Shyam Chhetri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shyam Chhetri, Political organisation, Kapilvastu, Lumbini.
04/03/2026
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंले निर्वाचनको समयमा जनतासामु गरेका वाचाहरू र प्राप्त जनादेशलाई आफ्नो कार्यकालमा जसरी मूर्तरूप दिनुभयो, त्यो साच्चै सराहनीय छ। धेरैजसो नेताहरू सत्तामा पुगेपछि जनअपेक्षा भुल्ने गर्छन्, तर तपाईंले चुनौतीपूर्ण समयमा पनि डगमगाउनु भएन।
प्रक्रिया र अल्झनभन्दा पनि ठोस परिणामलाई जोड दिने तपाईंको कार्यशैलीले गर्दा आज आम नागरिकमा सरकारप्रति एउटा भरोसा जागेको छ। बोली र गराईमा एकरूपता देखाउँदै देशलाई स्थायित्व र विकासको बाटोमा डोर्याएर तपाईंले एक परिपक्व राजनेताको परिचय दिनुभएको छ। जनमतको सम्मान गर्दै आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएकोमा म हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। तपाईंको यो कार्यकालले आगामी नेतृत्वका लागि पनि एउटा राम्रो उदाहरण पेश गर्नु भएको छ।
04/03/2026
भन्छन्, तिम्रो पदचापसँगै कालो बादल फाट्छ रे...
बुझेको छैन, त्यो उज्यालोको रङ्ग कस्तो हुन्छ?
व्यग्रता मेटिँदाको त्यो सन्तुष्टि, सायद मैले भोगेकै छैन...
अपरिचित छ मेरो लागि तिम्रो स्वरूप,
अनि अञ्जान छु तिम्रो आफ्नै लयसँग...
अँगाल्न त परकै कुरा, महसुससम्म गर्न पाएको छैन,
न त तिम्रो गतिलाई नै कहिल्यै ठम्याउन सकेँ...
तर, विश्वास छ, तिम्रो आगमनले शून्यता भर्छ रे...
हे भविष्य, यस पटक पाइला म तिरै मोडिदिनु,
यसपालि मेरो दैलो उघारेर भित्र पसिदिनु...
ओठमा मुस्कान र आँखामा नयाँ सपना सजाएर आउनु,
यसपालि आउँदा अदम्य साहसको उपहार लिएर आउनु...
हो, यसपालि तिमी मेरै निम्ति मुस्कुराइदिनु...
कतिन्जेल अझै कतिन्जेल हामीले यिनै पुराना अनुहार यिनै पुराना गफ र यिनै थोत्रा आश्वासनको भारी बोकिरहने हरेक चुनावमा यिनीहरू आउँछन् हाम्रो जोसलाई भोटमा बदल्छन् र जितेपछि त्यही भोटले हामीलाई नै किल्चिएर हिँड्छन् हामी जैनजेट भन्छन् नि हामीलाई हो हामी प्रविधि बुझ्छौँ संसार बुझ्छौँ तर विडम्बना आफ्नै देशको ओइलाएको भविष्य बुझ्न हामीलाई यति धेरै समय लाग्यो अब पुग्यो अब यो जैनजेट चुप लागेर बस्दैन हाम्रो पासपोर्टमा लागेको भिसाको छापले होइन अब हाम्रै औँलामा लाग्ने चुनावको मसीले देशको नक्सा कोर्नुपर्छ यिनीहरू भन्छन् तिमीहरू बच्चा हौ राजनीति बुझ्दैनौ तर हामी भन्छौँ हामीले तिमीहरूको भ्रष्टाचार बुझ्यौ तिमीहरूको सेटिङ बुझ्यौ र तिमीहरूले देशलाई बनाएको यो प्रयोगशाला