Victim Voice
सत्य, तथ्य, निश्पक्ष समाचार र पीडित आवाजलाई सम्बन्धित निकाय सम्म पुराउने प्रयास गर्ने छौं !!
09/07/2026
#कर्णाली नदीको छालले किनारमा हुत्याइदिएको एउटा बेवारिसे शव अन्ततः कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको भएको खुलेको छ ।
#सवारी दुर्घटनामा परेर नदीमा बेपत्ता भएकी आफ्नी कलिली छोरीलाई बुवा धनबहादुर खड्काले आज आँसुका बीच पहिचान (सनाखत) गरेका हुन् ।
#यही असार २३ गते सुर्खेतको चौकुने गाउँपालिका-४, डङ्डगेस्थित कर्णाली नदीमा एक महिलाको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।
#पहिचान नखुलेपछि उक्त शवलाई प्रदेश अस्पताल कालागाउँको शवगृहमा राखिएको थियो ।
#कालिकोटको रास्कोट नगरपालिका-२ घर भएकी १८ वर्षीया सिर्जना यहीँ असार १८ गते सुर्खेतबाट कालिकाेट जाने क्रममा दैलेखकाे सांगेतडामा भएको फाेर्स गाडी दुर्घटनापछि नदीमा बेपत्ता भएकी थिइन् ।
#छोरीको खोजीमा भौंतारिएका बुवा धन बहादुरले आज साँझ ६:३० बजे प्रदेश अस्पताल सुर्खेतमा पुगेर त्यो शव आफ्नै छोरीको भएको पुष्टि गरेसँगै परिवारको एउटा आश निराशामा बदलिएको छ ।
#नदीको छालले सिर्जनाको जीवन त खोस्यो, तर बुवाको काखमा उनको अन्तिम शरीर भने फर्काइदिएको छ ।
07/07/2026
आफ्नो जन्मदिन मनाउदै पुर्व राजा Gyanendra Bir Bikram Shah ! 🙏🎊
१९ औँ नगर सभा वीरेन्द्रनगर नगरपालिका,सुर्खेत | Live
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Address
Surkhet
21700