Meme Kerabari
A Complete Genuine News of Kerabari. meme & Trolls
Want to write us? Send your scripts to :
[email protected]
26/04/2026
नेपाल पुलिस क्लबले मेरो भाग्य बदलदियो :- सुजन बालाम्पाकी मगर (नेपाल पुलिस फर्वाड)
।।।।✍️केराबारी-७ मोरङ्गमा बुवा उतर बा. मगर र आमा भिम माया याख्खाको कान्छो सन्तानको रुपमा सुजन बालाम्पाकी मगरको जन्म भयो,,सामान्य परिवारमा जन्मेका सुजनका दुई दाईहरु अन्जन मगर र रन्जन मगर पनि राम्रो खेल्थे तर दाईहरुले अवसर पाउनु भएन उनी भन्छन,,आफ्नै ठाउँको खदम एफसी बाट सुजनको खेल यात्रा सुरु भयो,,उनले स्थानिय पुर्व तिर हुने प्रतियोगितामा विभिन्न स्थानिय मोफसलका टिम देखि गोल्डकप खेल्न राजधानी देखि आउने ए डिभिजन टिमहरु उनको सहकार्य हुन थाल्यो,,उनले सुरुवाती दिनमा मनोहरा कल्ब बाट सि डिभिजन पनि खेले..२ साल अघि भोजपुरमा भएको भोजपुर गोल्डकप चर्चबोइज उपबिजेता बन्दा उनी टिममा थिए,,मोरङ लक्ष्मी मार्गमा लक्ष्मीमार्ग गोल्डकपमा प्लानिङ्ग बोइज च्याम्पियन बन्दा उनी टिममा थिए,,हालै इटहरीमा सम्पन्न भएको इटहरी गोल्डकपमा प्लानिङ्ग बोइज उपबिजेता बन्दा उनी टिम थिए,,चार तिर रातदिनको खेलाईले उनको घुडामा ठूलो समस्या आयो, एक बर्ष धेरै मैदान बाहिरै बिताए,,जस्को सर्जरी गर्न उसको परिवारलाई धेरै गार्हो थियो,,आर्थिक अभावकै कारण अप्रेसन सप्रेसन नगर्ने मनसाय उनको थियो,,उस्को त्यो चोट उस्को पीडा हेर्न सकेन जस्ले उस्लाई सानै देखि खेल बारे ट्रेनिङ्ग मैदानमा दिए ती ब्यक्ती थिए नेपाल पुलिस क्लबका पुर्व खेलाडी उनकै गाउले दाइ सौजन याख्खा राई,,सौजनले गाउका केही मिल्ने दाजुभाईलाई सरसहयोग मागी आफैले पनि सहयोग गरि सुजनको उपचार राजधानी लगेर गरे,,घाइते उपचार पछि खेल्नु सक्छु सक्दिन भन्ने अन्यौल मनमा रहेको सुजनले बताए,,घाइतेको उपचार पछि सामान्य ट्रेनिङ्ग गर्दै मैदानमा फर्किन खोजेका सुजनलाई नेपाल पुलिसकै मोरङ्गका खेलाडी मान बहादुर परियारले धरानमा हुन लागेको बुढासुब्बा गोल्डकपमा नेपाल पुलिसले केही खेलाडी माग गरेको छ जाउ तिमी पनि ट्रायल जस्तो,,उनी आफ्नो क्षमता देखाउन धरान आए,,उनको त्यो खेल क्षमता नेपाल पुलिसको प्रशिक्षक चेतन घिमिरेले मन पराई टिममा खेलाउन थाले,, उनले पुलिस कल्बमा २ बर्ष भर्ना नभै अस्थायी रुपमै खेले,,सुजन भन्छन आधिकारिक जागिरमा भर्ना भएको चाहिँ तीन चार महिना भयो,,फुटबल सधैको लागि त्याग्न पनि सक्थे सौजन याक्खा दाइ र चेतन घिमिरे दाईको ठूलो हात छ खेलमा पुरानगमन हुनमा मेरो खेलजिवनमा दाइ उनले भने.,,कुरा कुरामा उनले भने धेरै दु:ख पसिना फुटबलमा बगाए नेपाल पुलिस क्लबले मेरो भाग्य बदलदिएको छ,,नेपाल पुलिसले म प्रती राखेको खेल आशा म मैदान प्रमाणित गर्नेछु,,हिजो पनि खेलेर हल्का कमाउथे आज झन ब्यवस्थित भएको हो कि भन्ने अनुभुती नेपाल पुलिसमा आएर पाए,,,हस्त धेरैले रुचाउनु भएको छ यो हाम्रो नेपाली खेलाडि बुझ्न जान्न चिन्नु पनि सबैले पर्छ।।अर्को भेटमा अर्को हाम्रै नेपाली खेलाडीको छोटो मीठो खेल यात्रा र जिवनको भोगाइ सङ्गै हामी आउनेछौ।।
Via: devraj rai dharan
19/04/2026
😎
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Morang
56610