Pharap Rumba Tamang
I do not aspire to become a great leader, nor am I driven by the desire for power or position. This campaign is not about titles, it is about awareness.
घण्टी पार्टीले "राष्ट्रियता" बजाउदा बजाउदै लामालस्कार भारतीय गाडीको स्वागत । घण्टी त बज्दैछ तर त्यो घण्टीको तार कता जडान छ ? दिल्ली कि काठमाडौ ?
अब भन्नै पर्छ, नेपाली मतदातालाई देशप्रेमको उपदेश, तर अभ्यासमा आयातीत सवारीको भरोसा । यो चुनावी अभियान हो कि सीमापार सेवा शुल्कसहितको राजनीतिक डेलिभरी ?
यदि परिवर्तनको यात्रा पनि भारतीय नम्बर प्लेटमै सवार हुनुपर्छ भने घण्टी पार्टीले स्पष्ट गरोस, निर्वाचन नेपालकै हो कि बिहारको शाखा विस्तार ?
घण्टी बजाउने अधिकार सबैलाई छ, तर आवाज कसको हितमा बज्दैछ ? त्यो भने जनताले राम्रैसँग सुन्दैछन ।
16/01/2026
तामाङ जातिले खोजिरहेको एक आइडल
तामाङ जाति आफ्नै मौलिक भाषा, भेषभूषा, चाडपर्व, संस्कार र जीवनदर्शन बोकेको सांस्कृतिक रूपमा सम्पन्न सभ्यता हो । राज्य बन्नुअघि नै राज्य चलाउन जान्ने समुदाय हो तामाङ । इतिहासको पाना पल्टाउँदा “ताम्सालिङ” भुमिमा गणराज्य सञ्चालन गर्दै आएको यो समुदाय स्वाभिमान, आत्मनिर्णय र सामुहिक चेतनामा आधारित थियो ।
तर त्यो इतिहासलाई राज्यले स्वीकार गरेन । गोर्खा राज्य एकीकरण अभियानपछि तामाङहरुको गणराज्य खोसियो । भुमि मात्र होइन, शासन गर्ने अधिकार, निर्णय गर्ने हैसियत, र आफ्नै इतिहास लेख्ने अधिकार पनि खोसियो । त्यसपछि राज्यले तामाङलाई नागरिक बनाएन, श्रममा सीमित गर्यो । पिपा, हली, भरिया यी पेशा संयोग थिएन, यी राज्यद्वारा कोरिएका सीमाना थिए । तामाङ नामले पदको छत ठोक्किन्थ्यो । सेनामा, प्रशासनमा, न्यायलयमा यहाँसम्म मात्र भन्ने अदृश्य रेखा थियो ।
यही इतिहासको बोझ बोकेर पनि तामाङ समुदाय आज बिस्तारै उठ्दैछ । यो उठाइ केवल आर्थिक होइन, यो मानसिक, राजनीतिक र सामाजिक पुनर्जागरण हो । आज तामाङहरू हरेक क्षेत्रमा आफ्नो आइडल खोजिरहेका छन, राज्यका तीन अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा; निजामती सेवा, सेना, प्रहरी र राजनीतिक क्षेत्रमा । गीत-संगीतदेखि चलचित्र जगतसम्म, खेलाडिदेखि सुन्दरी प्रतियोगितासम्म, नेतादेखि कलाकारसम्म, वैज्ञानिक र विद्वानसम्म । किनकि आइडल भनेको केवल प्रसिद्ध व्यक्ति होइन, आइडल भनेको त्यो अनुहार हो, जसमा समुदायले आफ्नो सम्भावना देख्छ ।
त्यसैले पछिल्लो समय, भारतीय नागरिक भए पनि स्वर्गीय प्रसान्त तामाङका लागि विश्वभरका तामाङहरू एकढिक्का भए । इन्डियन आइडलको त्यो जित केवल गायनको विजय थिएन, त्यो इतिहासको अपमानमाथि दिएको सामुहिक उत्तर थियो । बुद्ध लामा नेपाल आइडल जिताउनु मनोरञ्जन मात्र थिएन, त्यो तामाङ समाजको चिच्याइ थियो “हामी पनि यहाँ छौ” भन्ने । र यहाँ नागरिकता गौण भयो, पहिचान मुख्य भयो ।
खेल क्षेत्रमा सिता तामाङदेखि असंख्य तामाङ खेलाडीहरूले दिएको प्रेरणा अचम्मलाग्दो छ । उनीहरूका शरीर मात्र दौडिएका छैनन, उनीहरूले समुदायको आत्मबल बोकेका छन । चलचित्र जगतका युवराज लामा, र आकाशमा उड्ने क्याप्टेन विजय लामाप्रति देखाइएको अपार माया संयोग होइन । त्यो माया भनेको प्रतिनिधित्वको भोक हो ।
