Perthmandu

Perthmandu

Share

Official page of Perthmandu.com

14/06/2015

सन्दर्भ एनआरएन चुनाव २०१५
एनआरएन राज्य राष्ट्रिय समन्वय समिति पश्चिम अष्ट्रेलियामा भर्खरै आंग दावा शेर्पाले स्टेट कोर्डीनेटर पदको उमेद्वारी फिर्ता लिनु भएको छ l आफ्नो फेसबुक मार्फत उमेद्वारी फिर्ता लिएयको घोषणा गर्दै आफ्ना सुभचिन्तकहरुमा पर्न गएको चोट पर्न गएकोमा क्षमा चाहदै अन्य उमेद्वारहरुलाई अग्रिम शुभकामा व्यक्त गर्न चाहेको बताउनु भएको छ l
पद्नुहोस उमेद्वारी फिर्ताको घोषणा जस्ताको तेस्तै ;
आदरणिय पर्थबासी नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरु, बिशेष गरी मेरा शुभ-चिन्तकहरु,
पर्थ एन. आर. एन. को चुनाबी सारगर्मीले तातेको लगभग एक हप्ता बितिसकेको परिप्रेक्षमा यससंग सम्बन्धित बिषयहरुमा बहस र सहमतीका बिषयहरुलाई लिएर धेरै छलफलहरु भएको जानकारी पाउँदा एकातिर खुशी छु, भने अर्कोतिर मैले लिन लागिरहेको निर्णयले मेरा शुभचिन्तकहरुलाई दुख लाग्नेछन भन्ने बिषयमा पनि उत्तिकै सजग छु र चिन्तित पनि छु ।
मैले आफ्नो उम्मेद्दारी दर्ता हुन पूर्व र भए पश्चात पनि एन. आर. एन. डब्ल्यु.ए. का संयोजकका प्रत्यासी हाम्रा दुई भाईहरुलाई मैले उम्मेद्दारी दिनुको आशय प्रष्ट पारेको थिएँ, कि, मिलेर जाँदाको सन्देश र नमिल्दाको अवस्थामा नेपाली कम्युनिटीमा जाने सन्देशमा फरक हुन्छ; र त्यही कारण मिलेर जानुको बिकल्प नभएको कुरा बारम्बार दोहोर्याएको थिएँ । दुईमा एक, जो-सुकैले छोडेमा मैले पनि आफ्नो उम्मेदारी फिर्ता लिने आश्वासन दिएको थिएँ ।.. त्यस पछाडी पनि स्वान-रिभरमा धेरै पानी बगिसके, तर यि प्रत्यासी भाईहरुको अडानमा कुनै परिवर्तन आएको मह्शुस गरिन । हुन त धेरै जनाले मेरो उम्मेद्दारीले नेपाली समाजमा राम्रो सन्देश गएको र उहाँहरुले अब कसलाई मत दिने भन्ने दोधार अवस्थामा निर्णय लिन सहज भएको बताउनु भएको थियो । उहाँहरुले म प्रती राख्नु भएको बिश्वास र समर्थनको लागी मुरी मुरी धन्यबाद दिन चाहन्छु । तर मेरो एउटै अभिप्राय थियो मिलेर जाउन ।
लाग्छ, कुनै पनि सामजिक काममा पहिलो कार्यकाल अनुभब बटुल्ने र दोश्रो कार्यकाल आफूले परिकल्पना गरेका र कोरेका कार्यक्रमहरुलाई प्रस्तुत गर्ने सुवर्ण अवसर हो । त्यही मान्यता अनुरूप पुरानै कार्यसमितीलाई निरन्तरता दिँदा हुने बिकल्प पनि मैले आउल्याएको थिएँ । तर त्यो बिकल्प पनि स्विकार्य नहुने देखिएँ ।
यस अवस्थामा अब स्वच्छ मतदानको बिकल्प नै सबै भन्दा उत्तम हुनेछ । यस्तो अवस्थामा यि दुई उत्सुक, उर्जाशील भाईहरुको उच्च सोचाई र मर्मलाई आँच नपुगोस भन्ने हेतुले मैले आफूले आफ्नो उम्मेद्दारी फिर्ता लिने निर्णय गरेको छु । मेरो यस निर्णयले भाईहरुको अभियानमा सहजता मिलोस। आशा छ बाँकी सबै उम्मेद्दारहरुले एन. आर. एन. को निर्वाचन नियमावलीको अक्षरांश पालना गर्दै प्रजातान्त्रीक अभ्यासको नमूना देखाउन सफल होउन । सबैलाई शुभकामना ।
यसै सन्दर्भमा मैले आज भन्दा केही दिन अगि गरेको पोस्टिङ्लाई फेरी पनि बृहत्तर पर्थबासी नेपालीहरुमा राखेको छु ।
[…जहाँसम्म एन. आर. एन. मा मिलेर जाने प्रसंग थियो, त्यो बिचार प्रति मैले पनि गम्भिररूपमा नसोचेको हैन । त्यही आशाले नै मैले पनि आफ्नो पहल शुरु गरेको थिएँ । मैले पनि मध्यस्थताको प्रायस आफ्नो हुतीले भ्याएसम्म गरेँ; जुन अझै जारी छ । बुहारी सुध्रोस भनेर छोरी कुट्न सम्मको काम पनि गरे कै छु जस्तो लाग्छ, तर बुहारीलाई सुधार्ने अभिप्रायभन्दा पनि तर्साउनतिर मात्र लागिपरेका जमातहरुको पनि जत्था लागिपरेको अवस्थामा यो उदेश्य प्राप्तिमा हामी कति सफल या असफल हुनेछौँ, त्यो त समयले नै बताउँला । प्रार्थना गरौं, यसमा समाजको भलोको लागी हामी सफल हुन सकौं ।
खोलाका दुई किनारमा बसेर केवल आफूलाई मात्र वारी देख्ने र अरुलाई पारी मात्र देख्ने हाम्रो
प्रवृती लाई निरुत्साहित गरौँ ।अब कुरो आयो सक्षमताको, त्यही सक्षमताको बिश्वास अनि समय र परिस्थिती मूल्यांकन गरेर नै मैले पनि आफ्नो उम्मेद्दरी दिएको हुँ, न कि कसैको लागी तगारो बन्नका लागी, न त समाजलाई भाँड्न कै लागी ।
अब के त!
अबका हाम्रा बिकल्पहरु भनेका प्रजातान्त्रीक मूल्य, मान्यता र अभ्यासमा सिमित राखेर मतदाताहरुको स्वविबेकिय निर्णयलाई स्विकार्नु हो । प्रजातान्त्रीक अभ्यासमा हार-जीत स्वभाबिक हुन्छ र यसरी जाँदा यसबाट आएका र आउन सक्ने सकरात्मक वा नकरात्मक परिणामहरूको जिम्मेवारी मतदाताहरु पनि हुनेछन ।
मेरो सल्लाह र सुझाब,
मेरो सल्लाह,सुझाब र व्यक्तिगत धारणा हिजो के थियो, आज के छ र भोली के हुनेछ भने;
1. हामीले पदको मोहका लागी भिड्ने हैन, पदिय जिम्मेवारी र दायित्व बहनका लागी अठोटका साथ लड्ने हो ।
2. पदीय जिम्मेवारी र दायित्व बोध गर्नका लागी जो कसैले पनि अरुको नकरात्मक पक्ष र अबगुणको टिका-टिप्पणी गरेर मतदाताहरुको मन जित्ने प्रायसमा भन्दा पनि आफ्नो कार्य दक्षता, सक्षमता र आफूमा रहेका गुणलाई चुनाबी मुद्दाको रूपमा अगि सार्नुमा आफ्नो हित हुनेछ ।
3. हरेक ब्यक्तिलाई आफू कुनै पनि काममा अग्रसर भएर जान पाउने अधिकार हुन्छ र त्यसको आदर गर्नै पर्छ ।
4. सहमतीको नाममा सिमित जमात र कोठे बैठकहरुको निर्णयबाट अरुको अधिकार हनन गर्ने र स्वनिर्णय लिनबाट बन्चित गराउनु हुँदैन ।
5. सहमती सर्वमान्य हुन जरुर हुन्छ । ]
धन्यबाद
आङ दावा जाङबु शेर्पा
पुनश्च: यसबाट मेरा शुभचिन्तकहरुलाई पर्न गएको चोट प्रति फेरी पनि क्षमा चाहन्छु ।

