Islamic knowledge

Islamic knowledge

Share

The Five Pillars consist of Islam
❤️Shahadah:
❤️Salat:
❤️Zakat:
❤️Sawm:
❤️Hajj:

30/11/2025

नमाज कायम करो 👆

24/07/2025

एक नेपाली ब्राह्मण परिवारमा जन्मएतापनि दाई दधिराम चुंदालीले हिदाएत पाउनुभयो इस्लामको सच्चाई र वास्तविकताको अध्ययन गरेर इस्लाम अँगाल्नु भयो अरूलाई पनि सत्य मार्ग इस्लाम मा आउन आग्रह गर्दै लेख्नुहुन्छ मेरो प्रिय आफन्त, तथा सबै नेपाली भाषीय नेपाल प्रेमीहरू सबैमा

Dadhiram Chudali मेरो सलाम छ .
तपाईं हरू एक प्रबुद्ध, समृद्ध र दृढ विचार भएका व्यक्ति हुनुहुन्छ। म तपाईंको मिहिनेत, आत्मबल, र सोच्ने क्षमताको सधैंब सम्मान गर्छु। हजुर हरू को बहुईस्वरीय हिन्दुत्वबाद भारत को प्रकोप र तपाईंको कट्टर माओवादी दृष्टिकोण ले धर्मप्रति आलोचनात्मक दृष्टिकोण, र “धर्म भनेको अफीम हो” धर्म आफ्नु बेक्तिगत बिचार तथा मान्छेलाई अधिनमा राख्न बनेको एक भनाई मात्र भन्ने भनाइमा विश्वास मैले धेरै पटक सुनेको छु। तर आज म तपाईंको अगाडि केही फरक ढंगले सोच्न आग्रह गर्न चाहन्छु।
धर्म वास्तवमै अफीम हो त?
के त्यो केवल शोषणको औजार हो?
कि त्यो केवल गरिब, अशिक्षित, र डराउनेहरूको सहारा मात्र हो?
होइन र हुनै सक्तैन :
धर्म कुनै खेल होइन। यो न कुनै नसा हो, न अफीम। धर्म त्यो सत्य हो, जुन चेतनाको गहिराइबाट उत्पन्न हुन्छ जहाँ मानिस आफ्नो असहायता होइन, आफ्नो जिम्मेवारी महसुस गर्छ। धर्म त्यो अन्तरिक प्रकाश हो, जसले मानिसलाई केवल आड छैन, मार्ग पनि देखाउँछ। जब जीवनका हरेक रंग हराउन थाल्छन्, धर्म भनेको त्यो अदृश्य रेखा हो, जसले आत्मालाई स्थिरता दिन्छ।
म जान्दछु, तपाईंले धर्मको नाममा गरिएका कैयौं अन्याय देख्नुभएको छ। म पनि अन्धविश्वास, जातिवाद, र कर्मकाण्डी पाखण्डको आलोचक हुँ। तर यी विकृतिहरू धर्म होइनन् यी धर्मको नाममा गरिएका गलत प्रयोग हुन्।
धर्म भन्ने बित्तिकै कर्ता र रचयिताको अस्तित्व स्वीकार्नुपर्ने हुन्छ त्यो शक्ति जसले हामीलाई जीवन दियो, चेतना दियो, प्रेम, विवेक र सोच्ने क्षमतासम्म दियो। के यो जीवन आफैं उत्पन्न भयो? के यो जटिलता केवल रासायनिक संयोग हो?
धर्म भन्नु नै त्यो स्वीकृति हो कि हामी आफैंमा पूर्ण छैनौं, हामीभन्दा ठूलो कोही छ, जसको बुद्धि अनन्त छ, जसको न्याय पूर्ण छ, र जसको दया सीमाहीन छ।
धर्म केवल पूजा होइन। यो त व्यवहार हो। सत्य बोल्नु, असल हुनु, गरिबको सेवा गर्नु, न्यायमा अडिग हुनु यी सबै धर्मका मूल स्तम्भ हुन्। यी मूल्यहरू तपाईंले पनि जीवनमा अँगाल्नुभएको छ चाहे तपाईंले “धर्म” भन्ने शब्द नबोल्नुहोस्, तपाईंको नैतिकता स्वयं धर्मको प्रतिबिम्ब हो।
एक समय थियो जब म पनि धर्मप्रति भ्रमित थिएँ। तर जब मैले सत्यको खोज गरें, तब मैले थाहा पाएँ धर्म वास्तवमा करूणा हो, दया हो, क्षमा हो। यो एकताको पुल हो, विभाजनको पर्खाल होइन। यो विवेकशीलहरूको लागि मार्गदर्शन हो, कमजोरहरूको लागि मात्र होइन।
तपाईंले भन्न सक्नुहुन्छ: “म नैतिक छु, तर मलाई धर्म चाहिँदैन।” तर म विनम्रतापूर्वक सोध्न चाहन्छु त्यो नैतिकताको स्रोत कहाँबाट आयो? तपाईंको अन्तरात्मा किन हत्या गलत भन्छ, चोरी पाप भन्छ, झूट घृणित भन्छ? यदि कुनै सर्वोच्च विवेक छैन भने, कसरी यी मूल्यहरू युगौं देखी अडिग छन्?
धर्म भनेको कुनै संस्था मात्र होइन। यो त्यो अमर सम्बन्ध हो मानिस र उसका रचयिता बीचको। र त्यस सम्बन्धमा जब आत्मा झुकेको हुन्छ, त्यो झुकाइ गुलामी होइन त्यो प्रेम हो।
अन्त्यमा, म तपाईंलाई कुनै धर्म विशेष अँगाल भन्न खोज्दिनँ। म केवल यत्ति अनुरोध गर्न चाहन्छु धर्मलाई केवल अफीम भनेर होइन, एक गहिरो सत्यको खोजको रूपमा पनि एक पटक नियाल्नुहोस्। त्यो सत्य, जसले हृदय छोयो भने, जिन्दगीलाई नयाँ अर्थ दिन्छ।
रचयिताले तपाईंलाई बुद्धि, शक्ति, र सम्पन्नता दिनुभएको छ। सायद अब समय आएको छ उहाँलाई पहिचान गर्ने।
शान्ति, करुणा र सत्यको प्रकाश सधैं तपाईंमाथि रहोस्।
तपाईंको सधैव भलो चाहाने दधिराम चुंदाली ।

Telephone

Website