राजनीतिमा तामाङ नेताहरू उदाए । थुप्रै दलमा तामाङ अनुहार देखिन्छन । तर ती अनुहारहरू आज पनि शासक जातिको नेतृत्वमुनि छन । उनीहरूले पद पाए, तर भावना समेट्ने अधिकार पाएनन । त्यसैले तामाङ समाज आज जातीय श्रेष्ठता खोजिरहेको छैन, उनिहरु खोजिरहेको छ ; ऐतिहासिक रुपमा दबाइएका समुदायको नेतृत्व होस, तर त्यो नेतृत्व सबै जातजातिलाई समेट्न सक्ने होस । र यो चाहना जातीय अहंकार होइन, यो ऐतिहासिक न्यायको खोज हो ।
यही पृष्ठभुमिमा पछिल्लो समय कुलमान घिसिङ, तामाङ समुदायको भावनात्मक प्रतीक बनेर उभिए । किन ? किनकि उनले कुरा गरेन, डेलिभरी दिए । नेपाल विद्युत प्राधिकरणको सफल प्रशासनिक नेतृत्व, लोडसेडिङको अन्त्य, यो केवल प्राविधिक उपलब्धि थिएन । यो राज्यले पहिलो पटक एक तामाङ क्षमतामाथि गरेको भरोसा थियो । पछि नागरिक सरकारको मन्त्री बनेर तीनवटा मन्त्रालय सम्हाल्दा जनताले देखे, तामाङ नेतृत्व पनि सक्षम हुन्छ । त्यसैले आज तामाङ जातिले कुलमान घिसिङलाई आफ्नो आइडल मान्न थालेका छन । उनी देवता होइन, तर उनी सम्भावनाको प्रमाण हुन ।
तर अन्ततः, तामाङ जातिले खोजिरहेको आइडल कुनै एक व्यक्तिमा सीमित छैन । यो खोज भनेको खोसिएको इतिहासको पुनर्लेखन, राज्य संरचनामा समान उपस्थिती, निर्णय गर्ने टेबलमा अधिकार, र भविष्यप्रति आत्मविश्वास हो । जबसम्म ताम्सालिङको इतिहास पाठ्यपुस्तकमा आउँदैन, जबसम्म तामाङ नाम पदको छतमा ठोक्किरहन्छ, जबसम्म नेतृत्व केवल प्रतिनिधि हुन्छ, निर्णायक हुँदैन, त्यतिन्जेल तामाङ जाति आइडल खोजिरहनेछ । र त्यो खोज यो देशको सबैभन्दा मौन तर सबैभन्दा गहिरो खतरनाक राजनीतिक आन्दोलन हुनेछ ।
06/10/2025
ओलीको घमण्डले देश डुबायो, कांग्रेसको समर्थनले देश जलायो, अनि त्यो खरानीबाट जन्मियो जेनाजी पुस्ता, जसले प्रश्न गर्न थालेको छ, "के राजनीति यिनै चोरहरूको बपौती हो ?"
यत्रो लुट, धाँधली, राष्ट्रघात, भ्रष्टाचार, र जनता माथिको धोका देख्दा पनि कांग्रेस-एमालेका कार्यकर्ता अझै गर्वले भन्छन, "जय नेपाल ।" अनि म भन्छु; थुक्क, यस्तो निर्लज्ज नारा तिमिहरुको मुखबाट फेरि इतिहासले सुन्न नपाओस ।
नेताले देश बेच्दा यिनले ताली बजाए, जनताको रगत चुसेर घर ठड्याउँदा यिनले सेल्फी खिचे, अनि जब देश खरानी भयो, तब पनि यिनले स्टेटस हाले, "जय कांग्रेस, जय एमाले - जय नेपाल !" अहिले यिनले दलको नाम सुन्दा गर्व गर्छन, मानौ यी पार्टीहरू कुनै मातृगंगा हुन जसमा गएर सबै पाप धुने हो !
तर साँचो कुरा के हो भने, यी दलका नेताले देश होइन, आफ्नै बुढी, छोरा, छोरी, सम्धी, सम्धिनी, हाकिम, व्यापारी सबको भविष्य सुरक्षित गरे । जनताको भविष्य ? त्यो त ओली र देउवाको नोट र वोट बीच कुहिदै मरेको विषय बन्यो ।
राजनीति देशको भविष्य होइन, व्यक्तिगत पेट र नेताको पुछ्याउने कुर्सीका लागि भएको स्पष्ट देखिन्थ्यो । तर लाज त त्यही दिन हरायो, जब कांग्रेस र एमालेका युवाले ‘आदर्श’ को अर्थ भुले र नेताका चम्चा र पिए बन्न गर्व गर्न थाले ।
ओलीको घमण्ड र देउवाको निर्लज्जता मिल्दा यस्तो मिश्रण बन्यो कि, जसले देशलाई विकास होइन, विनाशको स्याब्लिङ्ग बनाइदियो । आज देश खरानी छ, भविष्य धुवाँ, अनि कांग्रेस-एमालेका कार्यकर्ता त्यो धुवाँमा नाच्दै छन, "जय स्वार्थ, जय घमण्ड !"