Photos 04/06/2015

भुकम्प पिडितलाई जी फाइवको सहयोगी साथ, चलचित्र मन्जरीको सफल प्रदर्शन

गत आइतवार मे ३१ तारिखको दिन स्थानीय पर्थमा रहेको स्टेट लैब्ररिमा नेपाली कथानक चलचित्र मन्जरीको सफलतापुर्बक प्रदर्शनी भएको छ l जी फाइब अर्थात् पर्थमा रहेको ५ इवेन्ट संस्था हाम्रो पर्थ, अस्नेपाल, पर्थ नेपाल, नमस्ते नेपाल र हावा इन्टरटेन्टमेंट्सले संयुक्त रुपमा नेपालमा गएको भुकम्प पिडितहरुको सहयोगार्थ मन्जरीको प्रदर्शनी गरेको हो l

उक्त प्रदर्शनीबाट उठेको १२०० डलर गोर्खामा रहेको विधालयको पुन निर्माणको लागि खर्चिने आयोजक जी फाइबले जानकारी गराएको छ l

यसैगरि नेपाली समुदाय पर्थ, कार्यक्रम सफल पारिदिनु हुने दर्शक र नेपाली कथानक चलचित्र मन्जरीका निर्माता गणेश देव पाण्डेलाई हृदय देखि धन्यवाद दिन चाहेको जी फाइबले जानकारी दिएको छ l

