Hello Lumbini

Hello Lumbini

Share

Get connected with us for latest news & trends from Lumbini Province.

29/05/2026

बजेटमा लुम्बिनीः सौम्य शक्ति विस्तारदेखि नौमुरेसम्म

टोपराज शर्मा, बुटवल ।

संघीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशसँग जोडिएका धार्मिक पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग र ऊर्जा क्षेत्रका महत्वाकांक्षी योजनालाई प्राथमिकतामा राखिएको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको बजेटमा बुद्ध जन्मस्थल लुम्बिनीमार्फत नेपालको ‘सौम्य शक्ति’ विश्वभर विस्तार गर्ने नीति अघि सारिएको छ । बजेट वक्तव्यमा लुम्बिनी, सगरमाथा, हिमाल श्रृंखला, योग, ध्यान, सांस्कृतिक विविधता र शान्तिवादी छविलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।

सरकारले ‘वृहत् लुम्बिनी विकास कार्यक्रम’ (ग्लाड) कार्यान्वयनलाई निरन्तरता दिने घोषणा पनि गरेको छ । लुम्बिनीलाई तिलौराकोट, रामग्राम र देवदहसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य बजेटमा राखिएको छ ।

अन्तर्राष्ट्रिय उडान न्यून रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत पूर्ण क्षमतामा सञ्चालन गर्ने नीति पनि सरकारले लिएको छ ।

प्रदेशका पहाडी जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्ने योजना बजेटमा समेटिएको छ । पाल्पाको बसन्तपुर, श्रीनगर, गुल्मीको रेसुंगा र मदाने, अर्घाखाँचीको सुपा देउराली, प्युठानको स्वर्गद्वारी, रोल्पाको जलजला र रुकुम पूर्वको पुथा उत्तरगंगा लगायत क्षेत्रलाई पर्यटनसँग जोड्ने तयारी छ ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न भइरहेको पहललाई निरन्तरता दिइने पनि बजेटमा उल्लेख छ । यसअघि अन्तिम चरणसम्म पुगेको प्रक्रिया भारतको असहयोगका कारण रोकिएको थियो ।

लुम्बिनीदेखि मुक्तिनाथसम्म धार्मिक मार्ग, शालिग्राम पथ तथा योग–ध्यान केन्द्र विकास गर्ने योजना पनि बजेटमा समेटिएको छ । सरकारले बौद्ध र वैदिक दर्शनलाई एकीकृत गर्दै धार्मिक पर्यटन विस्तार गर्ने लक्ष्य राखेको छ ।

पूर्वाधारतर्फ पाल्पाको सिद्धबाबा सुरुङमार्ग आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ । दुई वर्षअघि सुरु भएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशतभन्दा बढी पुगेको छ ।

मोतिपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने सरकारको निर्णयले भने नयाँ बहस सिर्जना गरेको छ । औद्योगिक क्षेत्रका लागि जग्गा विवाद समाधान नहुँदै निजी क्षेत्रलाई जिम्मा दिने घोषणाप्रति स्थानीयस्तरमा चासो बढेको छ ।

बुटवलमा कम्तीमा दुई हजार दर्शक अट्ने बहुउद्देश्यीय इन्डोर स्टेडियम निर्माण गरिने बजेटमा उल्लेख छ । यस्तै, लुम्बिनी प्रादेशिक अस्पताललाई क्रमशः शिक्षण अस्पताल र विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा विकास गरिने सरकारको योजना छ ।

सडक पूर्वाधारतर्फ बुटवल–गोरुसिङे र धानखोला–लमही सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने भएको छ । बेलहियास्थित एकीकृत जाँच चौकी (आईसीपी) पनि शीघ्र सञ्चालनमा ल्याइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

ऊर्जा र सिंचाइतर्फ बबई सिंचाइ आयोजना सम्पन्न गर्ने, नौमुरे जलविद्युत आयोजना कार्यान्वयनमा ल्याउने तथा बुटवलसहित प्रमुख शहरमा फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने योजना सरकारले अघि सारेको छ ।

Photos from Hello Lumbini's post 29/05/2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री ले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरू पुनः एकजुट हुनुपर्ने बताउनुभएको छ ।
१९ औँ गणतन्त्र दिवस समारोहलाई देउखुरीमा सम्बोधन गर्दै उहाँले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेको भन्दै सचेत नागरिकलाई उपलब्धिको रक्षामा एकजुट हुन आह्वान गर्नुभयो ।
सभामुख ले बलिदानीबाट प्राप्त गणतन्त्रको संरक्षणका लागि व्यवहारमै परिवर्तन आवश्यक रहेको बताउनुभयो ।
दिवसको अवसरमा प्रदेश सरकारले विभिन्न मन्त्रालयका उत्कृष्ट कर्मचारीलाई प्रदेश निजामती सेवा पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ ।

