Bishal Majhi - Designer

Bishal Majhi - Designer

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bishal Majhi - Designer, Web designer, Morang, Morang.

17/10/2025

यो कथा त सुन्नु भएकै छ होला:

व्यापारी बाबु र छोरासँग एउटा गधा थियो, जसले सामान बोक्ने काम गर्थ्यो।
उनीहरूको व्यापारमा ठूलो घाटा लागि रहेको समय थियो। नोक्सान पुरा गर्न र व्यापार चलाउन उनीहरूले गधा बेच्ने निर्णय गरे।

हाटबजार जाने क्रममा, गधालाई नथाकोस् भनी बाबु–छोरा हिँडेरै गधालाई डोर्‍याउँदै लगे।
बाटोमा भेट्ने मान्छेहरूले 'कस्ता मूर्ख, गधा चढ्न छाडेर हिँडेका!' भनी खिसी गरे।

यो सुनेर बाबुले छोरालाई गधामा चढाए।
फेरि मान्छेहरूले 'बुढो बाबुलाई हिँडाएर जवान छोरो चढेको!' भनी कुरा काटे।

तब बाबुले आफैं चढे र छोरालाई हिँडाए।
यसपालि मान्छेहरूले 'कस्तो बाउ, आफैँ मात्र मोज गरेको!' भनेर आलोचना गरे।

अन्ततः, उनीहरू दुवै जना गधामा चढे।
बाटोमा देख्नेहरूले 'विचरा गधालाई कति गाह्रो भएको होला!' भन्दै दया देखाए र 'बरु गधालाई बोकेर लगे हुन्थ्यो' भनी सल्लाह दिए।

मान्छेको कुरा सुनेर बाबु–छोराले गधालाई बाँसको खाँबोमा झुन्ड्याएर बोकेर बजारतिर हिँडे।
यो देखेर मान्छेहरू भेला भए र हाँसोठट्टा गर्न थाले।

यस होहल्ला र आफूलाई बोकेको असहजताले गर्दा गधा आत्तियो, छट्पटाएर डोरी फुत्कियो र खोलामा खस्यो।

गधा बेच्न हिँडेका ती बाबु–छोरा रित्तै घर फर्किए।

नेपाली समाज, नेपाली मिडिया, नेपाली विश्लेषक सबै यस्तै छन्। अनि हामी पनि यस्तै छौं ।
कहिले बाउछोराको ठाउँमा हुन्छौं । अनि कहिले वरिपरिका बटुवाहरुको ठाउँमा । फरक यत्ति हो ।

27/06/2025

Free Website Audit.
Check your sites performance and other four...

Want your business to be the top-listed Advertising & Marketing Company in Morang?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address

Morang
Morang