Recall Farwest

Recall Farwest

Share

Dedicated to delivering timely news, local stories, and important updates from Nepal's beautiful Far Western region.

Photos from Recall Farwest 's post 08/03/2026

हारको जिम्मा देउवाले लिएर राजीनामा दिनुपर्छ। २०८२ को हारको पनि । २०७४ मा नैतिकता देखाएर राजीनामा दिन भनिएको रहेछ ।

08/03/2026

प्रिय गगनजी,
जय नेपाल !

नेपाली राजनीतिमा कुनै समय तपाईं आशा, तर्क र परिवर्तनको आवाज भनेर चिनिनुहुन्थ्यो । संसदमा बोल्दा तपाईंले प्रायः भन्नुहुन्थ्यो, “राजनीतिमा जिम्मेवारी हुनुपर्छ, असफल नेतृत्वले पद छाड्नुपर्छ।” आज इतिहासको एउटा रोचक मोडमा, तपाईंले आफैंले बोलेका शब्दहरू तपाईंकै ढोकामा आइपुगेका छन्।

सार्लाही–४ को जनताले यस पटक तपाईंलाई अस्वीकार गरे । तपाईं नेतृत्वको २.० कांग्रेसका कुनै पनि पदाधिकारीलाई जनताले विश्वास गरेनन् र पराजयको तितो स्वाद चखाए । यो चुनावमा तपाईं १२ हजारभन्दा बढी मतान्तरले पराजित हुनभयो ‌। कांग्रेसको इतिहासमा यो सबैभन्दा लज्जास्पद हार हो । यो केवल व्यक्तिगत हार होइन, यो तपाईंको २.० टिमलाई क्लियर रुपमा अस्वीकार गरेका हुन् । राजनीतिमा हार सामान्य कुरा हो। तर हारपछि के गर्ने भन्ने नै नेतृत्वको असली परीक्षा हो । तपाईंले आफ्नै दलभित्र र अन्य दलका नेताहरूलाई धेरैपटक कठोर प्रश्न गर्नुभएको छ-
– किन असफल भएपछि पनि पदमा बसिरहनु?
– किन जिम्मेवारी नलिनु?
– किन नयाँ पुस्तालाई ठाउँ नदिनु?
आज ती प्रश्नहरू तपाईंमाथि फर्किएका छन्।

नेपाली कांग्रेस कुनै व्यक्तिको निजी कम्पनी होइन भनेर तपाईले सिकाउनु भएको हो । यो बा-को पार्टी पनि होइन र दास र लास चाहिने संगठन पनि होइन । प्रश्न गरिरहनुपर्छ भनेर तपाईले सिकाउनुभएको हो ्

यो पार्टी नेपालको लोकतान्त्रिक इतिहासको मेरुदण्ड हो । बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले बनाएको पार्टी आत्मसम्मान, विचार र जिम्मेवारीको परम्परामा उभिएको छ । त्यसैले आज प्रश्न उठ्छ—
यदि पार्टी अध्यक्ष नै निर्वाचनमा जनताबाट अस्वीकार भए भने, नैतिक जिम्मेवारी कसले लिने?

यस्तो बेला नेतृत्वले पद समातेर बस्नु होइन, उदाहरण दिनु पर्छ ।
तपाईं बुद्धिमान नेता हुनुहुन्छ। तपाईंले धेरै पटक संसदमा तर्क, तथ्य र नैतिकताको भाषा बोल्नुभएको छ । तर आज देशले तपाईंलाई एउटै प्रश्न सोधिरहेको छ- “के तपाईं आफ्नै मापदण्डमा उभिन तयार हुनुहुन्छ?”

नेतृत्व केवल जित्दा होइन,हार्दा पनि देखिन्छ। हारलाई स्वीकार गरेर पद त्याग्नु कमजोरी होइन, त्यो राजनीतिक संस्कारको सबैभन्दा ठूलो उदाहरण हो। यदि तपाईं साँच्चै नयाँ राजनीतिक संस्कृति बनाउन चाहनुहुन्छ भने, आजको सबैभन्दा शक्तिशाली सन्देश यही हुन सक्छ- “जनताले अस्वीकार गरेको नेतृत्व पदमा बसिरहँदैन।”

त्यो दिन नेपाली कांग्रेस कमजोर हुँदैन। बरु, पार्टी झन् बलियो हुन्छ । किनकि लोकतन्त्रको आत्मा भनेको यही हो- पदभन्दा ठूलो जनताको मत हो।
अन्त्यमा फेरि दोहोर्‍याउँछु-
नेपाली कांग्रेस कसैको निजी कम्पनी होइन। यो दास र लास चाहिने संगठन होइन। यो कसैको बा-को पार्टी पनि होइन। कांग्रेस विचार, इतिहास र जनविश्वासले बनेको संस्था हो । त्यसैले आज तपाईंले लिनुपर्ने निर्णय केवल व्यक्तिगत होइन- नेपाली लोकतन्त्रको संस्कृतिसँग जोडिएको निर्णय हो । आशा छ, तपाईंले इतिहासको यो क्षण बुझ्नुहुनेछ।