बुझ्यौ यी पुराना रुखहरूले नयाँ पालुवालाई ठाउँ नै दिएनन् यिनको जरा कुहिसक्यो तैपनि जमिन ओगटेर बसेका छन् अब यिनलाई ढाल्ने बेला आयो यो कुनै रिस होइन यो त बाध्यता हो यो हाम्रो अस्तित्वको लडाइँ हो साथी हो अबको भोट चिन्नेलाई होइन परिवर्तन गर्नेलाई हुनुपर्छ अबको चुनाव भनेको पुरानालाई बिदाइ गर्ने रिटायरमेन्ट डे हो तिमीहरूले इतिहास बनायौ होला त्यसको लागि धन्यवाद तर अब भविष्य बिगार्ने अधिकार तिमीहरूलाई छैन याद राख हाम्रो एउटा क्लिकले संसार हल्लिन्छ भने हाम्रो एउटा क्रसले यिनको सत्ता ढल्न कति बेर लाग्छ र अब युवा उठ्छ पुराना ढल्छन्
कहिले यो एउटा शान्त तलाउ जस्तो हुन्छ, जहाँ शून्यता मात्र छ। तर एकै पलमा यो आँधीजस्तो बेगवान बनिदिन्छ, जसले वर्षौंदेखि सजाएका सपनाका महलहरू एकै झट्कामा ढलाइदिन्छ। भनिन्छ नि 'मन जित्नेले जग जित्छ' तर विडम्बना, हामी संसार जित्ने दौडमा आफ्नै मनसँग भने सधैं हारिरहेका हुन्छौं।
झुट्टा आश्वासनै बाँड्दै गाउँ पस्छन्, नेता सबै दङ्ग छन्
रित्ता झोला बोकी गरिब जनता, कस्तो कडा रङ्ग छन् ।
भोटै माग्न त आउँछन् घर-घरै, आश्वासनै दिन्छन् ती
जितेरै जब जान्छन् सहरमा, हाम्रा कुरा बिर्सन्छन् ती ।।
#नेपालकोचुनाव #छन्दकविता #शार्दूलविक्रीडित #नेपालीसाहित्य #मौलिकरचना #चुनाव२०८२ #छन्द
(रचना: श्याम कुमार क्षेत्री)
बा.न.पा-११,कपिलवस्तु
नेपाली पौरखले आकाशको सीमा नाघेको छ! ढुङ्गा-माटो र सिमानाको लडाइँमा अल्झिरहेको हाम्रो पुस्तालाई नेपाली इन्जिनियर र वैज्ञानिकहरूले अब अन्तरिक्षको सपना देख्न सिकाएका छन्। यो केवल एउटा रकेटको उडान होइन, यो त "नेपालीले केही गर्न सक्दैनन्" भन्ने हीनताबोध विरुद्धको एउटा बलियो गर्जन हो।
अभाव, सिमित स्रोत र कैयौँ चुनौतीका बाबजुद आफ्नै पसिनाले सिञ्चित गरेर बनाइएको यो रकेटले आज विश्वमानचित्रमा नेपालको परिचय बदलिदिएको छ। अब हाम्रो पहिचान सगरमाथाको उचाईमा मात्र सिमित रहेन, अन्तरिक्षको गहिराइसम्म पुगेको छ।
यो सफलता ती तमाम नेपाली युवाहरूका लागि एउटा प्रमाण हो कि—यदि हामीसँग स्पष्ट भिजन र दृढ संकल्प छ भने, संसारको कुनै पनि शक्तिले हाम्रो प्रगति रोक्न सक्दैन। खाडीको तातो बालुवामा पसिना बगाउने सपना देख्ने आँखाहरूलाई अब आफ्नै देशमा बसेर ताराहरू छुने साहस मिलेको छ।
आजको यो ऐतिहासिक क्षणका नायकहरूलाई सलाम! विज्ञान र प्रविधिको यो यात्रा नरोकियोस्, हाम्रो रकेटले अझै टाढाको दूरी तय गरोस्।
गर्वका साथ भनौँ— अब नेपाल अन्तरिक्षमा! 🚀🇳🇵
