Dilli Raj Giri

Dilli Raj Giri

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dilli Raj Giri, Author, Nepalganj.

21/04/2026

आरजु देउवा र युलेन्स स्कुलको सम्बन्ध बेठीक, मीनबहादुर गुरुङ र एमालेको सम्बन्ध बेठीक तर सुदन गुरुङ र दीपक भट्टको सम्बन्ध ठीक भन्नेहरु अन्न नखाने मान्छेहरु हुन।

20/04/2026

पारी गएर सामान किनेर थोरै बचत गर्ने लल्लन चाचा परेशान छ्न। महँगी बढेर अब चुल्हो गुइँठाले मात्र बल्ने भएको छ। भात पकाउने बेला चाचीको कर्कश स्वर, रित्तो टिनको भाँडा बजेको जस्तो आउन थालेको केहि दिन भयो। अलि अस्तिको चुनावमा चुपचाप...छाप, चाचा भन्ने बड्काैलाई पनि पारीबाट सामान ल्याउदा सशस्त्र पुलिसले कर्याप-झ्याप पारेछ। बड्काै संगै गाउँका चौधरी, पहाडीया केटाहरु पनि परेछ्न। छोरो छुटाउन बड्काैका बा वडा-अध्यक्ष कहाँ सिफारिस सहित गम्छाले पसिना पुछ्दै पुगेका थिए।

वडा-अध्यक्षले पनि चिने, मानेको मान्छे मेयर हो, उतै जाउ भनेर पठाइदिए। मेयर संग पुग्दा सिधा अस्तिको चुनावमा हारेका नेताको नाम आयो। अब भने बड्काैका बा परेशान भए। अब अस्ति वडा-अध्यक्षले "चाचा मर्दा-पर्दा यहाँके काम आओथहे, बिकास प्रेमी नेता है, तनिक भोट देइक परि" भनेर भन्दा "ल" पनि भन्न सकेनन्, नाइँ पनि भनेनन्। खाडीबाट बड्कौका भाईले पनि चुपचाप इ बार भाेट्वा परिवर्तन भनेर कचकच गरे। परिवर्तन आइवे, गरिबवाके घरमे महँगी नहि आइवे भन्थ्यो। त्यहीँ सम्झेर चाचा र बड्कौका बा परेशान छ्न।

Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Nepalganj