Mr.Meme maker•

Mr.Meme maker•

Share

We make you laugh!

06/02/2026

प्रश्न किन गर्ने?

हामीलाई सानैदेखि प्रश्न गर्न सिकाइएन वा हामी आफैँले गर्न सिकेनौँ। नेपाली समाजले प्रश्न गर्नु गलत भन्छ। उदाहरणका लागि म आफैँलाई लिन्छु। मैले सानैदेखि गरेको प्रश्नलाई हेरौँ—
“मैले पढ्न किन जानु? न म डाक्टर बन्ने सपना देख्छु, न म इन्जिनियर बन्ने। मैले रोजेको सपनामा पढाइ गरेका मान्छे नै थोरै मात्र छन्, वा भनौँ सफलता पाएका त सुन्या छन्।”
मैले यो प्रश्न धेरैलाई गरेको छु—बुवा, आमा, हजुरबुवा, शिक्षक सबैलाई। मैले आजसम्म यसको उत्तर कसैबाट पाइनँ, र अब त मलाई चाहिँदैन पनि, किनभने म उत्तर आफैँ खोज्न सक्ने भएँ। तर म उत्तर आफैँ खोज्न नसक्ने हुँदा मैले पाएको उत्तर वास्तविक उत्तर नै थिएन, वा भनौँ मलाई यो प्रश्न गर्नु नै हुँदैन भनियो।

“पढ्नुपर्छ!
आफूभन्दा ठूला ले भनेपछि पढ्नुपर्छ!
परीक्षा पास गर्नलाई पढ्नुपर्छ!
एसएलसी पास गर्नलाई पढ्नुपर्छ!
पछि जागिर खानलाई पढ्नुपर्छ!
समाजले के भन्छ अनपढ हुँदा?”
यस्ता धेरै उत्तर पाएँ, तर यसले मेरो प्रश्नको उत्तर दिएन, र मैले प्रश्न गर्न पनि छाडेँ।

प्रश्न गर्न एकदमै जरुरी हुन्छ। न्युटनले “यो स्याउ भुइँमा किन खसेको होला?” भनेर प्रश्न नगरेको भए आज हामी मंगल ग्रहमा बस्ती बसाउने कुरा त परै जाओस्, पहिलो पाइला पनि चाल्दै हुन्नथ्यौँ होला। आइन्स्टाइनले न्यूटनमाथि प्रश्न गरेर “गुरुत्वाकर्षण स्थानीय मात्रै होइन, सायद सार्वभौमिक नै हुनुपर्छ” भनेर नसोचेको भए पनि यो सम्भव नहोला। ओपेनहाइमरले आइन्स्टाइनको गुरुत्वाकर्षणको सिद्धान्त ठूला वस्तुमा मात्रै लागू हुन्छ र परमाणुमा अलिक भिन्न व्यवहार देखिन्छ भनेर प्रश्न नगरेको भए परमाणु बम असम्भव थियो।

प्रश्न सबैलाई र सबैले गर्नुपर्छ। राजनीतिक, वैज्ञानिक, नैतिक, भावनात्मक—सबै प्रश्नले नै मानव समाज अघि बढेको इतिहास छ।

“यो सबै भन्नुको अर्थ के त?” भन्नु होला। यो प्रश्न पनि गर्नुपर्छ। 😂
अहिले राजनीतिक माहोल हुँदा तपाईंले आफ्ना नेतालाई प्रश्न गर्नुहोस्। रास्वपालाई प्रश्न गर्नुहोस्—हिजो संघीयता चाहिँदैन भन्दै आएको पार्टी आज “संघीयता हाम्रो मेरुदण्ड हो” किन भन्छ? एमालेसँग सोध्नुहोस्—हिजो मजदुरहरूको आवाज बनेर झापा विद्रोह गरेर आएको पार्टी आज मजदुरहरूलाई दबाउनेसम्म कसरी पुग्यो? कांग्रेसलाई सोध्नुहोस्—हिजो समाजवादको विचारधारा बोकेको कांग्रेस आज कुन नेताको भाषणमा सुनिन्छ? श्रम गरेर चर्चा कमाएका हर्क साम्पाङ आधुनिक युगमा एआई जस्ता कुरालाई बेल्चा हानेर कसरी जित्न सकिन्छ? हिजो सुकुम्बासी समस्या र फोहोर व्यवस्थापनका मुद्दा लिएर मेयर उठेका बालेनले डोजर चलाउने बाहेक के–के व्यवस्थापनका नीति अपनाए त? विकल्प भनेर आएका रवि कुलमानले के विकल्प लिएर आउँछन् त? सर्वहारा र भुइँमान्छे हुँ भन्दै सत्तामा पुगेका प्रचण्ड र बाबुराम आज विलासी जीवन बिताउँदा उनीहरूसँगै लडेका आज खान–लाउन पनि धौ–धौ कसरी भयो? “म भ्रष्टाचार सहँदिन र गर्दिन” भन्दै प्रधानमन्त्री बनेका ओलीले आफ्नै पार्टीका नेता भ्रष्टाचारमा समय–समयमा पर्दा के कारबाही गरे त? गिरिबन्धु र भुटानी शरणार्थी काण्डको छानबिन कहाँ पुग्यो त?

भोलि भोट माग्दै यी सबै नेता दस औँला जोडेर तपाईंको ढोकामा आउनेछन्। त्यति बेला यी जस्ता तपाईंले सोध्नुपर्ने प्रश्नहरू सोध्नु होला।
धन्यवाद!

सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रश्न गर्न कहिल्यै नछोड्नु हो। जिज्ञासाको आफ्नै अस्तित्वको कारण हुन्छ। — अल्बर्ट आइन्स्टाइन

Want your club to be the top-listed Nightclub in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu