Chogyal Rinpoche in Australia
Though a Buddhist practitioner, Chogyal Rinpoche has studied the approaches of the different religion of the sub-continent.
04/03/2024
जन्मदिनको उपलक्ष्यमा श्रद्धेय गुरू छोग्याल रिन्पोछेको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दछु । "म" र "मरो" भन्ने कुनै पनि भाव नराखी आफ्नो सम्पूर्ण जीवन नै सत्त्वहरूको हितमा लगाउनुभएको बोधिसत्त्वको जन्मदिन एउटा महोत्सव हुने रहेछ । गुरूबाट भौतिक रूपले धेरै टाढा भएतापनि गुरूको चित्तसँग अभेद रहने अभ्यास गरिरहेको छु । उहाँको कृपाले बज्रयान अभ्यासको तश्रो वर्षमा निरन्तरता दिन सकेको छु ।
मैले यस्तो गरें भनेर देखाउन खोजको त होईन तर गुरूको जन्मदिनको सु-अवसरमा दोश्रो वर्ष निरन्तर अष्ट्रेलियामा रक्तदान गर्ने हेतु-प्रत्यय जुट्यो । एकपटकको प्लाज्माले धेरै जनालाई १८ भन्दा बढी प्रयोजनको लागि काम लाग्ने रहेछ । हेरक पटक प्लाज्मा दिंदा मेरो एउटै कामना हुन्छ कि, प्लाज्मा लिनेलाई धर्मको बीउ पनि सँगै मिलोस् र गुरू/बुद्ध/बोधिसत्त्वको शिक्षासँग साक्षात्कार हुने अवसर मिलोस्, धर्मको मार्गमा लाग्ने प्रेरणा मिलोस् ।
भवतु सर्व मङ्गलम्
रेपा नेपाल-पहिलो ब्याच साधक
02/08/2023
Chogyal Rinpoche is in a retreat with his Guru Repa Tsultrim Tharchin in Tibet 🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
6000
Perth, WA
6000