Nepublic 101

Nepublic 101

Share

नेपाली राजनीति, शिक्षा, समाज, र तपाईंको जीवनमा महत्त्व राख्ने हरेक कुराको समीक्षा !🇳🇵 जानकारीको लागी हामीलाई फलो गर्नुस्।

17/06/2026

फिफा विश्वकपमा डीआर कंगोको इतिहासकै पहिलो गोल !

योआन विस्साले डीआर कंगोका लागि इतिहासकै पहिलो गोल गरेका हुन् ।

• Portugal vs DR Congo: First History
• That Goal Shocked Everyone!

17/06/2026

सरकारले भूमिहीन सुकुमवासीलाई असारको तेस्रो सातादेखि सुरु गर्ने लालपुर्जा उपलब्ध गराउने प्रक्रिया तयारी गरेको जनाएको छ।

विगतमा गठन गरिएका भूमि आयोगहरूले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै पुरानै संरचना र कार्यशैलीका कारण समस्या समाधान हुन नसकेको बताइन्। उनका अनुसार अहिले नयाँ दृष्टिकोणसहित समिति गठन गरेर आवश्यक काम अघि बढाइएको छ।

भूमिहीनको समस्या समाधानमा राज्यको प्रयास पर्याप्त प्रभावकारी हुन नसकेको स्वीकार गर्दै प्राप्त निवेदनको तुलनामा लालपुर्जा वितरणको संख्या अत्यन्त न्यून रहेको बताइन्। ३० वर्षको अवधिमा १२ लाख निवेदन दर्ता भए पनि करिब ९ हजारलाई मात्र लालपुर्जा उपलब्ध गराइएको अवस्था लज्जास्पद रहेको उनको भनाइ थियो।

केन्द्रसँगै जिल्लास्तरमा पनि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति बनाएर काम अघि बढाइएको छ। यसले लालपुर्जा वितरण प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

उनले मन्त्रालयले असारको तेस्रो साताबाट औपचारिक रूपमा लालपुर्जा वितरण अभियान सुरु गर्ने लक्ष्य राखेको जानकारी दिइन्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu
44600