Sima Rai Official
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sima Rai Official, Social service, Samyukta tole, Dharan.
दशैंको ढोकामा उभिंदा
दुई संसार देख्दैछुः
कसैको घरमा दशैको रंगमन्च सजिदै गरेको
तर कसैको घरमा सपना चकनाचुर भएको।
कसैको निधारमा रातो टिका टल्किदै गरेको
तर कसैको आंखामा आशुकै नदि बगेको।
कसैको कपालमा जमरा हल्लिएको,
तर कसैको कपाल खौरिएर शोकको नक्सा बनेको।
यी विपरीत दृश्यहरूले हजुरको मुटु झस्काउंदैन र????
नेपालको भूमिमा लाखौँ आँसु, हजारौँ सपना,
र अनिगन्ती बलिदान दफनिएका छन् ।
तर अझै पनि एउटै प्रश्न हृदय चिर्दै चिच्याइरहको छ—
“कहिले आउँछ परिवर्तन???😔
प्यारा जेन-जी तिमीहरु प्रधानमन्त्री छान्दैछौं ! यो गौरवको विषय पनि हो तर एजेन्सीको खेल अर्कै छ । इण्डियन गुप्तचर संस्था RAW ले बनाउन चाहेको प्रधानमन्त्री दुर्गा प्रसाई नै हो तर हजुरआमा सुशिला कार्कीलाई बनाउनु पर्ने उसको बाध्यता छ, किन ?किनको जवाफ लामो छ , म भन्छु । प्यारा जेन्जी तिमीहरुले जुन आन्दोल सफल पार्यौं त्यो दुर्गा प्रसाईले मंसीर ७ मा बल्खुमा गरेको आन्दोलनकै निरन्तरता हो । उनीहरु सातदोबाटोमा असफल भए, तिनकुनेमा असफल भए तर उनीहरुले सिके कुनै पार्टी, राजा वा हिन्दुको नामबाट आन्दोलन सफल हुन सक्दैन । उनीहरुले इण्डोनेसियाबाट सिके र जेन्जी पुस्तालाई उपयोग गर्ने नीति लिए । यस बेला उनीहरुले आन्दोलनको रुपरेखा पनि बदले । जनताको सम्पत्तिमा आक्रमण गर्यो भने आन्दोलनले समर्थन नपाउने रहेछ र आन्दोलनमा बच्चा नमरी विद्रोह खडा हुन नसक्ने रहेछ । त्यसपछि एजेन्सीले जेन्जीलाई बच्चा स्कुले डेसमा ल्याउन लाएर अगाडि बच्चालाई राखेर मसिनगनले भुट्ने र उसैदिन सरकार ढाल्ने योजना बनायो । अनि उनीहरु सफल भए । प्यारा जेन्जी दिउँसो तिमीहरुले बुझेर घर फर्कन आब्हान गर्यौ तर धेरै ढिलो भइसकेको थियो कलिला बालबालिकालाई शैतानहरुले भुटिसकेका थिए । याद राख ति भुट्ने बन्दुक र गोली नेपाल प्रहरीका थिएनन । बन्दुक कुनै साधारण होइन मसिनगन थियो । र, ति बन्दुक हान्ने नेपालको प्रहरी नभएर प्रशिक्षित शार्प सुटर थिए जसले एउटै बच्चालाई नौ वटासम्म गाली हाने र छानीछानी टाउको मै हाने । आफ्नो अभीष्ट पूरा गर्न यिनीहरुले बच्चाको बली दिएका थिए ।
जसरी दरबार हत्याकाण्डको छानबिन भएन त्यसरी यो घटनाको पनि छानबिन हुँदैन किनकि आउने सरकार भनेको RAW मोदीको नोकर मात्र हो !
