सादर जानकारी गराइन्छ। उक्त अवधिमा प्ले ग्रुपदेखि कक्षा ८ सम्म नयाँ भर्ना खुला गरिएको छ।

साथै, वैशाख २१ गतेदेखि नियमित पठनपाठन पूर्ण रूपमा सुचारु हुने जानकारी समेत सम्पूर्ण अभिभावकज्यूहरूमा अवगत गराइन्छ।

तसर्थ, आफ्ना नानीबाबुहरूको सर्वाङ्गीण विकास, गुणस्तरीय शिक्षा तथा उज्ज्वल भविष्य निर्माणका लागि हाम्रो शैक्षिक संस्थामा समयमै भर्ना गराई अवसरको सदुपयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

हामी यहाँहरूको विश्वासप्रति प्रतिबद्ध रहँदै उत्कृष्ट शैक्षिक वातावरण प्रदान गर्न सधैं तत्पर रहनेछौं।

धन्यवाद।

सेती साइपाल एकेडेमी परिवार
बझाङ

14/04/2026

🎉 नव वर्ष २०८३ सालको हार्दिक शुभकामना! 🎉
🌸 नयाँ वर्षले तपाईं र तपाईंको परिवारमा
सुख, शान्ति, समृद्धि तथा सफलता ल्याओस् भन्ने कामना गर्दछौं। 🌸

🏫 Seti Saipal Academy
"A place where learning meets excellence"

📢 यसै अवसरमा जानकारी गराइन्छ कि हाम्रो विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ७ सम्म भर्ना खुला गरिएको छ।
✨ तपाईंको बालबालिकाको उज्ज्वल भविष्यको लागि आजै सही विद्यालय(सेती साईपाल एकेडेमी) छनोट गर्नुहोस्! ✨

🌟 हाम्रा विशेषताहरू (Why Choose Us?) 🌟
✔️ गुणस्तरीय शिक्षा प्रदान
✔️ अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा पठनपाठन
✔️ नियमित Computer Classes 💻
✔️ विविध Extra-Curricular Activities 🎨⚽
✔️ Safe, Secure & Friendly Environment 👶
✔️ Focus on Discipline and Moral Values 📘
✔️ प्रत्येक विद्यार्थीप्रति व्यक्तिगत ध्यान 👩‍🏫

📍 स्थान: जयपृथ्वी नगरपालिका–१०, चैनपुर, बझाङ
📞 सम्पर्क: 9848455080 / 9848436588
📧 Email: [email protected]

🎯 आजको सही निर्णयले भोलिको उज्ज्वल भविष्य निर्माण गर्छ!
👉 आजै भर्ना गर्नुहोस् र आफ्ना बालबालिकालाई सफलताको बाटोमा अघि बढाउनुहोस्। 🚀

धन्यवाद।।

14/09/2025

मिति: २०८२/०५/२९

आदरणीय अभिभावक ज्यू
नमस्कार !

विषय : विद्यालय सञ्चालन सम्बन्धमा ।

यही भाद्र २३ गते सोमबारका दिन देखि देशका विभिन्न स्थानमा Gen-Z को देशव्यापी आन्दोलन पश्चात उत्पन्न विषम परिस्थितिले सृर्जना गरेको असहज अवस्थाले बन्द भएको विद्यालय आज मिति २०८२/०५/२९ गतेबाट निर्धारित समयमा सञ्चालन हुने र सम्पूर्ण शैक्षिक गतिविधिहरु सञ्चालन गरिने व्यहोरा यहाँहरू सम्पूर्णमा जानकारी गराइन्छ । धन्यवाद।।

विद्यालय प्रशासन
सेती साइपाल एकेडेमी चैनपुर, बझाङ्ग

13/09/2025

अत्यन्त जरुरी सूचना।

यही मिति २०८२ साल भदौ २९ गते आइतबार (एकदिन) हाम्रो सेती साइपाल एकेडेमी खुला रहने भएकाले सम्बन्धित अभिभावकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूलाई जानकारी गराइन्छ। उक्त दिन सम्बन्धित अभिभावकहरूले आफ्ना नानी-बाबुहरूलाई विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गरिन्छ। धन्यवाद।।

