Routine Of Bagmati

Routine Of Bagmati

Share

हाम्रो Routine of Bagmati पेजलाई फलो गर्नु होला

08/07/2026

Help Post : मानिस हराएको सूचना !

लमजुङको बेँसीशहर-२ बोहोराबेँसी स्थायी घर भएका ५७ वर्षीय बुद्धिबहादुर बोहोरा असार २१ गते बिहान ११:३० बजेदेखि गाईखुरे झरना नजिकबाट हराइरहनु भएकाले देख्नुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल दिइएको नम्बरमा सम्पर्क गरिदिनु होला।

उनलाई असार २१ गते बेलुकीपख मोटरसाइकल चढेर पाउदीतर्फ जाँदै गरेको देखिएको स्थानीयले बताएका छन्। हराएको समयमा उनले हरियो ट्रयाक सुट, अमला रङको टी-सर्ट र पातलो निलो रङको ज्याकेट लगाएका थिए।

सम्पर्क :
श्रीमती बालकुमारी बोहोरा : ९८४६९१९६५०
छोरा प्रबिन बोहोरा : ९८२६९५३६९१

Photos from Routine Of Bagmati's post 08/07/2026

तारकेश्वरमा सीसीटीभी जडानका लागि प्रहरी र नगरपालिकाबीच सम्झौता

तारकेश्वर नगरपालिका क्षेत्रमा आधुनिक सीसीटीभी निगरानी प्रणाली जडान गर्ने सम्बन्धमा बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र तारकेश्वर नगरपालिकाबीच औपचारिक सम्झौता सम्पन्न भएको छ।

नगरपालिकामा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौर तथा तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले सम्झौता–पत्रमा हस्ताक्षर गरी आदानप्रदान गर्नुभएको हो।

सम्झौता कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, प्रहरी उपरीक्षक अंशु कुमार सिंह, प्रहरी नायव उपरीक्षक ई. मनहरि डंगोल, नगरपालिकाका सूचना प्रविधि अधिकृत अशोक कुमार श्रेष्ठ, स्वकीय सचिव मनोज श्रेष्ठलगायत सम्बन्धित निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नगर प्रमुख कृष्णहरि महर्जनले नगर क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रणमा सहयोग पुर्‍याउन तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न सीसीटीभी प्रणाली प्रभावकारी माध्यम हुने बताउनुभयो। आधुनिक प्रविधिको प्रयोगमार्फत नगरको सुरक्षा व्यवस्थापनलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने उहाँको भनाइ थियो।

त्यसैगरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशील सिंह राठौरले स्थानीय सरकार सुरक्षा व्यवस्थापनको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै नागरिक सुरक्षालाई प्राथमिकता दिँदै गरिएको लगानीको प्रशंसा गर्नुभयो। उहाँले प्रहरी र स्थानीय सरकारबीचको सहकार्यले अपराध नियन्त्रण, अनुसन्धान तथा समग्र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिका र प्रहरीबीच भएको यस सम्झौतासँगै तारकेश्वर नगरपालिकाका विभिन्न सार्वजनिक तथा संवेदनशील स्थानमा चरणबद्ध रूपमा सीसीटीभी क्यामेरा जडान गरी प्रविधिमैत्री सुरक्षा प्रणाली विस्तार गर्ने तयारी गरिएको जनाइएको छ।

Photos from Routine Of Bagmati's post 08/07/2026

दुःखद खबर 😥विपी राजमार्ग अन्तर्गत चौकीडाँडामा टिपर पल्टिएको छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu