Nepal Legends Diary

Nepal Legends Diary

Share

Its Official Page Of "Nepal Legends Diary"
Explore Voices- Update What Next's , Information,News.

01/07/2026

विदेशी पीआर, डिभी तथा अस्थायी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित रहेका ४ जना सरकारी कर्मचारीसँग स्पष्टीकरण मागिएको छ। बिदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसेको पाइएपछि उनीहरूमाथि कानुनी कारबाही तथा बर्खास्ती प्रक्रिया अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।

01/07/2026

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। नयाँ समायोजनअनुसार पेट्रोल प्रतिलिटर रु. २०, डिजेल प्रतिलिटर रु. ३० र एलपी ग्यास प्रति सिलिन्डर रु. १०० ले सस्तो भएको छ।

30/06/2026

भारतको तमिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औँठी प्रदान गर्ने घोषणा गरेको छ। यस महत्वाकांक्षी योजनाका लागि सरकारले ७५५ करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।

30/06/2026

गृहमन्त्री सुधन गुरुङले आफ्नै गाडी र गृहसचिव राजकुमार श्रेष्ठको गाडीबाट कालो सिसा हटाएर कानुनको पालना गरेका छन्। उहाँकै निर्देशनमा ट्राफिक प्रहरीले नियमविपरीतका कालो सिसा हटाउने अभियान देशभर सञ्चालन गरिरहेको छ।

29/06/2026

Congratulations to Brazil! 🇧🇷🎉

FULL-TIME: Brazil 2–1 Japan 🇧🇷⚽🇯🇵

Brazil fought back to secure a dramatic 2–1 victory over Japan in the FIFA World Cup Round of 32, with a late winner sending the five-time champions into the Round of 16.
Vamos Brasil! 🇧🇷🔥

28/06/2026

विनाशकारी भूकम्पपछि मानवीय संकटमा परेको भेनेजुएलाका लागि ब्राजिली फुटबल स्टार Neymar ले २ लाख ५० हजार अमेरिकी डलर (करिब रु ३ करोड ५ लाख) राहत सहयोग गरेका छन्। उक्त रकम प्रभावित समुदायका लागि उद्धार, खाद्यान्न, पिउने पानी, स्वास्थ्य सामग्री, अस्थायी आवास तथा अन्य आपतकालीन राहतमा प्रयोग गरिने जनाइएको छ।

28/06/2026

राउन्ड अफ ३२ अघि केप भर्डेका गोलकिपर भोजिन्हाले लियोनेल मेस्सीको खुलेर प्रशंसा गरेका छन्। उनले मेस्सीलाई फुटबल इतिहासकै महान खेलाडी भन्दै उहाँविरुद्ध खेल्न पाउनु आफ्नो सपनाजस्तै भएको बताए। साथै, मेस्सीलाई गोल गर्न नदिन आफूले शतप्रतिशत प्रयास गर्ने पनि उनको भनाइ छ।

27/06/2026

सरकारले सवारी तथा यातायातसम्बन्धी नयाँ विधेयकमा सवारी चलाउँदै मोबाइल फोन प्रयोग गरेमा रु १०,००० जरिवाना गर्ने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव लेन मिच्ने र वान–वेमा प्रवेश गर्ने जस्ता गम्भीर ट्राफिक उल्लङ्घनसँगै समावेश गरिएको छ।

27/06/2026

सूचना: एकान्तकुना यातायात कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन सेवाग्राहीलाई अनुरोध गरेको छ। हाल लाइसेन्स वितरण केन्द्रमा भिडभाड कम रहेकाले बाँकी रहेका सेवाग्राहीलाई कार्यालयमा उपस्थित भई लाइसेन्स लिन आग्रह गरिएको छ।

26/06/2026

गृहमन्त्री सुदन गुरुङ ले ‘प्र्याङ्क’का नाममा डेलिभरी ब्वायलाई दुःख दिने तथा हैरानी गर्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले श्रमिकमाथि दुर्व्यवहार गर्ने गतिविधि अस्वीकार्य रहेको भन्दै यस्ता घटनामा कडा निगरानी र आवश्यक कारबाही गर्न निर्देशन दिएका हुन्।

Want your establishment to be the top-listed Arts & Entertainment in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address

Kathmandu
44600