Madan Kumar
एक संघर्षशील प्राणी
08/05/2026
I’m not taking anyone’s side. But after seeing these posters, I wondered, is there intense competition among Tharu artists, or is it jealousy? Two cultural programs in Kathmandu and Lalitpur, scheduled just a day apart.
26/04/2026
थारू नेता र सांसदहरू 'लाल आयोग'को प्रतिवेदनको पछि लागेर थारू समुदायका अरु मुद्दाहरू ओझेलमा परिरहेको तपाईंलाई लाग्दैन? लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगाउनुस् तर, त्यस सँगसँगै थारू समुदायका अन्य मुद्दालाई पनि उठाउनुस्।
२०६४/६५ र त्यसपछि २०७२ मा भएको थरुहट आन्दोलनको मुख्य मुद्दा 'स्वायत्त थरुहट प्रदेश' र 'थरुहटको सीमांकन र नामाकंन' थियो। त्यसैका निम्ति तपाईंहरूलाई नेता बनाउन सोझासाझा थारूहरूले ज्यानको आहूति पनि दिएको नबर्सिनुस्।
सरकारले यतिबेला संविधान संशोधनका निम्ति बहस पत्र तयार गरिरहेको छ। संविधान संशोधनका लागि सरकारले दलहरूलाई सुझाव पेश गर्न माग पनि गरेको छ। तर, यस सम्बन्धमा रास्वपाका ९ सहित १२ जनै थारू सांसदहरूले समुदायमा बहस चलाएको देखिएको/सुनिएको छैन। जबकि यी सबै थारू सांसदहरू त्यही थरुहट आन्दोलनसँग जोडिएका व्यक्तिहरू हुन्।
यसबाहेक केन्द्रदेखि प्रदेशसम्मै थारू आरक्षणमा भएको/भइरहेको जालझेलबारे बोल्नुस्। किनकि संघमा त्यसको मस्यौदा बनेको अवस्था छ भने प्रदेशहरूले पारित गरेर पनि कार्यान्यनमा ल्याइसकेको अवस्था छ। त्यसमा रहेको गल्ती/त्रुटिहरू सच्याउनुस्।
झन्डै दुई तिहाइको रास्वपाका ९ थारू सांसदहरूलाई साँच्चै अहिले अवसर छ। यो अवसर यसअघिका कुनै थारू नेताहरूले पाएका थिएनन्। तपाईंहरूले यति पनि आफ्नो पार्टी नेतृत्वको सरकार वा पार्टी पदाधिकारीहरूलाई कन्भिन्स गराउन सक्नुभएन भने इतिहासमा तपाईंहरूलाई पनि थारूहरूले पक्कै धिक्कार्नेछन्। पार्टी नेतृत्वले नजरअन्दाज गरे रवि लामिछानेले राष्ट्रियसभा गृह र कैलालीमा आयोजित आमसभामा बोलेका क्लिपहरू सुनाउनुस्, पक्कै स्मरण गर्लान्।
23/04/2026
मुनाजीलाई धेरै धेरै बधाई।
लेखक मुना चौधरीलाई ५० हजार रा.शिको प्रज्ञा प्रादेशिक पुर'स्कार
विदेशी राजदूतहरूसँगको बैठकमा प्रधानमन्त्री बालेनको 'इन्ट्री'
Click here to claim your Sponsored Listing.