ROS TV HD
न:पक्ष-न:विपक्ष-सधैं निष्पक्ष Routine of Shantinagar
(ROS TV HD) 📞 9806299198
महलमा रमाउनेहरुको सपना बिगारिदिए झुपडीमा बस्नेहरुले जनक बि.क ।
युवा साहित्यका जनक वि.क.को एकल रचनावाचन कार्यक्रममा आफ्ना रचना सुनाउदै जनक बि.क ।
राप्ती साहित्य परिषद् दाङ शाखाद्वारा आयोजित एकल रचनावाचन कार्यक्रमको ८५औं श्रृङ्खलामा आफ्नो रचना वाचन गर्ने जनक वि.क. को हुन त
सर्जकको सामान्य परिचय प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष सुशीला आचार्य
यसरी युवा पिडि साहित्यिकमा आउनु निकै राम्रो कुरा हो ।
12/07/2026
विगत लामो समयदेखि अस्पतालको बेडमा मृ`त्यु`सँग लडिरहनुभएका र उपचाररत रहनुभएका शेर बहादुर पुनको दुःखद नि`धन भएको छ।
उहाँको उपचारका क्रममा नि`धन भएको खबरले हामी सम्पूर्ण टिम स्तब्ध भएका छौँ।
उहाँको उपचार र ज्या`न बचा`उनका लागि संचालन गरिएको "शेर बहादुर पुन ब`चाउ अभियान" मा देश-विदेशबाट जोडिनुहुने, आ`र्थिक, नैतिक तथा भौतिक रूपमा सह`योग पुर्याउनुहुने सम्पूर्ण सह`योगी मनहरू, आफन्त, र देश-विदेशमा रहनुभएका दिदीबहिनी तथा दाजुभाइहरूमा हामी हार्दिक कृतज्ञताका साथ विशेष धन्यवाद व्यक्त गर्दछौँ।
तपाइँहरूले देखाउनुभएको यो निःस्वार्थ सह`योग र सद्भाव हाम्रा लागि सधैँ अविस्मरणीय रहनेछ। उपचारका अनेकौँ प्रयास र तपाइँहरूको ठुलो सह`योगका बाबजुद पनि उहाँलाई बचाउन नसकिएकोमा हामी अत्यन्तै मर्माहत छौँ।
यस दुःखद घडीमा दिवंगत आ`त्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धा`ञ्जली व्यक्त गर्दछौँ र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।
12/07/2026
#काठमाडौँ ।
केही समयअघिसम्म काठमाडौँका सडक र फुटपाथ व्यवस्थापनमा निकै सक्रिय देखिएका नगर प्रह`रीहरू पछिल्लो समय सडकबाट हराउन थालेका छन्। नगर प्रह`रीको उपस्थिति सडकमा पातलिँदै गएसँगै मुख्य बजार र व्यापारिक क्षेत्रहरूमा पुनः अव्यवस्थित पार्किङको समस्या तीव्र रूपमा बढेको छ।
सडकलाई व्यवस्थित र सवारी आवागमनलाई सहज बनाउनका लागि महानगर तथा स्थानीय निकायले 'नो पार्किङ' अभियान सञ्चालन गरे पनि त्यसको निरन्तरता हुन नसक्दा अहिले सडकहरू पुनः कुरूप बन्न थालेका छन्।
जथाभाबी पार्किङले सडक साँघुरो, पैदलयात्री र चालक मारमा
काठमाडौँका विभिन्न मुख्य तथा सहायक सडक किनारमा अहिले दुईपाङ्ग्रे सवारी साधनहरू (मोटरसाइकल तथा स्कुटर) नियम विपरीत जताततै पार्क गरिएका भेटिन्छन्। व्यापारिक मल र पसल अगाडिको सडकलाई नै पार्किङ स्थल बनाइँदा गुड्ने सवारी साधन र पैदलयात्रीहरूका लागि बाटो निकै साँघुरो भएको छ।
स्थानीय व्यवसायी र सर्वसाधारणका अनुसार:
सुरुका दिनमा नगर प्रह`रीले सडक किनारमा गाडी राख्ने बित्तिकै कारबाही गर्ने र ह्विल लक गर्नेसम्मका काम गर्थे।
पछिल्लो समय सडकमा नगर प्रह`रीको गस्ती र निगरानी शून्य प्रायः बनेको छ।
निगरानी नहुँदा चालकहरूले घण्टौँसम्म सडकमै सवारी साधन छाडिदिने गरेका छन्, जसले गर्दा तीव्र ट्राफिक जामको समस्या समेत निम्तिएको छ।
पछिल्नो समय तपाइले गरेको सह`योगको सम्पुर्ण डिटेल सह`योगी दाताको नाम यही सार्वजनिक गरेका छौँ । तपाईं सम्पुर्ण सह`योगी मन प्रती हार्दिक आभारी छौ ।
स्थानीय सर`कार आएको १० बर्ष हुँदैछ तर आमनागरिकको समस्या उस्तै छ ।
11/07/2026
घोराहीमा युवा साहित्यकार जनक वि.क.को एकल रचनावाचन कार्यक्रम भव्य रूपमा सम्पन्न ।
दाङ, असार २६ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित साहित्यिक कार्यक्रमअन्तर्गत ८५औँ श्रृङ्खलामा युवा साहित्यकार जनक वि.क. को एकल रचनावाचन कार्यक्रम शुक्रबार घोराहीमा भव्य रूपमा सम्पन्न भएको थियो।
नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा जनक वि.क.ले आफ्ना कविता, वाचन गर्दै भाषा, साहित्य, कला र संस्कृतिप्रतिको आफ्नो सिर्जनशील अभिव्यक्ति प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरूले जनक वि.क.का रचनाहरूले समसामयिक सामाजिक यथार्थ, मानवीय संवेदना र सकारात्मक चेतनालाई प्रभावकारी रूपमा उजागर गरेको भन्दै प्रशंसा गरेका थिए।
सहभागीहरूले यस्ता सिर्जनात्मक कार्यक्रमले नयाँ पुस्ताका स्रष्टालाई प्रोत्साहन मिल्नुका साथै साहित्यिक वातावरणलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरेका थिए।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा यस्ता एकल रचनावाचन कार्यक्रम सञ्चालन गर्दै स्थानीय प्रतिभाको पहिचान, प्रवर्द्धन र साहित्यिक संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
शान्तिनगर गा.पा सामाजिक विकास समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष ओपेन्द्र बहादुर रावतको सम्बोधन ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Tulsipur
22412