हामीले दशकौँदेखि यस्तो नेतृत्व खोजिरह्यौं जो हाम्रा साना-मसिना दुःखमा सामेल होस्, हात मिलाओस् र आश्वासन बाँडोस्। तर अब सोच्ने बेला आएको छ— के हामीलाई सधैं कसैको सहारा चाहिने नै हो र? साँचो अर्थमा देश बदल्नु भनेको नेतालाई गाउँ-गाउँमा डुलाउनु होइन, बरु एउटा यस्तो बलियो संयन्त्र खडा गर्नु हो जहाँ सामान्य नागरिकले आफ्नो हक पाउन कसैको अनुहार हेर्नु नपरोस्।
सांसदको सफलता उसले कतिवटा दैलो टेक्यो भन्ने कुराले होइन, उसले बनाएका नीतिले जनताको जीवन कति सहज बनायो भन्ने कुराले मापन हुनुपर्छ। जब अस्पतालमा उपचार पाउन, विद्यालयमा राम्रो शिक्षा लिन र एउटा सिफारिस बनाउन पनि कुनै 'पावर' वा 'नेताको फोन' चाहिने अवस्था अन्त्य हुन्छ, तब मात्र बुझ्नुपर्छ कि हामी सही बाटोमा छौँ।
हामीलाई गाउँमा झुल्किरहने मान्छे होइन, गाउँलाई आत्मनिर्भर बनाउने सोच चाहिएको हो। नेतृत्व त्यस्तो होस् जसले आफू नहुँदा पनि राज्यका सेवा सुविधाहरू नागरिकको ढोकासम्म पुग्ने स्वचालित पद्धति बसालोस्। व्यक्तिको देवत्वकरण गर्ने युग सकियो, अब विधिको शासन स्थापित गर्ने र पद्धतिलाई संस्थागत गर्ने पालो हाम्रो हो। व्यक्ति होइन, प्रणाली रोजौँ।
#पद्धति_पहिलो #नीति_र_नेतृत्व #नयाँ_सोच
26/01/2026
राजा नै ठीक थिए
आफ्नो स्वार्थ भुलेर देश हितमा, लागे कता नेताहरू?
रित्तै पारि ढुकुटी झन् गरिब ती, बन्दै गए जनताहरू।
देख्दा यो थिति आज दिक्क मन भो, भत्क्यो सबै आस नै,
भन्छन् सुस्तरी लोकले अहिले त, "राजा नै ठीक थिए"।। १ ।।
बेच्यौ उद्योग र कलकारखाना, युवा पठायाै पर,
रोयो देश यहाँ उजाड वस्ती, भत्क्यो भरोसाको घर।
आफ्नै खल्ती भर्ने प्रपञ्च रचियो, साटेर स्वाभिमान नै,
साँच्चै त्यो दिन सम्झिएर मनले, "राजा नै ठीक थिए"।। २ ।।
जिल्ला गाउँ सबै विदेशी ऋणले, थिचिएर छटपटिन्छन्,
छैनन् कोही अभिभावक झैँ यहाँ, पापीहरू लुटिन्छन्।
साझा यो घरको सुरक्षा नहुँदा, मेटिने हो की नाम नै,
भन्छन् वृद्ध र बालक सबैले, "राजा नै ठीक थिए"।। ३ ।।
धोका भो जनलाई शासन भनी, आए कयौँ शासक,
रक्षक भन्थे ती सबै निस्किए त, नेपालकै भक्षक।
एकता र अखण्डता जोगाउने, खोज्दै छ यो इतिहासले,
धैर्यता सब टुट्यो र भन्छ मनले, "राजा नै ठीक थिए"।। ४ ।।
(रचना: श्याम कुमार क्षेत्री)
बा.न.पा-११,कपिलवस्तु
#नेपालीसाहित्य #मौलिकरचना #छन्दकविता #शार्दुलविक्रीडित #राजानैठीकथिए #देशभक्ति #नेपालीछन्द #साहित्य #कविताकोश
कपिलवस्तु क्षेत्र नम्बर १ को मुहार फेर्न, भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्न र एउटा असल शिक्षित नेतृत्व छान्नका लागि यस पटक हाम्रो साथ मोहनलाल आचार्यलाई!
