Tapeshwar Yadav
University Lecturer (Bio) & Head, MBAHS || Clinical Biochemist || Author of Different Medical Books || Researcher || Social Activists
05/04/2026
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले प्रा.डा. श्रीकृष्ण श्रेष्ठज्यूको संयोजकत्वमा स्वास्थ्य सेवालाई थप पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउने उद्देश्यले एक उच्चस्तरीय समिति गठन गरेकी छिन्
एक वर्ष नपुग्दै शिशुलाई गाईको दूध खुवाउँदा के हुन्छ ?
शिशुको सही वृद्धि र स्वास्थ्यका लागि पहिलो वर्ष अत्यन्तै संवेदनशील हुन्छ। त्यसैले साना गल्तीले पनि भविष्यमा असर पार्न सक्छ।
* ०–६ महिना पूर्ण स्तनपान अनिवार्य:-
शिशु जन्मेको १ घण्टाभित्र आमाको पहेँलो दूध (बिगौती) खुवाउनुपर्छ। यसले रोगसँग लड्ने शक्ति बढाउँछ।
६ महिनासम्म शिशुलाई आमाको दूध बाहेक पानीसमेत दिनु हुँदैन, किनकि आमाको दूधमै आवश्यक पानी र पोषण हुन्छ।
*६ महिना अघि अन्य खाना वा पानी किन नदिने ?
- पेटसम्बन्धी समस्या हुन सक्छ
- झाडापखाला लाग्ने जोखिम बढ्छ
*🥛गाईको दूध १ वर्षअघि किन नदिने ?
एक वर्ष नपुग्दै गाईको दूध खुवाउँदा:-
- एलर्जी हुने सम्भावना
- मधुमेहको जोखिम बढ्न सक्छ
- उच्च रक्तचापको सम्भावना
- पाचन समस्या
*🍼 बोतलको दूध प्रयोग गर्दा ध्यान दिनुहोस बोतलको दूधले:
- रोग प्रतिरोधात्मक क्षमता घटाउन सक्छ
- रुघाखोकी, निमोनिया जस्ता समस्या बढ्न सक्छ
*६ महिनापछि के खुवाउने ?
– लिटो, जाउलो
– दाल, गेडागुडीको झोल
– साग, आलु मिचेर
– फलफूलको रस
– माछा/मासु (बिस्तारै)
* १ वर्षपछि के गर्ने ?
– घरमै बनेको पोषिलो खाना
– परिवारसँगै बसेर खान दिने बानी
– जबरजस्ती नखुवाउने
– मोबाइल देखाएर खुवाउने बानी नबसाल्ने
जंक फुडबाट टाढा राखौं बजारका तयारी खानेकुरा स्वादिलो भए पनि पोषण कम हुन्छ र बालबालिकाको विकासमा नकारात्मक असर पार्छ।
– उमेर अनुसार खानाको मात्रा बढाउँदै लैजानुहोस्
– सन्तुलित आहार (दाल, भात, तरकारी, प्रोटिन) अनिवार्य छ
👉शिशुको पहिलो वर्षमा सही खानपानले नै भविष्यको स्वास्थ्य निर्धारण गर्छ। साना कुरामा ध्यान दिँदा ठूलो समस्या टार्न सकिन्छ !
Click here to claim your Sponsored Listing.