Abhishek Joshi Rudramsha
धार्मिक, सामाजिक, राजनीतिक अभियान्ता !!
14/06/2026
प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद । तपाईंका कारण पुराना गणतन्त्रवादीलाई आज :
पृथ्वीनारायण शाहको याद आयो ।
याद आए बलभद्र कुँवर र भक्ति थापाहरू,
नालापानीको युद्ध याद आयो,
याद आए एकीकरणका वीर सपुतहरू ।
गणतान्त्रिक संविधानमा नेपाल निर्माणका वीर योद्धाहरूलाई सम्झनै नचाहेका पुराना गणतन्त्रवादीहरू; पृथ्वीजयन्तीको सट्टा लेनिन, माओ र गान्धीको जयन्ती मनाउँदा गौरव अनुभव गर्नेहरू, जेसुकै कारणले होस्, तपाईंहरूले नेपालका निर्माताहरूलाई सम्झेकोदेख्दा प्रधानमन्त्रीलाई धन्यवाद दिन मन लाग्यो ।
10/06/2026
मा. ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डको कुरा सदनमा उठाउँदा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्नुभएको थियो ।
आज मा. सुदन गुरुङले पुनः गृहमन्त्रीको सपथ ग्रहणपछि पत्रकारहरू समक्ष दरबार हत्याकाण्डको फेरि अनुसन्धान गर्ने भन्नुभएको छ ।
अनुसन्धान ज्ञानेन्द्र शाहीले भन्नुभए झैँ सुरु होला कि फरक तरिकाबाट ? कौतुहलताको कुरो ।
धर्मनिरपेक्षताको पक्षमा प्रभावशाली मान्छेहरु पनि ??
Click here to claim your Sponsored Listing.