त्यसैले, अब त कांग्रेस-एमालेको नाम लिन पनि लाज मान्, देश र जनताको लाज कमसेकम बचाइराख । नत्र इतिहासले तिमीहरुलाई यहि भन्नेछन; "देश जल्दा गीत गाउने, जनताको रगतमा नाच्ने निर्लज्ज पुस्ता ।"
03/10/2025
आतंककारी को ? माओवादी कि जेनजी ?
पञ्चायतदेखि बहुदलीय प्रजातन्त्रसम्म, सत्ता बदलियो तर राज्यको क्रुरता बदलिएन । एउटा प्रहरी, लौरो बोकेर हिड्दा सिंगो जिल्ला थरथर काँप्थ्यो । त्यो डर वास्तवमा प्रहरीप्रतिको सम्मान थियो, तर सत्ताले त्यसलाई जनताको कमजोरी ठानेर दमनमा बदलिदियो । जनतामा प्रतिरोध गर्ने न साहस थिए न चेतना नै । इतिहासमा भाद्र २३-२४ को रक्तपात त्यो क्रुरताको उदाहरण हो ।
आज GenZ पुस्ताले Enough is Enough भने जसरी नै, २०५२ सालमा माओवादीले भने "अब बस भयो" भन्दै बन्दुक उठाए । किनभने त्यतिबेला केवल ढुंगामुडा गरेर राजतन्त्रजस्तो निरङ्कुशता भत्काउन सम्भव थिएन ।
माओवादीले विद्रोह लुकाएर गरेका थिएनन । उनीहरूको घोषणा स्पष्ट थियो : "हामीले राज्यको विरुद्ध बन्दुक उठाएका छौ । सक्छौ भने हामीलाई मार, हैन भने हामी तिमीहरूको निरङ्कुशता ध्वस्त पार्छौ ।"
युद्ध भयो । युद्धमा मर्ने-मार्ने हुन्छ, यो स्वाभाविक हो । त्यो विद्रोह व्यक्तिगत लोभको परिणाम थिएन, त्यो गाउँ-गाउँका शोसक सामन्तलाई खेदाएर, राजतन्त्र ढालेर गणतन्त्र ल्याउने ऐतिहासिक आवश्यकता थियो ।
तर राजतन्त्रका मतियार कांग्रेस-एमालेले त्यतिबेला माओवादीलाई आतंककारी भने । आज त्यही शब्द केही फेन्जी GenZ ले दोहोर्याइरहेका छन । उनीहरूले बुझ्नैपर्छ, यदि १७ हजार मानिस मरेका कारण माओवादी विद्रोह आतंककारी हो भने, आजका GenZ आन्दोलन पनि आतंककारी नै हो ।
फरक यत्ति मात्र हो, त्यतिबेला बन्दुक आवश्यक थियो, आज ढुंगा र सडक पर्याप्त छन । तर दुवै आन्दोलन राज्यको अन्यायप्रति असन्तुष्टिका विस्फोट हुन ।
यसैले Pure GenZ ले बुझिसकेका छन किन जनयुद्ध भयो । तर आजकल केही फेन्जी पुस्ताले "झोले आतंककारी" जस्ता शब्द प्रयोग गर्छन । यो भाषाले उनीहरूको मानसिकता प्रकट गर्छ, त्यो मानसिकता, जुन वास्तवमा आफ्नो धरातल हराइसकेका सामन्ती-शोषक तथा अपराधीका रगत-छापिएका पुस्ताले बोकेको मानसिकता हो । जनयुद्धमा जनताको कारबाही भोगेका वा जनआन्दोलनमा जनताले लखेटेका त्यही पुराना शक्ति-अवशेषहरूको रगत अझै पनि उनीहरूको भाषामा टपक्क चुहिरहेछ ।
त्यसैले, सत्य सरल छ :
- यदि माओवादी आतंककारी थिए भने, आजका GenZ पनि आतंककारी हुन ।
- यदि GenZ असन्तुष्ट पुस्ता हुन भने, माओवादी पनि असन्तुष्ट पुस्ता थिए ।
अनि इतिहासले प्रष्ट पारेको छ, माओवादी विद्रोह बिना गणतन्त्र सम्भव थिएन, जस्तै नयाँ परिवर्तन पनि आजका विद्रोह बिना सम्भव हुने छैन ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu