KSL Support Page
Kathmandu School Of Law as an institution dedicated to shape the future of legal education.
25/06/2025
समस्या सृजना गरिएको करिब ५-६महिना बितिसक्दा कलेज प्रशासनले बारम्बार सम्पर्कमा आउन आग्रह गर्दा पनि केही अत्तोपत्तो नभएका कथित पिडित माथी छानबिन गर्ने निर्णय कत्तिको तर्कसंगत हो?छानबिन नै गर्ने इच्छा भए यहाँ अध्यनरत छात्राहरुसगं गर्नुहोस् भन्ने विषय पनि पटक पटक उठान भएकै छ।साथै यस्ता भ्रामक समाचारहरुको प्रचार गरेर कुनै संस्थाको बर्षौंको प्रतिष्ठामा नकारात्मक प्रभाव नपार्न नम्र निवेदन छ।
द काठमाणाडु पोस्टको आजको यो समाचारमा कुनैपनि कुरा नयाँ छैन । अहिलेसम्म कुनै पनि पीडित प्रत्यक्ष सम्पर्कमा नआएकोले (पीडित नै नभएकोले) कथित केएसएल एकाउन्टिबिलिटी नामको विक्षिप्त विद्यार्थीहरूको फेसबुक समुहले महिला आयोगमा KSL बिरुद्ध अनुसन्धान गर्न निरन्तर दबाब दिदै आए पनि महिला आयोग सदस्यले "प्राप्त सूचनाका आधारमामात्र अनुसन्धान अघि बढाउन नसक्ने" भनेको कुरालाई "KSL को यौन दूूर्व्यवहार अभियोगमा महिला आयोगले अनुसन्धान गर्ने" भन्ने भ्रामक शीर्षक राखि प्रकाशित गरिएको समाचारको खण्डन गर्दै उक्त समाचारप्रति खेद व्यक्त गर्दछौँ । विद्यार्थी भर्नाको समयलाई लक्षित गरि दुई महिना अघि नै सम्प्रेषित भैसकेको समाचारलाई नयाँ शीर्षक दिइ समाचार सम्प्रेषण गर्ने कार्य नियोजित, कुत्सित, निन्दनीय र खेद्पूर्ण छ । यसरी समाचार प्रवाह गर्न षडयन्त्र गर्ने कथित KSL Accountability समूह लाई आफु बिरुद्ध लागेको अदालतमा विचाराधीन मुद्दा डटेर सामना गरी अदालतलाई न्यायनिरूपणमा सहयोग पुर्याउन र धेरै रूवाबासी नगरी जिम्मेवार रूपमा प्रस्तुत हुन हामी चुनौती दिन्छौं । साथै, यस्ता कुहिएका समाचारबाट कोहीपनि विद्यार्थी, अभिभावक तथा सर्वसाधारण भ्रमित नहुन आग्रह समेत गर्दछौँ ।
- हाम्रो KSL राम्रो KSL
09/05/2025
विध्यार्थीहरूको सफलताले नै शैक्षिक संस्थाको गुणस्तर झल्काउँछ।हार्दिक बधाई तथा भविष्यका सफलताहरुका लागि अग्रिम शुभकामना।
कुनै पनि शैक्षिक संस्था स्थापना गर्न संचालक समितीको भूमिका हुन्छ तर उक्त संस्थाको छवि,गौरव,जनमानसमा उक्त संस्था प्रतिको धारणाको जगेर्णा गर्ने प्रथम जिम्मेवारी त्यहा अध्धयनरत विध्यार्थीहरुको हुन्छ।त्यसैले के एस एल् यहाँ अध्ययन गरेका र गरिरहेका हरेक बिध्यार्थीहरुको संस्था हो।संस्थाले हामीलाई के दियो भन्दा पनि हामीले संस्थालाई के कति दियौ भन्ने विषय हामी सबैले समीक्षा गरौँ।
अहिले युवा वर्गमा देशले हामीलाई केदियो र?भन्ने प्रमुख प्रश्न देखिन्छ।देश त मात्रिभूमी हो नी!देशले हामीलाई आफ्नो पहिचान (identity) दिन्छ।त्यसैले त हामी गर्वसाथ आफूलाई नेपाली भन्न सक्छौँ।कुनै देशको पहिचान नभएका,कुनै देशले नागरिकको रुपमा स्वीकार नगरेका ब्यक्ति विशेषलाई भन्दा बढी राष्ट्रिय पहिचानको महत्व अरु कस्लाई थाहा होला?कुनै दिन अवसर मिले सोधिहेर्नुहोला त्यस बखत आफ्नो देशले के दियो सरल जवाफ पाउनुहुनेछ।
