Najarpati
"सत्यको खोजी, तथ्यको प्रस्तुति नजरपाटी डटकम: जहाँ जे देखिन्छ, त्यही लेखिन्छ। हामी लुकाउँदैनौँ, जस्ताको त्यस्तै देखाउँछौँ।"
🌐 www.najarpati.com
07/07/2026
रुपाताल माथिल्लो भागको दृश्य
06/07/2026
चौरी बुकीपाटनबाट देखिएको निसेलढोर र मस गाउँको मनमोहक दृश्य।
05/07/2026
रुकुम पूर्वको चौरी लेकमा पर्यटकको घुईचो
।।
05/07/2026
बागमतीमा ठडिएको भव्य सपना, सिंहदरबारले बनायो कङ्क्रिटको चिहान !
बागमतीमा ठडिएको भव्य सपना, सिंहदरबारले बनायो कङ्क्रिटको चिहान ! मुलुक संघीयतामा गएपछि स्थानीय सरकारहरूले आफ्नो क्षेत्रको विकास र समृद्धिको खाका आफैं कोर्न थाले। सिंहदरबारको म...
04/07/2026
महेन्द्र राजमार्गको अनवरत कोलाहल, यान्त्रिक ध्वनि, र मधेसको सदाबहार ब्यस्तता। जब यो भौतिक गति र कृत्रिमतालाई चटक्कै छोडेर तपाईं सर्लाहीको बागमती नगरपालिकाबाट उत्तरतर्फ लाग्नुहुन्छ, तब पर्यावरणको रङ, रूप र सुगन्ध एकाएक रूपान्तरित हुन्छ। आँखै अगाडि चुरिया पहाडको हरित छाती जुरुक्क उठेको देखिन्छ, मानौँ आदिम कालदेखि मौन उभिएको कुनै दिव्य पहरेदारले दुवै हात फैलाएर आगन्तुकलाई स्वागत गरिरहेछ। पहाडको फेदी, आदिम वनको सुगन्ध, र तल कलकल बग्ने पवित्र बागमती नदी। यही चुरेको पाखा र खोंचभित्र एउटा यस्तो अलौकिक संसार लुकेको छ, जहाँ पुग्ने जोकोहीको चेतना एकाएक ध्यानमग्न र आनन्दले तरंगित हुन्छ। यो हो— हरिहर क्षेत्र तपोवन। काठमाडौँको आराध्यदेव पशुपतिनाथको पवित्र चरण स्पर्श गरेर महाभारत र चुरेको छाती चिर्दै झरेकी बागमती नदीको काखैमा अवस्थित यो तपोवन केवल एउटा भूगोल मात्र होइन; यो त अध्यात्म, संस्कृति, प्राग्ऐतिहासिक इतिहास र प्रकृतिको एउटा जीवन्त महासंगम हो।
Ghumau Bagmati Ram Prasad Sharma Gautam Khadka
02/07/2026
Village life
02/07/2026
चिउरीको महत्त्व र किन रोप्ने ?
चिउरीलाई पहाडको 'हरियो सुन' पनि भनिन्छ। यो रुख किसान र वातावरण दुवैका लागि वरदान हो।
१. चिउरीको महत्त्व के छ?
आर्थिक महत्त्व:
१. तेल: चिउरीको गेडाबाट निस्कने तेल खाना पकाउने, साबुन, अगरबत्ती र औषधिमा प्रयोग हुन्छ। बजारमा यसको राम्रो माग छ।
२. मह: चिउरी फुलेको बेला मौरीले धेरै मह बनाउँछ। 'चिउरी मह' सबैभन्दा महँगो र गुणस्तरीय मह मानिन्छ।
३. अन्य: फूलबाट रक्सी, फल खान र गेडाको पिना गाईभैंसीको दानामा प्रयोग हुन्छ।
वातावरणीय महत्त्व:
१. भिरालो जमिन जोगाउँछ: यसको जरा धेरै गहिरो र बलियो हुन्छ। यसले पहिरो रोक्छ र माटो बाँध्छ।
२. पानीको मुहान: चिउरी भएको जंगलले पानीलाई जमिनमा सोस्छ। खोल्सा, मुहान सुक्दैन।
३. जैविक विविधता: यसको फूलमा मौरी, चरा र अन्य जीवजन्तु निर्भर हुन्छन्।
सामाजिक महत्त्व:
यो ग्रामीण समुदायको आम्दानीको मुख्य स्रोत हो। बाँदरले नखाएको वर्षमा किसानको लागि 'लक्ष्मी' नै हो।
२. किन चिउरीको बिरुवा रोप्ने?
१. एकपटक रोपे पुग्छ: चिउरी २०-३० वर्षसम्म फल दिन्छ। मलजल र हेरचाह कम चाहिन्छ।
२. दीर्घकालीन आम्दानी: ८-१० वर्षपछि फल दिन थाल्छ र राम्रो पैसा दिन्छ। यो बुढेसकालको 'पेन्सन' जस्तै हो।
३. माटो उर्वर बनाउँछ: चिउरीको पात झरेर मल हुन्छ र माटोलाई नाइट्रोजन दिन्छ।
४. जलवायु परिवर्तनको सामना: खडेरी सहन सक्छ र कार्बन सोस्ने क्षमता धेरै हुन्छ।
निष्कर्ष: चिउरी रोप्नु भनेको पैसा रोप्नु, पानी बचाउनु र पहाड बचाउनु हो।
आउने पुस्ताका लागि पनि हरियाली र आम्दानीको बाटो खोल्न आजै चिउरी रोपौं 🙏
बिरुवा चाहिए 9857044338 सम्पर्क गरौं ।
02/07/2026
चुरेको गर्भमा हरिहर तपोबन: मधेस पर्यटनको नयाँ क्षितिज र ओझेल परेको सभ्यता Ghumau Bagmati Ram Prasad Sharma
चुरेको गर्भगृहमा 'हरिहर क्षेत्र तपोवन': मधेस पर्यटनको नयाँ क्षितिज र ओझेलमा परेको सभ्यता महेन्द्र राजमार्गको अनवरत कोलाहल, यान्त्रिक ध्वनि, र मधेसको सदाबहार ब्यस्तता। जब यो भौतिक गति र कृत्रिमतालाई चटक...
01/07/2026
Learning & Earning Program | इलाम सामुदायिक कृषि क्याम्पस:
काक्रा उत्पादन र बजारीकरणमार्फत हाम्रा विद्यार्थीहरूले कक्षाकोठाको ज्ञानलाई व्यवहारिक अनुभवसँग जोडिरहेका छन्। यसले नवीनता, उद्यमशीलता र दिगो कृषि अभ्यासलाई प्रोत्साहन गरेको छ ।
01/07/2026
चुङुरि बुकी पाटन (चौँरीखर्क) को मनमोहक दृश्य
तस्बिर : जगत योगी/दैलेख
Click here to claim your Sponsored Listing.