Hello Lumbini

Hello Lumbini

Share

Get connected with us for latest news & trends from Lumbini Province.

04/07/2026

गुल्मीकी महिलाले एकैपटक चार छोरी जन्माइन्
गुल्मीको मदाने गाउँपालिका–५ की २४ वर्षीया विष्णु वि.क.ले शनिबार घर, बाटो र प्यूठान अस्पतालमा गरी एकैपटक चार छोरीलाई जन्म दिएकी छन्। घर र बाटोमा जन्मिएका दुई शिशुको मृ!त्यु भएको छ भने अस्पतालमा जन्मिएका दुई शिशुको अवस्था सामान्य रहेको छ। आर्थिक अभावका कारण समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेको परिवारले जनाएको छ।
मदाने गाउँपालिका र प्यूठान अस्पतालले आमा तथा जीवित शिशुको उपचारको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।

04/07/2026

सर्प खेलाउँदा अर्घाखाँचीका २३ वर्षीय युवकको मृ!त्यु
अर्घाखाँचीको छत्रदेव–१ चिदिकाका २३ वर्षीय पुष्कर कुमालको सर्प खेलाइरहेका बेला सर्पले टो,केपछि मृत्यु भएको छ।
ग!म्भीर अवस्थामा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृ*त घोषणा गरेका हुन्।
घ!टनापछि स्थानीयले सर्प समात्ने वा खेलाउने जो!खिमपूर्ण गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्।

04/07/2026

प्यूठानमा जुवातास खेलिरहेका ११ जना १ लाख ८५ हजार नगदसहित प!क्राउ
प्यूठान — स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुरस्थित एक होटलमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले प!क्राउ गरेको छ। प!क्राउ परेकाबाट १ लाख ८५ हजार ११२ रुपैयाँ नगद, २३ गड्डी नखोलेको तास र एक गड्डी प्रयोग गरिएको तास बरामद भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।
गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई प!क्राउ गरेको प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए। प!क्राउ परेकामाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

04/07/2026

नेपालगञ्जको विद्युत् समस्या समाधानका लागि बजेट र पूर्वाधार विस्तार गरिने
ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले नेपालगञ्जको विद्युत् आपूर्ति सुधारका लागि आवश्यक बजेट विनियोजन, वितरण प्रणाली स्तरोन्नति र न्यू नेपालगञ्ज सबस्टेशन छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। साथै ट्रान्सफर्मर थप्ने, नयाँ फिडर निर्माण गर्ने र न्यून भोल्टेज तथा ट्रिपिङ समस्या समाधानलाई प्राथमिकता दिइने जनाइएको छ।

Photos from Hello Lumbini's post 04/07/2026

साहित्यकार सागर गैरेको नियात्रा कृति ‘एउटा अल्बाट्रस’ कोहलपुरमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

04/07/2026

दाङको राप्ती गाउँपालिकाले पुनः प्रयोग गर्न मिल्ने कपडा संकलन गरी आवश्यक व्यक्तिलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले कपडा बैंक स्थापना गरेको छ।

Photos from Hello Lumbini's post 04/07/2026

नारायणघाट-बुटवल सडक योजना (पूर्वी खण्ड) अन्तर्गतको कालोपत्रे र ढलान सडकको सम्पूर्ण कार्य आजबाट सम्पन्न भएको छ । 😮

04/07/2026

सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्दै रूपन्देही क्षेत्र नम्बर ३ (१) अन्तर्गतका १८ जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरिएको छ। सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा शुक्रबार सम्पन्न कार्यक्रममा रूपन्देहीका विभिन्न सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा हासिल गरेका १८ जना विद्यार्थीलाई सम्मान गरिएको हो।

03/07/2026

मधुवन नगरपालिका वडा नंवर ८ बर्दिया कुसुम्भाघाट नजिक रहेको कुसुम्बा देवी माताको मूर्ति। दर्शन गरौं हजुर।🙏🇳🇵

03/07/2026

प्यूठानमा सवारीका अवैध काला स्टिकर ह!टाउने अभियान
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानले मापद'ण्डविपरीत सवारीका सिसामा टाँसिएका काला स्टिकर ह'टाउन थालेको छ। ट्राफिक प्रहरीले सवारीधनी र चालकलाई नियमविपरीतका स्टिकर आफैं हटाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेको छ।
Source:Salim Miya

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address

Kathmandu