विद्यालय प्रशासन
सेती साइपाल एकेडेमी चैनपुर, बझाङ्ग

09/09/2025

आदरणीय अभिभावक ज्यू,
नमस्कार !
विषय बिदा सम्बन्धी सूचना ।

उपरोक्त सम्बन्धमा यही मिति २०८२ साल भदौ २३ गते Gen-z आन्दोलनको क्रममा शाहादत प्राप्त गर्ने ती निर्दोष विद्यार्थीहरुको सम्झनामा आज मिति २०८२ साल भदौ २४ गते मङ्गलबार (एक दिन) हाम्रो यस सेती साइपाल एकेडेमीले शोक बिदा दिने निर्णय गरेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। उक्त दिन हाम्रो सेती साइपाल एकेडेमीमा पठनपाठन बन्द रहने भएकाले सबै सम्बन्धित अभिभावकहरू, कर्मचारीहरू तथा विद्यार्थीभाइबहिनीहरू मा जानकारी गराइन्छ। धन्यवाद।।

विद्यालय प्रशासन
सेती साइपाल एकेडेमी चैनपुर, बझाङ्ग

09/09/2025

आदरणीय अभिभावकज्यू,
नमस्कार!

काठमाडौँ लगायत देशका विभिन्न स्थानमा Gen-Z को देशव्यापी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै, भाद्र २४ गते मंगलबार एक दिनका लागि विद्यालयको पठनपाठन स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै अभिभावकहरु, कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरूलाई सूचित गरिन्छ।

बालबालिकालाई घरमा सुरक्षित राख्न र बाहिर अनियन्त्रित रूपमा जान नदिन अभिभावकज्यूहरुलाई हार्दिक अनुरोध गर्दछौं।

विद्यालय प्रशासन
सेती साइपाल एकेडेमी चैनपुर, बझाङ्ग

Photos from Seti Saipal Academy 's post 30/06/2025

Deepest gratitude to Yoga Guru Mr. Krishna Bahadur Singh sir from Patanjali Yog Peeth Working Committee Chainpur, Bajhang, for visiting our school and teaching us and our students about Yoga and various yoga practices. Your invaluable guidance has truly enriched our lives. Wishing you all the best in your future endeavors. Thank you from the bottom of our hearts. 🙏👏👏

27/06/2025

आदरणीय अभिभावक ज्युहरु🙏
SEE को नतिजा प्रकाशन भएको छ।, धेरै नम्बर ल्याउने अरुका छोराछोरीको नतिजा देखेर आफ्ना सन्तानलाई ख्यापख्याप नपारौं । धेरै नम्बर ल्याउँदैमा उपरखुट्टी लगाएर खान पाइँदैन । थोरै ल्याउँदैमा भोकै भइन्न । जिल्ला, क्षेत्र या बोर्ड टपेर कालान्तरमा त्यही नम्बरको बोझले थिचिई डल्लो परेका मान्छे हाम्रै वरिपरि छन् । त्यसैले सन्तानले धेरै नम्बर ल्याइदिएको भए हुन्थ्यो भनेर कहिल्यै नसुनाऊँ । सकेसम्म सामाजिक सञ्जालमा पनि ग्रेड नलेखी बधाई दिऊँ । नम्बरभन्दा महत्वपूर्ण कुरा हो-उनीहरू जीवनको यो लामो दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् । सन्तानलाई नम्बर ल्याउने यन्त्र होइन, असल मान्छे बन्न सिकाऊँ, भोकको अर्थ र श्रमको महत्व सिकाऊँ । यति सिके भने बुढेसकालमा तपाईंहरू जत्ति सन्तोषी कोही हुन्न। पढाइ सफल हुनु भन्दा पनि जीवन मा सफल हुनु महत्वपूर्ण हो !
एसइइ,२०८१ को नतिजा प्रकाशित भएको छ जसमा:
३.६ - ४.० जिपिए ल्याउने : ४८ हजार १७७
३.२-३.६ जिपिए ल्याउने : ८१ हजार ३८५ जना
२.८-३.२ जिपिए ल्याउने : ८९ हजार १२४ जना
२.४-२.८ जिपिए ल्याउने : ४८ हजार ४७९ जना
१.६-२.० जिपिए ल्याउने : ८ जना
NG ल्याउने : १ लाख ६७ हजार ५९७ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको•
सबैभन्दा बढी १ लाख २८ हजार २१५ जना परीक्षार्थी गणितमा फेल भएका छन्।
• अङ्ग्रेजीमा ८० हजार ६७२ जना फेल भएका छन्।
• नेपालीमा ५४ हजार ७३५ जना फेल भएका छन्।
• विज्ञानमा ७९ हजार २७१ जना फेल भएका छन्।
• सामाजिकमा ५३ हजार १८६ जना फेल भएका छन्।

Photos from Seti Saipal Academy 's post 27/06/2025

Some lovely scenes of the students and teachers planting flowers around the academy to beautify the school on the occasion of the Friday program.

Want your business to be the top-listed Computer & Electronics Service in Bajhang?
Click here to claim your Sponsored Listing.

Website

Address

Bajhang
Bajhang
10500