Future Nepal - FN

Future Nepal - FN

Share

“EMPOWERING YOUTH,TRANSFORMING NEPAL”

Photos from Future Nepal - FN's post 07/02/2026

`विसाउनी चौतारी´

लेकवेशी नगरपालिका-७, पुलटारमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रसिध्द लेखक तथा सामाजिक अभियान्ता Dr Nawaraj KC ज्यूले पढाईको महत्व, अभिभावक र स्कुलको भूमिका बारे आफ्नो विचार राख्नु भएको थियो ।

डा. केसीको पुस्तक `स्वस्पर्श´मा केही पात्रहरु जो आफ्नो जिवनमा निकै कठोर संघर्ष, विभेद र अभावलाई चिर्दै राम्रोसँग पढेर सफलता हाँसिल गरेको कथाहरु समावेश छन् । उहाँले तीनै कथाहरु विद्यार्थी अभिभावकलाई र शिक्षकमाझ शेयर गर्दै पढाईको महत्व बुझाउनु भएको थियो ।

त्यसै, मनोविमर्शकर्ता शर्मिला विसीले पढ्ने उम्मेरमा विद्यार्थीहरुमा देखिने पारिवारिक, सामाजिक र भावनात्मक समस्याबारे आफ्नो विचार राख्नु भएको थियो । ती विभिद समस्या र विचलनबाट बाहिर आएर पढाईलाई कसरी निरन्तरता दिने भन्नेबारे परामर्श दिनुभएकोथियो ।

उक्त कार्यक्रम Civil Society Empowerment for Accountable Education CSE कार्यक्रम अन्तर्गत Karkhana Samuha समूहसँगको सहकार्यमा Future Nepal - FN द्वारा सञ्चालित `Let´s Biring them back´अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

Want your organization to be the top-listed Non Profit Organization in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birendranagar
Surkhet
21700