Virtual Patro

Virtual Patro

Share

पात्रो एक, विशेषता अनेक,समय बलवान छ।

29/04/2026

वैशाख १५ मंगलबारको राशिफल
मेष :- दीर्घकालीन फाइदा दिने कुनै कार्यको प्रारम्भ होला । परिश्रमको यथोचित प्रतिफल प्राप्त होला । शत्रु तत्त्वको क्रमशः पराजय हुँदै जाला ।
वृष :- बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्य प्रारम्भका लागि भने केही समय प्रतीक्षा गर्नु श्रेयस्कर होला । आफन्तको सहयोग प्राप्त होला ।
मिथुन :- परिस्थिति प्रतिकूल बन्दै जाला । अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुस होला । अधिकार प्राप्तिका लागि कडा सङ्घर्ष गर्नुपर्ने हुनसक्छ ।
कर्कट :- उद्योग व्यवसायमा राम्रो फाइदा होला । समाजसेवाको भावना पैदा होला । चित्त हर्षित तथा प्रसन्न रहला ।
सिंह :- बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्यामा फसिन सकिएला । लेनदेनको विषयमा होसियारी अपनाउनुपर्ला । मनमा उदासिनता छाउन सक्छ ।
कन्या :- कुनै रचनात्मक कार्यको शुभारम्भ होला । लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्न सक्ला । ज्ञान आर्जनका नयाँ मार्गहरु भेटिन सक्लान् ।
तुला :- व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउला । आर्थिक लाभ नहुने कार्यको समेत जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुनसक्छ । सामाजिक स्थानमा समेत खलबल आउनसक्न सम्भावना उच्च देखिन्छ ।
वृश्चिक :- आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला । कुनै शुभ समाचार सुन्न पाइएला । कुनै महत्वपूर्ण निर्णयमा पुगिएला ।
धनु :- पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्ला । नयाँ कार्यको प्रस्ताव आउन सक्ला । स्वास्थ्य स्थिति अनुकूल रहला ।
मकर :- आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्ला । पूर्व सम्झौता तोडिने उच्च सम्भावना रहला । व्यवसायमा असन्तुलनता देखिएला ।
कुम्भ :- अन्तिम चरणमा पुगेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने हुनसक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । अनायासै स्वास्थ्यमा केही समस्या देखिनसक्ला ।
मीन :- घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुनसक्छ । मनमा शान्ति मुहारमा कान्ति छाउला । शुभ दिन ! ज्यो: सूर्य पौडेल

22/02/2026

फागुन १० आइतबार,२०८२, ने.स‌‍:११४६-चिल्लाथ्वः-पञ्चमी-शुक्लपक्ष, February22-2026,
सूर्योदय: ०६:३७, सूर्यास्त:१७:५९
मेष :- नयाँ कार्यक्षेत्रमा गरेको लगानीले शुभ फल देला । सामाजिक मान सम्मानमा थप वृद्धि आउला । पारिवारिक साथ सहयोग राम्रो प्राप्त होला ।
वृष :- विश्वासपात्रबाटै घातप्रतिघात हुन सक्ला । नसोचेका ठाउँमा अनावश्यक धननाश होला । लगनशीलतामा कमी आउला ।
मिथुन :- प्रियजनसँग रमाइलो भेटघाटको अवसर जुट्ला । अनायासै अर्थ, जमिन वा उपहार लाभ होला । मनमा जाँगर र उत्साह जाग्ला ।
कर्कट :- स्वास्थ्य स्थिति प्राय अनुकूल रहला ।थालेका कार्यलाई साकार रुप दिन भने कठिनाइ होला । नियमितभन्दा फरक वा वैदेशिक कार्यमा भने केही फाइदा होला ।
सिंह :- व्यापार व्यवसायमा नोक्सानी सहनुपर्ला । आशा गरेको व्यक्ति वा स्थानबाट काम नबन्ला । घरपरिवार वा स्वजनसँगै वैचारिक मनमुटाव हुनसक्ला ।
कन्या :- कमजोर स्वास्थ्य स्थितिको सामना गर्नुपर्ला । अन्तिममा पुगेका कार्य पुन: दोहोर्‍याएर गर्नुपर्ला । मिहिनेतको पनि उचित प्रतिफल प्राप्त नहोला ।
तुला :- प्रारम्भ भएका कार्य उचित गति तथा मार्गमा अघि बढ्लान् । मनमा शान्ति मुहारमा कान्ति छाउला । आतिथ्यता ग्रहण गर्न पाइएला ।
वृश्चिक :- प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गर्न सफल भइएला । आत्मसम्मान र आत्मविश्वासमा वृद्धि आउला । यत्रतत्र यश, कीर्ति फैलिएला ।
धनु :- कुनै अशुभ समाचार सुन्नुपर्ने हुनसक्छ ।यात्राको क्रममा पनि अनेकन बाधा अड्चनको सामना गर्नुपर्ला । आफन्तजनको भने सहयोग प्राप्त होला ।
मकर :- स्वास्थ्य स्थिति प्राय प्रतिकूल रहला । इच्छित खानाको उपभोगमा बाधा अवरोध उत्पन्न होला । कठिन परिस्थितिमा साथ दिने आफन्तको अभाव महसुस होला ।
कुम्भ :- मनमा प्रसन्नताको बहार छाउला ।आरोग्यतामा थप वृद्धि आउला । गरेका कार्यको उचित प्रतिफल प्राप्त होला ।
मीन :- आर्थिक अवस्थामा असन्तुलनता देखापर्ला । मनमा असन्तुष्टिको ज्वारभाटा उठ्ला । आँखामा कष्ट वा कुनै समस्या देखापर्ला । शुभ दिन ! ज्यो : सूर्य पौडेल Virtual Patro

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Pokhara
Pokhara
33700