Health TIPS

Health TIPS

Share

On this page, we are dedicated to empowering you with the knowledge and tools needed to lead a healthier, happier life.

11/10/2025

हैजा रोग विरुद्धको खोप अभियान!

09/10/2025
07/10/2025

''राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम''
नेपालभरका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक २१ र २२ गते सञ्चालन हुने भएको छ।
'स्वस्थ बालबालिका, उज्ज्वल भविष्य!'

05/10/2025

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद् पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता अनुसार, विपद् हुँदा तत्काल चोटपटक र भौतिक क्षति देखिए पनि त्यसपछि पानीजन्य रोगको जोखिम बढ्छ।
✅ सफा पानी प्रयोग गर्नुहोस्
✅ खाना राम्ररी पकाउनुहोस्
✅ हात धुनुहोस् र सरसफाइमा ध्यान दिनुहोस्

पानीजन्य रोगबाट बच्न सचेत रहौं

05/10/2025

बाढी आइरहेको बेला पनि कतिपय मानिसहरू सुरक्षा नअपनाई भिडियो खिच्ने वा माछा मार्ने, दाउरा निकाल्ने, जस्ता जोखिमपूर्ण काम गरिरहेका छन्।
कृपया यस्ता कार्य नगर्नुहोस्। ज्यानभन्दा ठूलो केही छैन।
सबै जना सुरक्षित रहौं, सजग रहौं।

26/09/2025

भ्रमण गर्दा ध्यान दिनुपर्ने
✅ व्यक्तिगत औषधि, स्यानिटाइजर, मास्क र पानी बोतल साथमा राख्नुहोस्।
✅ पानी धेरै पिउनुहोस्, स्वच्छ खाना मात्र खानुहोस्।
✅ लामो यात्रामा बेलाबेलामा उठेर हिँड्नुहोस् वा स्ट्रेच गर्नुहोस्।
✅ घाम र किराबाट बच्न सनस्क्रिन र रिपेलेन्ट प्रयोग गर्नुहोस्।
✅ थकाइ भएमा पर्याप्त आराम लिनुहोस्।
'स्वस्थ र सुरक्षित यात्रा गरौं।'

25/09/2025

विजया दशमी २०८२ को हार्दिक मंगलमय शुभकामना

दशैंको रमाइलो र खुशीसँगै स्वास्थ्यलाई पनि ध्यान दिनुहोस्:
✅ मासु, मिठाई सीमित मात्रामा खानुहोस्
✅ फलफूल, तरकारी बढी खानुहोस्
✅ मदिरा कम, पानी धेरै पिउनुहोस्
✅ सवारी चलाउँदा सचेत रहनुहोस्

स्वस्थ शरीर र शान्त मनसँगै दशैं अझ मीठो र रमाइलो बनाऔं।

25/09/2025

दशैंमा मासु बढी खाने चलन छ। तर धेरै मासु, तेल र मसला खाँदा अपच, पेट दुख्ने वा कोलेस्ट्रोल बढ्ने जोखिम हुन्छ।

14/09/2025

देशको वर्तमान अवस्थाले धेरैको मानसिक स्वास्थ्यमा असर पारेको छ। आफ्नो भावनामा ध्यान दिनुहोस्, समुदायसँग जोडिनुहोस् र आवश्यक परेमा मानसिक स्वास्थ्य परामर्शदाताको सहयोग लिन नहिचकिचाउनुहोस्।

04/09/2025

हरेक दिन एउटै समयमा सुत्ने र उठ्ने प्रयास गर्नुहोस्। यसले निद्राको गुणस्तर बढाउँछ र बिहान ताजगीका साथ उठ्न सजिलो हुन्छ।

Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu