Metropolitan Crime Division
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Metropolitan Crime Division, Government Organization, .
19/01/2018
"जापान, अमेरीका लगायतका देशहरुमा पठाउने भनी
करोडौ रकम ठगी गर्ने व्यक्ति पक्राउ"
घटना विवरण :
जिल्ला म्याग्दी बेनी न.पा.-४ का पिडित महेन्द्र शेरचन समेतका व्यक्तिहरुले नुवाकोट थानपती -९ घर भई हाल ललितपुर तिखेदेवल बस्ने पारस लोहनीले विभिन्न प्रलोभन देखाई युरोप लगायतका देशहरुमा पठाउने भनी रकम ठगि गरेको भनी यस महाशाखामा निवेदन दिएकोले यस महाशाखाबाट खटिएको प्रहरी टोलीले निज पारस लोहनीलाई मिति २०७४।१०।०३ गते काठमाण्डौ महानगरपालिका -१६ सोह्रखुट्टेबाट पक्राउ गरेको ।
निज पारस लोहनीले फ्रान्स, जापान, पोर्चुगल, सिंगापुर, अमेरीका लगायतका देशहरुमा पानीजहाजमा आकर्षक सेवा सुविधा सहितको रोजगारी पाउने भनी प्रलोभन देखाई विभिन्न व्यक्तिहरुबाट प्रतिव्यक्ति ७ लाखदेखि ३५ लाखसम्म गरी २ करोड ७५ लाख ठगी गरेको भनी यस महाशाखामा जम्मा ३३ जना पिडितहरु उजुरी गर्न आएका थिए ।
निजले पिडितसँग रकम लेनदेन गर्दा भेटेर नगदै रकम लिने गरेको, कसैलाई IME मार्फत पैसा पठाउन लगाउने गरेको । यसरी पैसा संकलन गरे पश्चात काम नगरी सम्पर्क विहिन हुने हुँदा पिडितहरुबाट काम छिटो गर्न दवाव आए पश्चात निजले पिडितहरुसँग वैदेशिक रोजगार सम्बन्धी कागज गर्ने, रकम नभएको बैंक खाताको चेक दिई अलमलाउने र कसैलाई भिजिट भिषामा दुवई, इण्डोनेसिया लगायतका देश पुर्याई अलपत्र पार्ने गरेको बुझिन आएको ।
निजले अन्य व्यक्तिहरुलाई समेत स्पेन, पोर्चुगल लगायतका देशहरुमा पठाउन भनी करोडौ रकम ठगी गरेको भनी पिडितहरु यस महाशाखाको सम्पर्कमा आउने क्रममा रहेको । साथै निज पारस लोहनीका विरुद्ध वैदेशिक रोजगार विभाग, बुद्धनगर समेतमा वैदेशिक रोजगार ठगि सम्बन्धी मुद्दा अनुसन्धानको क्रममा रहेको बुझिएको ।
निज पारस लोहनीलाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०७४।१०।०५ गते महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको । साथै निजले अन्य व्यक्तिहरुलाई ठगी गरेको सम्बन्धमा यस महाशाखाबाट समेत आवश्यक अनुसन्धान जारी रहेको ।
कानूनी सजायको व्यवस्था :
मुलुकी ऐन ठगी महल अनुसार ठगी गर्ने व्यक्तिलाई कसुरको मात्रा हेरी ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।
पक्राउ परेको व्यक्ति :-
१. नाम :- पारस लोहनी
उमेर :- ३९ बर्ष
स्थायी ठेगाना :- जिल्ला नुवाकोट थानपती -९ पुर्खौली घर भई
हाल जिल्ला ललितपुर तिखेदेवल बस्ने
मिति :- २०७४।१०।०५ गते ।