Milesh Rai
politician
२४ नम्बर समष्टि अन्तर्गत मरमा-बस्तीको बुथ लेभलबाट आज मिरिकमा हुने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी रेली तथा जनसभामा उत्साहपूर्वक उपस्थिति जनाउन आउँदै गरेका समर्थकहरूको प्रेरणादायी दृश्य। जनताको अपार साथ, विश्वास र समर्थनले परिवर्तनको लहर अझ बलियो बन्दै गएको अनुभूति ।।
17/04/2026
मिरिक बस्ती थुलुङ्ग गाउँ शाखाद्वारा आज चुनाव प्रचारप्रसार अभियानका क्रममा पञ्चायत सदस्य दमित लेप्चाको सहभागितामा कार्यक्रम सम्पन्न गरियो। साथै, विगतमा पञ्चायत समिति सदस्य रहनुभएकी जुना लेप्चाले हामीलाई छोडेर जानुभएको पीडादायी क्षणलाई सम्झिँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो।
उहाँको सम्झना, विचार र परिवारप्रति सम्मान व्यक्त गर्दै सम्पूर्ण पार्टी परिवारले दुई मिनेट मौनधारण गरी उहाँप्रति सम्मान प्रकट गर्यो। त्यसपछि कार्यक्रमलाई निरन्तरता दिँदै चुनाव प्रचारप्रसार अभियानलाई अगाडि बढाइयो।
17/04/2026
आज सद्भावना समाज, मिरिक वार्ड नं. ४ भानुटोल क्षेत्रका समाजका आदरणीय सदस्यहरूसँग भेटघाट तथा छलफल गर्ने अवसर प्राप्त भयो ।।
16/04/2026
आज २४ न० समष्टि अन्तर्गत नयाँ कमान, डुप्टिन टार क्षेत्रमा चुनावी प्रचार–प्रसार अन्तर्गत पोस्टरिङ कार्यक्रम सक्रिय रूपमा सम्पन्न गरियो। यस क्रममा स्थानीय बासिन्दा तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनायो।
साथै, आज इसाई धर्मावलम्बीहरूको प्रार्थना सभामा समेत उपस्थित भई उनीहरूसँग आत्मीय भेटघाट गर्ने अवसर प्राप्त भयो। उक्त सभामा सहभागी भई आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकताको सन्देश आदान–प्रदान गरियो, जसले चुनावी अभियानलाई अझ सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्यायो।
14/04/2026
आज मिरिक बस्ती ग्राम पञ्चायतका प्रधानको गरिमामय उपस्थितिमा डुप्टिन बुथअन्तर्गत सिलोगाउँ शाखाको सभा सफलतापूर्वक सम्पन्न भयो।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Multi Purpose Gorkha Rangamancha Bhawan, New Krishnanagar, Mirik, Gorkhaland Territorial Administration
Darjeeling
734214