Photos 03/06/2015

स्कुल पूर्णनिर्माणकोलागि पर्थ नेपालको च्यारिटि क्रिकेट म्याच सम्पन्न
गत महिना नेपालमा गएको महाभुकम्पबाट क्षति भएका स्कुल पूर्ण निर्माणको लागि गत सोमवार जुन १ तारिखको दिन स्थानीय क्युडेलमा रहेको पिट पार्कमा च्यारिटी क्रिकेट म्याच सम्पन्न भएको छ l पर्थ नेपाल क्रिकेट क्लबले आयोजना गरेको उक्त खेलमा चार टिमको समावेश रहेको थियो l रातो, निलो, पहेलो र हरियो टिम बिभाजन गराएर खेलाएको उक्त टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल रातो र नेपाल हरियो एकआपसमा उपाधिको लागि भिडेका थिए l पहिलो ब्याटिंग गर्दै नेपाल हरियो टिमले नेपाल रातो टिमलाई १०७ रनको टार्गेट दिएको थियो l दोस्रो ब्याटिंग गर्न मैदानमा उत्रेको नेपाल रातोले टिमका कप्तान आशिष अधिकारीले विजयी रन हान्दै १२ बल बाकी छदै लक्ष्य प्राप्त गरेर विजयी भएको छ l
यसैगरि पर्थ नेपाल क्रिकेट क्लबका संजय चौधरीले उक्त प्रतियोगिताबाट एक हजार दस डलर उठेको र उक्त सम्पूर्ण रकम भुकम्पबाट क्षति भएको विधालय पुन निर्माणमा खर्चिने र अहिले कुन जिल्लाको विधालयलाई सहयोग गर्ने भन्ने निर्णय नभएकोले नेपालमा यस बिषयमा अध्धयन भैरहेको जानकारी गराउनु भएको छ l
पर्थ नेपाल क्रिकेट क्लबले यस प्रतियोगितालाई सफल पारिदिनु हुने सम्पूर्ण नेपाली समुदय पर्थ, प्रतियोगितामा सहभागी खेलाडीद्वय, नेप्लिज युनाइटेड फुटबल क्लब अफ वेस्टर्न अस्ट्रेलियाका प्रेसिडेन्ट आङ्ग दावा शेर्पा, नावा पर्थका प्रेसिडेन्ट डा बिष्णु देवकोटा, एनआरएन वेस्टर्न अस्ट्रेलियाका भाइस प्रेसिडेन्ट राज थपलिया, एनआरएन आइसीसी सदस्य भैरव ढकाल, पशुपतिनाथ बौधनाथ मन्दिरका प्रेसिडेन्ट यादव शर्मा र यस प्रतियोगितालाई प्रयोजन गरेर मद्दत गर्नु हुने भिसा हबका सम्पन्न घिमिरेलाई विशेष धन्यवाद दिन चाहेको र खेलको दौरान अफिसियेलको भूमिका निर्वाह गर्नु हुने तुलसी बिक्रम थापा, चन्द्र खरेल, प्रकाश तिमल्सिना, सम्पन्न घिमिरे र शम्भु पोख्रेललाई पनि मुरी मुरी धन्यवाद दिना चाहेको जानकारी गराएको छ l

Mobile uploads 04/05/2015

पर्थमा सहयोग संकलन अपटेड

नेपालमा वैशाख १२ मा गएको बिनासकारी महाभुकम्पवाट पिडित भएका नेपालीहरुलाई सहयोग गर्न पर्थमा च्यारिटी लन्च कार्यक्रम सम्पन्न भएको छ । पश्चिम अष्ट्रेलियाको पर्थमा रहेका सात वटा नेपाली रेष्टुरेण्ट व्यवसायीहरुले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमवाट ५६०० डलर संकलन गरिएको छ । एकतामा हातेमालो भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा उल्लेख्य रुपमा पर्थवासी नेपालीहरु उपस्थित भएका थिए । संकलित रकम पश्चिम अष्ट्रेलिया ईमर्जेन्सी रिलिफ फण्डवाट एनआरएनएमा हस्तान्तरण गरिएको छ । गोर्खा नेप्लिज रेष्टुरेण्ट,एवालोन थाई रेष्टुरेण्ट,दरवार इण्डियन नेप्लीज रेष्टुरेण्ट,अन्नपुर्ण नेप्लीज रेष्टुरेण्ट, लुम्बिनी नेप्लिज रेष्टुरेन्ट ,हिमालयन नेप्लीज रेष्टुरेण्ट, र हिमाली गोर्खा रेष्टुरेण्टको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । साथै भुकम्पपिडितको सहयोगार्थ पर्थमा फण्डरेईजिङ डिनरको आयोजना गरिने जानकारी प्राप्त भएको छ । मंगलवार साँझ ५ वजे ब्राण्डोज पिजेरिया क्याफे भिक्टोरिया पार्क मा कार्यक्रम हुनेछ र सबैको उपस्थितिको लागी आव्हान गरिएको छ ।

Mobile uploads 01/05/2015

Update on fundraising campaign by WA emergency relief fund for Nepal

Want your business to be the top-listed Media Company in Perth?
Click here to claim your Sponsored Listing.

Telephone

Address


180/81 King William Street
Perth, WA
6053