Dmk Xpress

Dmk Xpress

Share

निडर समाचार, जिम्मेवार पत्रकारिता ! Special Birthday Cake are available....

26/06/2026

रास्वपाको नयाँ नेतृत्व चयन, पदाधिकारीलाई बधाई तथा शुभकामना

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको भन्दै विभिन्न तहबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

महाधिवेशनबाट रबि लामिछाने सभापतिमा चयन भएका छन्। यस्तै, वरिष्ठ नेतामा बालेन शाह, उपसभापतिमा स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्रीमा बिपिन कुमार आचार्य तथा सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र महिला सहमहामन्त्रीमा निशा डाँगी चयन भएका छन्।

नवनिर्वाचित पदाधिकारीहरूलाई पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पार्टीलाई अझ सुदृढ र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। रास्वपाको पहिलो महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले आगामी दिनमा पार्टीको संगठन विस्तार, सुशासन र जनअपेक्षाअनुसार काम गर्ने अपेक्षा गरिएको छ।

23/06/2026

काठमाडौं, असार ९ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल लाई पुल्चोक प्रहरी प्रभागको हिरासतमा राखिने भएकाे छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार सुर्खेतबाट पक्राउ गरेका पौडेललाई मंगलबार काठमाडौं ल्याई विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनको स्वास्थ्य परीक्षण गराई पुल्चोक प्रहरी प्रभागको हिरासतमा राखिएको हो।
विभागले पौडेलमाथि सम्पत्तिको स्रोत र शंकास्पद सेयर कारोबार सम्बन्धी विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउपछि एमालेले उक्त कदमको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ भने विभागले कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको जनाएको छ।

पत्नी हत्यामा ‘नेपाली ब्रो’ एक्लै संलग्न रहेको प्रहरीको निष्कर्ष 22/06/2026

पत्नी हत्यामा ‘नेपाली ब्रो’ एक्लै संलग्न रहेको प्रहरीको निष्कर्ष पत्नी हत्यामा ‘नेपाली ब्रो’ एक्लै संलग्न रहेको प्रहरीको निष्कर्ष

Want your business to be the top-listed Media Company in Chowk?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address

Kirat Chowk
Chowk