र तिमीहरुलाई अझै खेलाउँदै छन् यिनीहरुले । तिमीहरु जस्तो संसार बुझेका जेन्जीहरु किन बुझ्न ढिलो गरिरहेका छौ ? तिमीहरुलाई सुशिला कार्की वा अरु कोहीलाई प्रधानमन्त्री छान्न लाएको जस्तो भ्रम दिएको मात्र हो यिनिजरुले जसरी तिमीहरुलाई आन्दोलन गर्न प्रोत्साहित गरेर यि अपराधीहरुले सुनियोजित रुपमा बच्चा मराउने अपराध गरे । हो तिमीहरु पवित्र भावनाले, देशको चिन्ताले सडकमा गएका थियौं यसमा कुनै शंका छैन तर यिनीहरुलाई तिमीहरुको छातीमा टेकेर जम्प लगाउनु थियो र लगाए पनि । प्यारा जेन्जी, तिमीहरु यो प्रधानमन्त्री छान्ने भनेर गरिएको नाटक मंचनबाट बाहिर निस्क र भन लोकतान्त्रिक विधिबाट वैधानिक रुपले प्रधानमन्त्री छान्नुहोस्, काम हेरेर हामी समर्थन दिने कि नदिने भन्ने छौं ।
किन सुशिला कार्कीका लागि तिमीहरुको सहमति खोजिँदैछ? एक पटक तिमीहरु, हजुरआमाको ठाउँमा यिनीहरुले कल्पना नगरेको हर्क साम्पांग वा कुलमान जस्तो व्यक्ति भनेर हेर वा कोही दलित समुदायको मानिस भन, मान्छन् ? अलरेडी उनीहरुको एउटा लिस्ट छ र त्यही यिनीहरुले चाहेको नाम छ । यो अझ विस्तृत रुपमा म पछि बताउने छु । अहिले कति बुझौं भने यो आकाश खसे पनि यिनीहरुले बालेनलाई बनाउँदैनन् ।
सायद यिनीहरुले आउने निर्वाचनमा जितेर ५ वर्षका लागि तपाईं भन्ने भ्रम फ्याँकेका छन् बालेनलाई । र बालेन फकिएका छन् किनकि छ महिना त हो भन्दै कन्भिन्स गरेको हुन सक्छ । यिनीहरुको स्पष्ट योजनामा के छ भने कुनै पनि पार्टीका र उनीहरुको कुरा नमान्नेहरुलाई अख्तियार लगाएर सिध्याइ दिँदा जनसमर्थन पाउन सक्ने व्यक्तित्व चाहिएको छ यिनलाई । आउने निर्वाचनमा सबै पार्टीमा RAW का एजेन्टले मात्र टिकट पाउने वाला छन् । जब RAW को योजनाको नयाँ संसद बन्छ अनि धमाधम हुनेछन्, इण्डिया नेपालबिच सन्धी, त्यसपछि हामी भुटान जस्तै बन्छौं, बस धर्म मात्र अर्को हुन्छ ।
देउवा र आरजुमात्र किन कुटिए ? बच्चालाई स्कुले Dress मा आउन किन भनियो ? र किन लाइन लाएर अगाडि उभ्याइयो? मसिन गन सहित आएका नक्कली प्रहरी गोली हान्न साथ कसरी वेपत्ता भए ? बच्चालाई उकासेर प्रहरीको ब्यारिकेट तोड्न लाएर संसद भवन हान्न किन पठाइयो ? सुरक्षामा किन त्यति कम प्रहरी थिए ? लाठी चार्जसम्म नगरेको प्रहरीले ३० मिनेटमा ७ हजार भन्दा बढी गोली कसरी हान्छ ? त्यो तत्काल गरियो हामीले धेरै सोच्नै पाएनौं तर अब त सोचौं । प्यारा जेन्जी एजेन्सीले तिमीहरुलाई घुमाइरहेको छ ।
Copied
Surendra Basnet अधिवक्ता ज्युको वालबाट
लाइक र शेयरको अप्सन नभएकोले कपिपेस्ट नै गरे
थप : पुरानाहरु लाई साइड लगाएर नयाँ युवापुस्ता ल्याउनु पर्ने नै थियो तर अरुले ग्रान्ड डिजाइन गरेको जाल भित्र छौँ भन्ने हेक्का भने राखेनौ
Zen Zs का लागी मेरा केही भनाईहरू🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dharan