Looking Khabar
ताजा अबडेट हेर्न follow गर्नु भयो त ? जनजनको खबर मनमनको खबर
कर्मचारीहरूले जेनजी आन्दोलनमा जलेका सवारी साधनको नाममा पनि इन्धन लिने गरेको खुलेको छ।
24/04/2026
सुकुमबासीका लागि निर्मित २३३ फ्ल्याट एक दशकदेखि रित्तै ! विकल्प हुँदाहुँदै किन सर्न मानेनन् सुकुमबासी?
काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुरक्षा निकायलाई आइतबारसम्मको समय दिएका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०७० सालतिरै सुकुमबासी व्यवस्थापनका लागि इचंगुनारायणमा १४ करोडको लागतमा २३३ परिवार अट्ने अपार्टमेन्ट बनाइएको थियो। २०७३ सालमै निर्माण सकिए पनि सुकुमबासीहरू त्यहाँ जान नमानेपछि ती भवनहरू अहिले पनि प्रयोगविहीन छन्।
बस्ती हटाउन राज्यले विकल्प नै नदिई बल प्रयोग गर्न लागेको भन्ने आरोप लागिरहँदा, अर्कोतिर राज्यले करोडौँ खर्चेर बनाएको अपार्टमेन्ट भने झन्डै एक दशकदेखि रित्तै र प्रयोगविहीन छन्। सुकुमबासीहरूले पायक नपर्ने भन्दै इचंगुनारायण जान अस्वीकार गरेपछि अहिले बालेन शाहले 'अल्टिमेटम' मार्फत बस्ती खाली गराउने अन्तिम तयारी थालेका हुन्।
Click here to claim your Sponsored Listing.