परिवर्तन सम्भव छ, केवल एउटा सही निर्णयको खाँचो छ। आउनुहोस्, घण्टी चिन्हमा मतदान गरी एउटा नयाँ इतिहास लेखौँ! 🔔🇳🇵
#घण्टी #मोहनलाल_आचार्य #कपिलवस्तु #परिवर्तनको_लागि_घण्टी #नयाँ_नेपाल
25/01/2026
नखन बालेनको खेदो (शार्दूलविक्रीडित छन्द)
स्वच्छन् सडक ती बने शहरमा, ब्यूँझ्यो यहाँ चेतना
गर्छन् काम सदैव जागर लिई, बोकी ठुलो चाहना ।
मेट्दै फोहोरका थुप्रो सफा गरी, पार्छन् सधैं सुन्दर
खन्दैनौ किन खेदो ती युवकको? हुन् देशका कन्दर ।।
बाँकी छैनन् कतै त कुल्मिस यहाँ, जो मिच्दछन् सम्पदा
मेट्दैछन् सब कालो त्यो विगतको, रोक्दै ठूला आपदा ।
हेर्दैनौ किन आज यो परिवर्तन, आँखा फुलाएर ती
लाग्छन् काम गराईमा शहरमा, रोपेर राम्रो थिति ।।
आफ्नै स्वार्थ लुकाउनै अब यहाँ, केलाई यो गर्जने ?
साँचो कर्म गर्ने ती नायकलाई, केलाई यो तर्जने ?
भत्काए जति पर्खाल भ्रष्ट जनका, हुन् यी कडा हिम्मत
भोलि बन्छ सुखी यस्तै शहर यो, राखे सबैले मत ।।
(रचना: श्याम कुमार क्षेत्री)
बा.न.पा-११,कपिलवस्तु
***nShah ***n ***nFans
#छन्द #कविता #नेपालीसाहित्य
***nForce
नेपालको राजनीति
कुर्सीकै सपना सजाउँछन् सधैँ, मान्दैनन् कसैलाई नि
बेच्छन् राष्ट्रिय स्वार्थ ती सब यहाँ, झुक्दैनन् कसैमा नि।
भोका छन् जनता अभाव बिचमा, देख्दैनन् कोही पनि
बस्छन् मोज र मस्तीमा ती दिनहुँ, मान्दैनन् केही पनि।
रित्तो भो घर-गाउँ यो मुलुकमा, जान्छन् युवा बाहिर
खोज्छन् शान र मान उच्च पदमा, छैनन् कतै जाँगर।
बाँडेरै सपना झुलाउँछन् सधैँ, बोल्छन् बडो ठुल्कुरा
हाम्रो यो थिति बिग्रियो किन यहाँ, हुन्नन् कतै काम पूरा।
लाजै नमानी पदको निम्ति सधैँ, फेर्छन् नयाँ रङ्ग ती
जुट्छन् फेरि फुट्छन् स्वार्थ मिल्दा, गर्छन् कस्ता ढङ्ग ती?
छैनन् राष्ट्र र माटोको पिर कतै, डुबे सधैँ सत्तामा
रुन्छिन् यो धर्ती आमा अहिले, परेर यो फन्दामा।
जागौँ आज मिलेर गौरव लिई, तोडौँ सबै जालो यो
बन्छौँ देश बनाउनै अब हामी, फाली अँध्यारो यो।
सच्चीएर हिँडौँ विकास पथमा, छोडौँ है लुछाचुँडी
देशै हास्छ अनि सधैँ खुसी भई, मेटिन्छ यो बेथिति।
श्याम कुमार क्षेत्री
बा.न.पा-११,कपिलवस्तु
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Lumbini