सम्मानसहित,
एक चिन्तित लोकतन्त्रप्रेमी नागरिक

07/03/2026

शेरबहादुर देउवाका कारण देशभर कांग्रेस चुनाव हारिरहेको छ । यसको सम्पूर्ण जिम्मेवारी लिएर उनले कांग्रेस २.० ले भनेको पूर्वसभापति पदबाट राजीनामा दिनुपर्छ। कांग्रेस २.० को जय होस् । नैतिकता त देउवाले मात्र देखाउनुपर्छ, यो देशमा कुतर्कको कमी त २.० लाई छैन होला !!
यति भन्न बाँकी त होला नि !

07/03/2026

सुदूरपश्चिमको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी ।

Send a message to learn more

07/03/2026

बझाङमा एमालेका ऐन महर विजयी, कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली पराजित

सूर्य-ऐन महर : १८५४३ (विजयी)
रुख-प्रकाश रसाइली : १६३०४
तारा - मीन कुँवर : ९७५७
घण्टी-शैलेश सिंह : ९२६३

#अन्तिम_नतिजा

Send a message to learn more

06/03/2026

नेपाली कांग्रेसका सभापति गगन थापाजस्तो डाइनामिक लिडरको नेतृत्वमा पार्टी इतिहासमै लज्जास्पद हार व्यहोर्नु पर्यो । यो हरेक कांग्रेसजनका लागि दु:खद होइन । गगन दाई त नैतिकता, इमान र स्वाभिमान बोकेको व्यक्ति, के पदमा बस्नुहोला र ? राजिनामा दिनुहुन्छ त होला नि है?
आफैँ पनि पराजित भएपछि त के पदमा बस्नु र ? लाज पनि लजाउँछ होला ! 🤔

06/03/2026

#देउबाको अनुहार देखाए कांग्रेस चुनाव हार्छ भन्यौं - सभापति आफैँ भयौं । आरोप - देउवा घाइते अवस्थामा रहँदा पार्टी कब्जा गर्यौं ।
#पार्टीको चुनावी घोषणापत्रमा कांग्रेसका हरेक अग्रजको नाम समेटिँदा देउवाको नाम राखे भोट घट्छ, भन्यौं- पार्टीको दस्तावेजना नाम राख्न उपयुक्त ठानेनौं ‌ । आरोप - प्रदेशको लफडा भइरहेको समयमा संविधानलाई लिकमा ल्याएर कार्यान्वयन गराएको चित्त बुझेको रहेनछ कि ?
#नेपालमा बसिरहेका थिए- कहिले अमरेशकुमार सिंहसँग फोटो जोडेर आफूलाई हराउन लागेको भन्दै र कहिले दुर्गा प्रसाईंसँगको फोटो राखेर चुनाव भाँड्न लागेको आरोप लगायौं । आरोप - चुनाव अवधिभर देश निकाला गर्यौं ।
अनि तिमीले बदलेको कांग्रेस इतिहासमै लज्जास्पद हार व्यहोर्दा पनि त त्यही नैतिकता भन्ने प्रश्न आउँछ होला नि ? तिमी त सार्है नैतिकवान छौं । बधाई छ गगन । तिम्रो आँटलाई सलाम् । 🙏

06/03/2026

बदलियौं कांग्रेस, बदल्छौं देश भन्ने २.० लाई जनताले त 'खुट्टी हेर्दै थापाइयो' भनेजस्तो छ नि ? अब के हुन्छ??

05/03/2026

सुदूरपश्चिम अपडेट : (४ बजेसम्म)

अहिलेसम्म खसेकाे मत :७,९९,१९९ (४६.५४ प्रतिशत)
महिला : ४,३६,५१२
पुरूष : ३,६२,५०३
अन्य : ४ जना
--- कुल मतदाता :१६,१७,६६०

Send a message to learn more

05/03/2026

सुदूरपश्चिममा ३३ प्रतिशत मत खस्याे

सुदूरपश्चिम प्रदेशभर दिउँसो २ बजेसम्म ५,८२,८०९ मत खसेकाे छ ।
जसमध्ये महिला = ३,०७,५२९
पुरूष = २,७५,२७९
अन्य = १ ।

Send a message to learn more

03/03/2026

नेपाली कांग्रेसका प्रतिनिधिले मतपेटिकाबारे बोलेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । भिडियो कहिले र कताको हो भन्नेबारे खुलाइएको छैन ।

01/03/2026

कञ्चनपुर-२ मा नेपाली कांग्रेसको चुनावी प्रसार

Want your business to be the top-listed Media Company in Mahendranagar?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Kanchanpur
Mahendranagar