BICT Surkhet campus

BICT Surkhet campus

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BICT Surkhet campus, Education, Surkhet.

01/08/2023

# **यस्तो छ सबैले पढ्न मिल्ने त्रिविको सस्तो आईटी कोर्ष ‘बीआईसीटीई’**

यस्तो छ सबैले पढ्न मिल्ने त्रिविको सस्तो आईटी कोर्ष ‘बीआईसीटीई’

ब्याचलर अफ इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) कोर्ष त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङ्कायले सञ्चालन गर्ने गर्छ । यो माध्यमिक तह (कक्षा ११/१२) मा जुनै विषय पढेका विद्यार्थीले भर्ना हुन पाउने शैक्षिक कार्यक्रम हो ।

**के हो बीआईसीटीई ?**

सूचना तथा सञ्चार प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ त्रिवि शिक्षा शास्त्र सङ्कायले सन् २०१० (विसं. २०६७) देखि तीन वर्षे बीएड आईसीटी (ब्याचलर अफ एजुकेसन इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी) सञ्चालनमा ल्याएको थियो । त्यो समयमा देशभरका पाँच आङ्गिक क्याम्पसहरूमा यो कोर्ष पढाउन सुरु गरिएको थियो ।

एक वर्षपछि आठ सामुदायिक क्याम्पसहरूमा यो कोर्ष थपियो । सन् २०१५ मा त्रिविले कोर्षलाई परिमार्जन गर्दै चार वर्षे (९ सेमेस्टर) बनायो ।

यस समयसम्म बीएड आईसीटी देशका १४ क्याम्पसमा सञ्चालन भइरहेकाे थियाे । पुन: बीएड आईसीटीलाई सन् २०२१ मा परिमार्जन गर्दै बीआईसीटीई बनाइयो ।

हाल यो कोर्ष देशभरका २८ क्याम्पसमा सञ्चालनमा छ । समग्रमा भन्दा बीएड आईसीटीको परिमार्जित कोर्ष नै बीआईसीटीई हो । तर अहिले यी दुवै कोर्ष सञ्चालनमा छन् ।

**पाठ्य संरचना**

तीन वर्षे बीएड आईसीटी कोर्षमा कूल पर्णाङ्क १५०० थियो । जसमा ८०० अंकको आईटी कोर्ष थियो । सो कोर्षको पहिलो वर्ष ‘कम्प्युटर फन्डामेन्टल एन्ड प्रोग्रामिङ’ र ‘बेसिक हार्डवेयर, सफ्टवेयर एन्ड सी प्रोग्रामिङ’ पढाइ हुन्थ्यो ।

दोस्राे वर्ष ‘एमआईएस, डेटा स्ट्रक्चर एन्ड रिसेन्ट टेक्नोलोजी’, ‘कम्युनिकेसन एन्ड साइबर ल’ र ‘टिचिङ आईसीटी’, ‘अब्जेक्ट ओरियन्टेड प्रोग्रामिङ एन्ड डेटाबेस’को पढाइ हुन्थ्यो ।

त्यस्तै तेस्रो वर्ष ‘ग्राफिक्स, न्युमेरिकल मेथड एन्ड सफ्टवेयर इन्जिनियरिङ’, ‘ई-लर्निङ’ र ‘जाभा एन्ड डट नेट टेक्नोलोजी’ विषय पठनपाठन हुन्थे ।

सन् २०१५ मा पुन:संरचना गरिएको कोर्षलाई १३८ क्रेडिट आवरको बनाइयो । जसमा कोर आईटी विषय ४३ प्रतिशत (६० क्रेडिट), म्याथम्याटिक्स एन्ड स्टाटिस्टिक्स २२ प्रतिशत (३० क्रेडिट), प्रोफेसनल एजुकेसन १७ प्रतिशत (२४ क्रेडिट), कम्युनिकेसन स्किल ९ प्रतिशत (१२ क्रेडिट), प्राेजेक्ट वर्क र इन्टर्नशिप ९ प्रतिशत (१२ क्रेडिट) राखियो ।

Want your school to be the top-listed School/college in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Website

Address

Surkhet