हो त्यस्तै हो कुनै शिक्षण संस्था पनि।तपाईं हामीलाई उक्त शैक्षिक संस्थाले आफ्नो पहिचान,सद्भावना (goodwill) दिएको छ।विश्व विध्यालयद्वारा संवन्धन खारेज भएर पढ्ने अवसरबाट बन्चित विध्यार्थीहरुलाई जति शैक्षिक संस्थाको पहिचानको महत्व अरुलाई कमै हुन्छ। त्यसैले समयमै आफ्नो शैक्षिक संस्थाको महत्व बुझि यसको जगेर्णा गर्न जुटौँ।
बिध्यार्थीहरुका अनुभव र के एस एलले दिएको ज्ञान हर्षित मुहारद्वारा ब्यक्त गर्दै।
20/04/2025
🎙️🎙️KSL Experience Sharing 25 Years Silver Jubilee Celebration 🎉🎉 #25thanniversary #kslnepal
Students experience sharing
के एस एलमा विध्यार्थीहरुको अनुभव
काठमाडौं स्कुल अफ ल बिगत २५ वर्ष देखि कानून विषयको अध्ययन अध्यापन गर्दै गराउँदै आएको सामुदायिक संस्था हो।देशमा विधमान कुरिती,अस्थिरता,अराजकता र खस्किदो न्यायप्रणालिलाई दक्ष कानून विशेषज्ञ उतपादन गरि सर्वहारा वर्गसम्म कानुनको पहुच पुर्याउने तथा भविष्यको न्याय प्रणालि न्यायका मान्य शिध्दान्तमा आधारित बनाउने यश संस्थाको लक्ष हो।
पाँच वर्षको कानुन अध्ययनमा विध्यार्थीहरुले पाठ्यक्मको अतिरिक्त विभिन्न कृयाकलापहरु जस्तै:मुट कोर्ट,विभिन्न न्यायिक तथा अर्धन्यायिक निकायहरुको भ्रमण,सास्कृतिक कार्यक्रम,विज्ञहरुसगं छलफल तथा अन्तरक्रिया,रिसर्च ग्रान्टको अवसर प्राप्त गर्दछन्।
क्लिनिकल कानुनी शिक्षा: क्लिनिकल कानूनी शिक्षा काठमाडौं स्कुल अफ लद्वारा नेपालमा पहिलो पटक कानून विषय अध्यनरत विध्यार्थीहरु केवल पाठ्यक्मको ज्ञानमा मात्र सिमित नभएर कानूनी प्रकृया र अदालती काम कारवाही बारे जानकार हुनुपर्छ भन्ने हेतुले ल्याइएको नवीन आयाम हो।
के.एस.एल् आउटरिच क्याम्पस भकुन्डे बेसी: काभ्रे जिल्लाको भकुन्डे बेसीमा अवस्थित के.एस.एल् आउटरिच क्याम्पसमा विध्यार्थीहरुलाई क्लिनिकल कानुनी शिक्षा अन्तरगतका पाठ्यक्रम लगायत विभिन्न अन्तर्राष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रमहरु संचालन गरिन्छ।
काठमाडौं स्कुल अफ ल मा विध्यार्थीहरुको अध्ययन प्रयोजनका लागि विभिन्न अन्तर्राष्ट्रिय लेखकहरुका किताबहरुसमावेश गरि लाईब्रेरी र पाठ्यक्रमका किताब सपथ मुल्यमा खरिद गर्न लेक्श एन्ड जुरिस पब्लिकेसन समेत कलेज परिसर भित्रै अवस्थित छ।
विध्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै सफा र स्वच्छ क्यानटिन लगायत अस्वस्थ विध्यार्थीकालागी फर्स्ट एड सुबिधा सहितको विश्राम कक्ष समेत रहेको छ।
शान्त वातावरणमा अवस्थित यस संस्थामा आधुनिक प्रविधिको प्रयोग गरि दक्ष तथा अनुभवि शिक्षक शिक्षिकाहरुद्वारा अध्ययन अध्यापन गराईन्छ।
अर्थिक रुपले कमजोर तथा जेहेन्दार विध्यार्थीहरुलाई हरेक वर्ष पूर्ण वा आंशिक छात्रवृत्ति प्रदान गर्दै आएको छ साथै कलेजमै इन्टर्नशिप पनि उपलब्ध गराईन्छ।
समग्रमा विध्यार्थीहरुको चौतर्फी विकाशका लागि आवश्यक सम्पूर्ण सेवा सुविधा काठमाडौं स्कुल अफ लले प्रदान गर्दै आएको छ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bhaktapur