NB Media Network

NB Media Network

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NB Media Network, Media/News Company, .

Photos from NB Media Network's post 25/06/2026

बेलौरी नगरपालिकाको सत्रौँ नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ९४ करोड ५५ लाख बराबरको बजेट सार्वजनिक गरेकाे छ । बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगार र सुशासनलाई प्राथमिकता दिइएको नगर उपप्रमुख जाेगराम चाैधरीकाे भनाइ छ । १० वटै वडामा छुट्टाछुट्टै बजेट विनियोजन गरिएकोमा वडा नं. ८ ले सबैभन्दा बढी ३६ लाख १० हजार र वडा नं. १ ले सबैभन्दा कम २४ लाख १० हजार बजेट प्राप्त गरेका छन् ।

नगर प्रमुख पोतिलाल चौधरीले बजेटलाई बेलौरीको समृद्धिको मार्गचित्र भएको बताउँदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । उहाँले प्रस्तुत गर्नु भएकाे वार्षिक नीति कार्यक्रम पारित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीले पारदर्शी र प्रभावकारी कार्यान्वयनको प्रतिबद्धता जनाउनुभयो भने नगर प्रवक्ता हर्कबहादुर भुलले बजेटलाई जनमुखी र विकासमुखी दस्तावेजको रूपमा व्याख्या गर्नुभयो ।

नगरसभामा न्यायिक समितिको प्रगति प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । आर्थिक वर्ष २०८२/०८३ मा समितिमा ३२ मुद्दा दर्ता, २२ समाधान र १० मुद्दा बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । जग्गा विवाद सबैभन्दा बढी रहेको देखिएको छ ।
विस्तृत समाचारका लागि याे लिङ्कमा क्लिक गर्नुहाेस् ।
https://www.nepalbodh.com/detail/6255
फाेटाे फिचर ...

Photos from NB Media Network's post 24/06/2026

Star Box को BV सामाजिक सञ्जाल मानव सेवामा केन्द्रित : विद्यार्थीदेखि वृद्धसम्म सहयोगको श्रृंखला; शिक्षा, स्वास्थ्य, खाद्यान्न र सामाजिक सहयोगमार्फत कञ्चनपुर-कैलालीका सयौँ लाभान्वित ।। https://www.nepalbodh.com/detail/6253

Telephone