Past News

Past News

Share

Old headlines, timeless memories. Past News revives history — one story at a time.

28/05/2026

भदौ २३–२४ घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक
मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको विध्वंसमा संलग्न दोषीमाथि निष्पक्ष कारबाही गर्न सिफारिस गरेको छ।
प्रतिवेदनमा घटनाका जिम्मेवार व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरिएको छ।

27/05/2026

राष्ट्रिय मानव अधिकार आयोगले केपी ओली, रमेश लेखक र पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न सिफारिस गरेको छ ।

27/05/2026

प्रधानमन्त्री बालेन शाह आज पनि संसदमा नआएको भन्दै हर्क साम्पाङले संसद बहिष्कार गरेका छन्।

22/05/2026

नयाँ बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफल
अर्थमन्त्री Swarnim Wagleले नयाँ बजेटको तयारीबारे पूर्व अर्थमन्त्रीहरूसँग छलफल गर्दै सुझाव लिएका छन्।

21/05/2026

कांग्रेस नेता दीपक खड्कासँग एक अर्बभन्दा धेरैको सम्पत्ति भेटिएको छ भने उनले सम्पत्तिको स्रोत खुलाउन सकेका छैनन्। 😲

20/05/2026

नक्कली रेडलेबल–ब्ल्याकलेबल बनाउने गिरोह पक्राउ

घरमै नक्कली मदिरा उत्पादन गर्दै आएको आरोपमा चार जनालाई सशस्त्र प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
चाँगाथलीस्थित एक घरमा छापा मार्दा रक्सी बनाउन प्रयोग हुने केमिकल, उपकरण, राजस्व स्टिकर र होलोग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनापछि गरिएको कारबाहीमा उनीहरू रंगेहात पक्राउ परेका हुन्।

19/05/2026

सहकारी पीडितलाई राहत सुरु
आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरिएको छ।
पहिलो दिन कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका ३७८ जनाले बचत फिर्ता पाएका छन्।
करिब ७६ हजार बचतकर्ताको ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्थामा सरकारले साना बचतकर्तालाई प्राथमिकता दिएको हो।
पाँच लाखभन्दा कम रकम हुनेलाई ‘साना’ र त्यसभन्दा बढीलाई ‘ठूला’ बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ

19/05/2026

मोबाइल बैंकिङको रु १० शुल्क घटाउन सांसद आवास्थीको माग
सांसद Aakriti Awasthiले मोबाइल बैंकिङमा लाग्ने रु १० शुल्क पुनरावलोकन गर्न आग्रह गरेकी छन्।
उनले यस्तो शुल्कले सर्वसाधारणमाथि थप भार पर्ने र डिजिटल बैंकिङ प्रयोग निरुत्साहित हुने बताइन्।
डिजिटल कारोबार प्रवर्द्धन गर्न शुल्क घटाउनुपर्ने उनको जोड।।

Photos from Past News's post 18/05/2026

World Record 🇳🇵
नेपाली क्रिकेटर Sandeep Lamichhane एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्।
उनले मात्र ७३ खेलमै यो कीर्तिमान कायम गरेका हुन्। ❤️🇳🇵
Pic: CAN

18/05/2026

Good News:
ग्यास आयातमा अर्बौँ रुपैयाँ बाहिरिन थालेपछि सरकारले अब विद्युतीय चुलोमा अनुदान दिने तयारी गरेको छ।
स्वदेशमै उत्पादन भएको विद्युत प्रयोग गरेर खाना पकाउने वातावरण बनाउन यो योजना ल्याउन लागिएको हो।
यसले ग्यासमा निर्भरता घटाउने, विदेशी मुद्रा बचत गर्ने र विद्युत खपत बढाउने अपेक्षा गरिएको छ।
सरकारको यो कदमलाई ऊर्जा आत्मनिर्भरतातर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। ⚡🇳🇵

17/05/2026

“सरकारको नियत ठिक देखिएन, प्रतिवाद हुन्छ” — Pushpa Kamal Dahal
नेकपा माओवादी केन्द्रका अध्यक्ष Pushpa Kamal Dahalले सरकारको नियतमाथि प्रश्न उठाउँदै आवश्यक परे प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
उनले पछिल्ला सरकारी गतिविधिप्रति असन्तुष्टि जनाउँदै विपक्षीको आवाज दबाउन खोजिए प्रतिरोध हुने बताएका हुन्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu