We Support Bikash Rai
political organisation
26/05/2026
कृषकहरूको हित र कृषि विकासका लागि एमओडी बिकास राई र डीएचओ सञ्जय दत्तबीच शिष्टाचार भेट
कालिम्पोङ ३४ नं० समष्टिका सभासद साथै कृषि एवं वागवानी विभागका एमओडी (MOD) बिकास राईले कालिम्पोङ जिल्ला बागवानी अधिकारी (DHO) सञ्जय दत्तसँग एक शिष्टाचार भेटघाट गर्नुभएको छ।
उक्त भेटघाटमा क्षेत्रको कृषि र कृषकहरूको हितका निम्ति विभिन्न महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल भयो।
भेटघाटका मुख्य उद्देश्य तथा छलफलका विषयहर
कालिम्पोङ जिल्ला र विशेष गरी ३४ नं० समष्टि भित्रका कृषकहरूले भोगिरहेका समस्याहरूका बारेमा चर्चा गरियो। साथै, कृषि क्षेत्रको स्तरोन्नतिका लागि चाल्नुपर्ने कदमहरूमाथि विचार विमर्श भयो। विभागद्वारा सञ्चालित विभिन्न सरकारी योजनाहरूलाई स्थानीय स्तरमा कसरी अझ बढी प्रभावकारी र पारदर्शी ढंगमा लागू गर्न सकिन्छ भन्नेबारे दुवै पक्षबीच गम्भीर छलफल भयो। कृषकहरूलाई आधुनिक कृषि प्रविधि, उन्नत बिउ-बिजन, र सरकारी अनुदानहरू सही समयमा उपलब्ध गराउने विषयमा जोड दिइयो। यस भेटघाटले आगामी दिनमा स्थानीय क्षेत्रका कृषकहरूलाई थप राहत पुर्याउने र कालिम्पोङको कृषि क्षेत्रको समग्र विकासमा एउटा नयाँ र सकारात्मक दिशा निर्देश गर्ने विश्वास राखिएको छ।
21/05/2026
भावपूर्ण श्रद्धाञ्जली! 💐
३४ नम्बर समष्टिका जनप्रिय, आदरणीय एवं निष्ठावान नेता स्व° बिदुर राई ज्यूको पाँचौँ वार्षिक पुण्य तिथिको पावन अवसरमा उहाँको पवित्र आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
उहाँले समष्टिको विकास र जनताको सेवामा पुर्याउनुभएको अतुलनीय योगदान इतिहासको पानामा सधैँ अजर-अमर रहनेछ। यस दुःखद क्षणमा उहाँका सम्पूर्ण परिवारजन, आफन्त र शुभचिन्तकहरूमा गहिरो समवेदना प्रकट गर्दछौँ।
06/05/2026
भालुखोप र होम्सका ग्राम पञ्चायतका प्रधान उपप्रधान अनि पञ्चायत सदस्यहरुलाई लिएर समिक्षा सभा सम्पन्न गरियो।
१८ औं विधानसभा चुनाव शान्तिमय गर्ने आग्रह।
21/04/2026
भारतिय गोर्खा प्रजातान्त्रिक मोर्चा ३४ नम्बर समष्टि अन्तर्गत ४ नम्बर वार्डमा आज भोटको अपिल गर्दै।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Kalimpong