Gauchha Geet

Gauchha Geet

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gauchha Geet, Music production studio, Kathmandu.

29/05/2026

“गाउँछ गीत रियालिटी सो” को तर्फबाट १९औँ गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सम्पूर्ण दर्शक, कन्टेस्टेन्ट, जज, होस्ट तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
यस राष्ट्रिय पर्वले सबै नेपालीमा सुख, शान्ति, समृद्धि तथा नयाँ उत्साह ल्याओस्।
जय नेपाल

28/05/2026

आज पर्न गएको पवित्र पर्व बकर इदको अवसरमा Bakrid को शुभ अवसरमा गाउँछ गीत रियालिटी सो परिवारको तर्फबाट सम्पूर्ण कन्टेस्टेन्ट, आदरणीय जजज्यूहरू, होस्ट, दर्शक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यस पावन पर्वले आपसी प्रेम, सद्भाव, शान्ति, सहकार्य र भाइचाराको भावना अझ मजबुत बनाओस्। सम्पूर्णमा सुख, शान्ति, सफलता तथा समृद्धिको कामना गर्दछौं।
“ईद मुबारक” 🌙✨

27/05/2026

दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर गाउछ गित रियालिटी सो को बारेमा के भन्छ्न

27/05/2026

गाउछ गित रियालिटी सो र नेपाली चलचित्र कुम्भ बिज प्रमोसनमा सहकार्य नेपाली चलचित्र ‘कुम्भ’ अहिले चर्चामा रहेको बहुप्रतिक्षित एक्सन फिल्म हो। निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने तयारीमा रहेको छ। फिल्ममा दक्षिण भारतीय कलाकार Surender Thakur सहित सुनिल थापा, अशोक आर्यन, रोहित रुम्बा लगायत कलाकारहरूको अभिनय रहेको छ।

हालै सार्वजनिक गरिएको ट्रेलरमा सत्ता, षड्यन्त्र, एक्सन र रोमाञ्चक कथावस्तु प्रस्तुत गरिएको देखिन्छ। ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ फिल्मप्रति उत्साह बढेको निर्माण टिमले जनाएको छ।

ए रस प्रोडक्सन र फिल्म सिटी प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

27/05/2026

मञ्च अनेक पाइन्छन्,
तर तपाईंको सपना पूरा गर्ने एउटा मात्रै बन्न सक्छ —
त्यो हो “गाउँछ गीत”
जहाँ प्रतिभाले अवसर पाउँछ,
मेहनतले पहिचान बनाउँछ,
र सपनाले नयाँ उडान भर्छ।
प्रतिभा
मेहनत
दर्शकको माया
यी तीन कुराले नै सफलताको उचाइ तय गर्छ।
“गाउँछ गीत” केवल रियालिटी शो होइन, सपना पूरा गर्ने एउटा सुन्दर यात्रा हो।

Photos from Gauchha Geet's post 27/05/2026

गाउँछ गीतको भोटिङ सुरु, दर्शकले अब आफ्ना मनपर्ने प्रतियोगीलाई भोट गर्न सक्नु हुनेछ !

बहुप्रतिक्षित सांगीतिक रियालिटी शो ‘गाउँछ गीत’ को भोटिङ आधिकारिक रूपमा सुरु भएको छ। छिट्टै Prime Times HD Television मा प्रसारण हुन लागेको यस कार्यक्रमका प्रतियोगीहरूलाई अब दर्शकले प्रत्यक्ष रूपमा भोटमार्फत समर्थन गर्न सक्नेछन्।

आयोजकका अनुसार प्रतियोगीहरूले विभिन्न चरण पार गर्दै TV Round सम्म पुग्न कडा मेहनत गरेका छन्। अब उनीहरूको आगामी यात्रामा दर्शकको भोट महत्वपूर्ण हुने बताइएको छ।

भोटिङका लागि दुईवटा विकल्प उपलब्ध गराइएको छ। नेपालभित्र रहेका दर्शकहरूले आधिकारिक भोटिङ पोस्टरमा रहेको QR Code स्क्यान गरी मोबाइल बैंकिङमार्फत भुक्तानी गरेर भोट गर्न सक्नेछन्। यस अन्तर्गत १० रुपैयाँ बराबर १ भोट गणना हुनेछ।

त्यसैगरी नेपाल तथा विदेशमा रहेका दर्शकहरूले zeenoPay मार्फत अनलाइन भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। दर्शकहरूले zeenoPay को आधिकारिक वेबसाइटमा गएर आफ्नो मनपर्ने प्रतियोगी चयन गरी पाटिसिपेन्ट QR फोटो तल छ !

27/05/2026

हामी निरन्तर अगाडि बढ्दैछौं — गाउँछ गीत

26/05/2026

गाउँछ गीत रियालिटी शोका गरिमामय जज, संगीतप्रेमी मनहरूका प्रेरणास्त्रोत थानेस्वर गौतम ज्युलाई जन्मदिनको हार्दिक, सुस्वास्थ्य–समृद्धि तथा उज्ज्वल भविष्यको मंगलमय शुभकामना।
स्वरको सुमधुरता मात्र होइन, तपाईंको सोचको गहिराइ र अनुभूतिको ऊर्जाले संगीतलाई जीवन्त बनाएको छ। तपाईंको उपस्थितिले “गाउँछ गीत” केवल एक मञ्च होइन—सपना देख्नेहरूको आशा, सिक्नेहरूको पाठशाला र उदाउँदै गरेका प्रतिभाहरूको उज्यालो भविष्य बनेको छ।
जीवनको यो नयाँ अध्यायले तपाईंलाई अझ परिपक्व सिर्जना, अझ उच्च सम्मान र अझ व्यापक सफलता दिलाओस्। तपाईंका हरेक दिनहरू गीतका मधुर हरफझैँ सजिँदै जाऊन्, हरेक संघर्ष सुन्दर सफलतामा बदलिँदै जाओस्, र हरेक सपना सुरिलो वास्तविकतामा ढल्किँदै जाओस्।
तपाईंको स्वर जस्तै जीवन सधैं मधुर रहोस्, तपाईंको यात्रा सधैं सफलताको फूलहरूले सजिरहोस्,
र तपाईंको प्रेरणाले नयाँ प्रतिभाहरू सधैं चम्किरहून्।

25/05/2026

कमेडियन तथा उद्घोषक सीता न्यौपाने नयाँ रियलिटी शो लिएर दर्शकमाझ आउने तयारीमा जुटेकी छिन्।

24/05/2026

नाटेश्वरी भगवान को पूजाआजा गर्दै गाउँछ गीत रियालिटी शोको टिम

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kathmandu