29/05/2026

अस्पष्ट नम्बर प्लेट भएका सवारीमाथि ट्राफिकको निगरानी
प्यूठानमा मेटिएका तथा मापद,ण्डविपरीत नम्बर प्लेट राखिएका सार्वजनिक र निजी सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्दै पुनः स्पष्ट नम्बर प्लेट राख्न नि,र्देशन दिएको छ।

28/05/2026

प्यूठान — लाई पुनः पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन योगदान पुर्‍याएका जिल्लाका ९ स्थानीय तहका ९ जना उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको छ।

जिल्लालाई पहिलो पटक २०७२ पुस १५ गते पूर्णखोप जिल्ला घोषणा गरिएको थियो। त्यसयता नियमित रूपमा दिगोपना सुनिश्चितता गर्दै आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

चालु वर्षमा जिल्लाका १५ महिनासम्म उमेरका ४ हजार ४ सय ३०, १६ देखि २३ महिनासम्मका ४ हजार ३ सय ४० र २४ देखि ५९ महिनासम्मका २१ हजार २ सय ८ बालबालिकालाई पूर्ण खोप दिइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

28/05/2026

रास्वपा प्रवेश गरेपछि कांग्रेसका दुई वडाध्यक्ष पदमुक्त
गुल्मीको मुसिकोट–२ का रवीन्द्र केसी र धुर्कोट–३ का पद्मबहादुर विष्ट रास्वपा प्रवेश गरेपछि निर्वाचन आयोगले उनीहरूको पद रिक्त भएको सूचना जारी गरेको छ।
कांग्रेसले दल त्याग गरेको जानकारीसहित सिफारिस गरेपछि राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुवै जनाको पद गएको छ।

28/05/2026

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री ले बकर ईद (ईद–उल–अज्हा) पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र भाइचाराको भावना थप प्रगाढ बनाउँदै सामाजिक सद्भाव तथा राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास व्यक्त गरेका छन् ।

बकर ईदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध मुलुक भएको उल्लेख गरेका छन् । विभिन्न समुदायले मनाउने चाडपर्वहरूले आपसी विश्वास, सहअस्तित्व र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उनले बताएका छन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले सबै धर्म, संस्कृति र परम्परालाई समान सम्मान गर्दै मौलिक भाषा, कला तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएका छन् ।

त्याग, बलिदान, मानव सेवा र परोपकारको सन्देश दिने बकर ईद पर्वले समाजलाई अझ सहिष्णु, सभ्य र एकताबद्ध बनाउन प्रेरणा दिने उनको भनाइ छ । विविधताको सम्मान र सांस्कृतिक सहअस्तित्वबाट मात्रै समृद्ध समाज निर्माण सम्भव हुने उनले उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमार्फत मुख्यमन्त्री आचार्यले बकर ईदको अवसरले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र आपसी एकताको भावना अभिवृद्धि होस् भन्ने कामना गरेका छन् ।

28/05/2026

१७ महिनापछि उद्धार भएका मनवीरलाई थप उपचारका लागि काठमाडौं पठाइयो
१७ महिनासम्म क*ष्टकर अवस्थामा गोठमा राखिएका प्युठान नगरपालिका–५ का मनवीर घर्ती मगरलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। जिल्ला अस्पताल प्युठानमा नसा तथा मानसिक रो'ग विशेषज्ञ डा. आभास योगीको तीन दिनको उपचारपछि उनलाई मानसिक अस्पताल पाटन, ललितपुर रिफर गरिएको हो।

Photos from Hello Lumbini's post 27/05/2026

दु,र्व्यसनविरु,द्ध राप्तीमा सचेतनामूलक नाटक

राप्ती गाउँपालिकाले विद्यालय तथा सार्वजनिक स्थलमा धूम्रपान, मद्यपान र लागुपदार्थ दु,र्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्र दर्शन गरेको छ। नाटकमार्फत युवापुस्ता र विद्यार्थीलाई दु र्व्यसनका असरबारे सन्देश दिइएको छ।

27/05/2026

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङमा बसेको प्रदेश सभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। नीति तथा कार्यक्रममाथिको छलफलपछि मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको बजेट यही आधारमा निर्माण हुने बताउनुभएको छ।

27/05/2026

पालिकाले भत्ता नदिएपछि देशव्यापी पैदल यात्रामा निस्किएका भजनी नगरपालिका–६ कैलालीका ५५ वर्षीय डगोली डगौरा प्युठानमा भेटिएका छन्।
उनी भन्छन्, “ अपाङ्ग भत्ता नपाएको कुरा मैले बालेन शाहलाई पनि जानकारी गराइसकेको छु।” Part 9

27/05/2026

पालिकाले भत्ता नदिएपछि देशव्यापी पैदल यात्रामा निस्किएका भजनी नगरपालिका–६ कैलालीका ५५ वर्षीय डगोली डगौरा प्युठानमा भेटिएका छन्।
उनी भन्छन्, “ अपाङ्ग भत्ता नपाएको कुरा मैले बालेन शाहलाई पनि जानकारी गराइसकेको छु।” Part 8

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu