Bidur Rai Foundation

Bidur Rai Foundation

Share

Do your best, God will do the rest. Late Bidur Rai

13/07/2026

श्री कृष्ण प्रधानको भनाई अनुसार स्व° बिदुर राईले सधैं भन्नुहुन्थ्यो कि युवाहरु मागी खाने होइन तर गरी खाने हुनुपर्छ, त्यसैको फलस्वरूप फाउण्डेशनको पहलमा निर्माण भइरहेको यो एड्भेन्चर पार्क पनि एउटा गरिखाने योजनाको ज्वलन्त उदाहरण साथै सराहनीय कार्य भएकोले आफुहरु त्यसबाट प्रभावित भएको जनाए।



Bidur Rai Adventure Park
Biraj Rai

Photos from Bidur Rai Foundation's post 11/07/2026

बिदुर राई फाउन्डेसनको पहलमा स्थानीय छोटा भालुखोप, दलमान गाउँमा निर्माण भइरहेको बिदुर राई एड्भेञ्चर पार्कमा आज स्थानीय बड़ा भालुखोप नेवार गाउँ युथ समुहबाट युवाहरुको टोलीले व्यापक सर सफाई कार्यद्वारा सहयोग पुर्याएका‌ छन्।
श्री कृष्ण प्रधानको नेतृत्वमा रहेको उक्त टोलीले बिहानदेखि नै भेला भएर पार्क परिसरमा एकदमै आवश्यक रहेको सर सफाई कार्य गरेर पार्कलाई थप सुन्दरता प्रदान गरेका छन्। श्री प्रधानको भनाई अनुसार स्व° बिदुर राईले सधैं भन्नुहुन्थ्यो कि युवाहरु मागी खाने होइन तर गरी खाने हुनुपर्छ, त्यसैको फलस्वरूप फाउण्डेशनको पहलमा निर्माण भइरहेको यो एड्भेन्चर पार्क पनि एउटा गरिखाने योजनाको ज्वलन्त उदाहरण साथै सराहनीय कार्य भएकोले आफुहरु त्यसबाट प्रभावित भएको जनाए।
हामी बिदुर राई फाउन्डेसनको तर्फबाट नेवार गाउँ युथका सम्पूर्ण युवाहरुलाई उक्त निःस्वार्थ सहयोगको निम्ति आन्तरिक ह्रदयबाट आभार व्यक्त गर्दछौं।

Bidur Rai Adventure Park

07/07/2026

सादर निमन्त्रणा!
आगामी दिनाङ्क 18/07/2026 शनिबारको दिन बिदुर राई फाउन्डेसनको पहल अनि कालेबुङ नगरपालिका पूर्व अध्यक्ष श्री रबि प्रधानको विशेष सहयोगमा निर्मित बिदुर राई एडभेन्चर पार्कको उद्घाटन हुन गइरहेको छ।
कालेबुङ बजारदेखि नजिक केवल 6 किलोमिटरको दुरीमा रहेको दलमान गाउँ, छोटा भालुखोपमा अवस्थित उक्त एडभेन्चर पार्क कालेबुङको निम्ति एउटा नयाँ पर्यटकीय गन्तव्य स्थल मान्न सकिन्छ। कालेबुङ बजारदेखि यतिको कम दुरीमा रहेको उक्त एडभेन्चर पार्कमा आएर सायद कालेबुङकै सबैभन्दा अग्लो रमणीय प्राकृतिक झरना, सबैभन्दा अग्लो साथै लामो जिपलाईन् अनि स्काई साइक्लिङ, रोप कोर्स ब्रिज, स्विमिङ पुल इत्यादिको मनोरञ्जन लिन अनि अवलोकन गर्न सकिनेछ।
उक्त जग्गामा पर्यटक स्थल निर्माण गर्ने स्व° बिदुर राईको ठूलो सपना साकार हुन नपाई उहाँको असामयिक निधन भएकोले त्यस अधुरो रहेको सपनालाई बिदुर राई फाउन्डेसनको पहल अनि कालेबुङ नगरपालिका पूर्व अध्यक्षको विशेष सहयोग साथ साथै सम्पूर्ण सहयोगी हातहरु, कृपालु मनहरुको योगदानको फलस्वरूप उक्त एडभेन्चर पार्क निर्माण गरी उहाँ प्रति समर्पित गर्न सक्षम बनेका छौं।
त्यसैले आउनुहोस् अनि उद्घाटन कार्यक्रमको साक्षी बन्नुहोस्।
दिनाङ्क: 18/07/2026
समय: 10.30 बजे
स्थान: दलमान गाउँ, छोटा भालुखोप,
कालेबुङ

29/06/2026

सम्पूर्णलाई धरै धरै धन्यवाद 🙏
゚viralfollowersシ゚

Want your organization to be the top-listed Non Profit Organization in Kalimpong?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Malli Road, Chota Bhalukhop
Kalimpong
734301