माटो
A warrior who constantly fights against fraud, corruption, and social discrimination.
01/04/2026
मेरो Harka Sampang तथा श्रम संस्कृति पार्टीका माननीय सांसदज्यूहरूमा हार्दिक अनुरोध,
तपाईँहरूले अघि सारेका एजेन्डाहरू वास्तवमै जनतामुखी र परिवर्तनमुखी भएकाले नै हामी जस्ता सर्वसाधारणले तपाईँहरूलाई समर्थन गर्दै आएका हौं। यही विश्वासलाई अझ मजबुत बनाउनका लागि मेरो विनम्र आग्रह छ तपाईँहरू परम्परागत राजनीतिक शैलीभन्दा फरक, पारदर्शी र उत्तरदायी उदाहरण बन्नुहोस्।
सांसदको रूपमा कुनै पनि भत्ता वा तलब लिनु अघि नै आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गरी सम्पूर्ण जनतासामु स्पष्ट पारिदिनुहोस्। साथै, पदमा रहँदा र पदबाट बाहिरिएपछि पनि आफ्नो सम्पत्तिको विवरण समय–समयमा निष्पक्ष र पारदर्शी ढंगले सार्वजनिक गर्दै जानुहोस्।
अरूलाई प्रश्न उठाउनु अघि आफैंप्रति कडा र इमानदार प्रश्न गर्ने अभ्यासले मात्र सच्चा नेतृत्वको पहिचान दिन्छ। त्यसैले आत्मउत्तरदायित्व र पारदर्शितालाई पहिलो प्राथमिकतामा राख्दै अघि बढ्नुभयो भने, तपाईँहरू अवश्य पनि जनताले चाहेको आदर्श नेतृत्वको रूपमा स्थापित हुनुहुनेछ।
धन्यवाद।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600