Hetauda mayurdhap
Dinesh prasad adhikari
D.O.B:1983
work : printing press at abu dhabi.
माइकल ज्याक्सन १५० वर्ष बाँच्न चाहन्थे !
उनले १२ जना निजी डाक्टर आफ्नै घरमा राखे। ति डाक्टरले दैनिक रूपमा उनको कपालदेखि नङसम्म जाँच गर्थे। उनले खाने खाना खानु अघि ल्याबमा परीक्षण गरिन्थ्यो।
अरू १५ जना उनको दैनिक दिनचर्या सहजीकरणका लागि नियुक्त गरिएको थियो। उनको ओच्छ्यानमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको थियो।
शरीरका अङ्गदाताहरू आवश्यक पर्ने बित्तिकै दान गर्न तम्तयार पारिएका थिए। तिनको खानपान हेरविचार आफैंले गर्ने बन्दोबस्त मिलाएका थिए।
उनी १५० वर्ष बाँच्ने प्रकृयामा थिए।
तर अचानक! २५ जुन, २००९ को दिन ५० वर्षको उमेरमा उनको मुटुले काम गर्न छोड्यो। आफ्ना १२ जनाका अलावा क्यालिफोर्निया र लस एन्जल्सबाट झिकाइएका डाक्टरहरूको अथक प्रयास काम लागेन।
जसले पछिल्लो २५ वर्षसम्म डाक्टरको सल्लाह बिना एक पाइला चालेन। तथापि उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेनन्।
२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि विकिपीडिया, ट्वीटर, ALO's instant messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो।
ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो।
यो जीवनको नियम हो।
सोचौँ त,
हामी कसका लागि बाँचिरहेका छौँ?
कसका लागि कमाइ गरिरहेका छौँ?
के कमाइ गरिरहेका छौँ?
ठूला घर, महङ्गा गाडी, पद प्रतिष्ठा, ठूलाठूला रिसेप्सन पार्टी, अहमता कसलाई इम्प्रेस पार्न जोडिरहेका छौँ?
के पछिल्लो समयमा विवाह पार्टीमा तपाइले खाएको खानाको स्वाद यादसम्म छ?
मानिसहरू किन जनावर जसरी काममा घोटिइरहेका छन्? किन लोभ लालचमा फँसिरहेका छन्?
कति पुस्तालाई कमाइदिनु पर्ने हो?
कति आवश्यक हो? कति चाहत हो?
के हाम्रा सन्ततिले आफै गरेर खान सक्छन् भन्ने विश्वास नभएर आफ्नो हाडखोड घोटीघोटी कमाइदिनु परेको हो? इमान गुमाएर लोभ लालसमा फँस्नु परेको हो?
जसका लागि तपाइ कमाइ गर्दै हुनुहुन्छ, तिनको साथ केही समय गुजार्ने प्रयत्न गर्नु भो? पछिल्लो समय कहिले भेट्नु भो याद छ? भेट उत्साहजनक भयो कि निराशाजनक? कि कुण्ठा पोखेर हिड्नु भो?
अरूको कुरा छाडौँ, तपाइ आफैँ चाहिँ आफ्नो लागि कतिको सन्तुष्ट हुनुहुन्छ?
आफ्नो लागि कति समय छुट्याउनु भयो?
पछिल्लो मनोरन्जन याद छ? आफ्नो साथीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ? प्रकृतिसँग नतमस्तक भएको याद छ? खोला छोएको, धर्तीमा नाङ्गो पाइतालाले टेकेर हिँडेको याद छ ?
महंगा गाडी, बडाबडा घर, ठूलाठूला पद, बिटाका बिटा पैसा... के यिनै हुन् सफलता, सन्तुष्टि र शान्तिका मापदण्ड?
खुसी कहाँ छ? शान्ति कहाँ मिल्छ?
सोँच्नुहोस् त एकचाेटि ध्यान दिएर।
कपी : सामाजिक संजाल
02/11/2024
कुरा बुझ्ने कि अझै पनि बुझ पचाएर बस्ने हो 🤔🤔🤔🤔
TikTok · ©KARKI_VINES 32.2K likes, 726 comments. “एकपट्क उहाँ को कुरा सुन्नुहोस”
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Abu Dhabi