Achham Today
ताजा खबरको संगालो अछाम टुडे [email protected]
15/03/2026
कमलबजारमा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा अभिमुखीकरण सम्पन्न
अछामको कमलबजार नगरपालिकामा पालिका स्तरीय स्थानीय बाल अधिकार समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको अधिकार संरक्षण, प्रवर्द्धन तथा स्थानीय तहमा बालमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
वल्ड भिजन इन्टरनेशनल नेपाल र आस्था नेपालको सहयोग तथा सहजीकरणमा, कमलबजार नगरपालिकाको समन्वय तथा बाल अधिकार समितिको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
नगर उप–प्रमुख तथा बाल अधिकार समिति संयोजक शारदा कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, पत्रकार, बाल सञ्जालका प्रतिनिधिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा बाल अधिकारसम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहको भूमिका, बालमैत्री वातावरण निर्माण तथा बालबालिकासँग सम्बन्धित विभिन्न चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।
सहभागीहरूले स्थानीय तहमा बाल अधिकार संरक्षणका लागि समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
कार्यक्रमले कमलबजार नगरपालिकामा बालबालिकाको हकहित सुनिश्चित गर्न तथा बालमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
📢 कर्मचारी आवश्यकता सूचना
प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. द्रारा संचालित अछाम टुडे को लागि मिडिया सहायक / प्रतिनिधि पदमा कर्मचारी आवश्यकता भएकोले इच्छुक युवाहरूबाट आवेदन आह्वान गरिन्छ।
📍 आवश्यक संख्या (पालिका अनुसार):
मंगलसेन नगरपालिका – १ जना
कमलबजार नगरपालिका – १ जना
तुर्माखाँद गाउँपालिका – १ जना
ढकारी गाउँपालिका – १ जना
✅ योग्यता:
• कम्तीमा +2 उत्तीर्ण
• मोबाइल तथा सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने
• समाचार लेखन/रिपोर्टिङमा रुचि भएको
📅 आवेदन दिने अन्तिम मिति:
२०८२ साल चैत्र १५ गते
📞 सम्पर्क: ९८२३३२०३५०
👉 इच्छुक व्यक्तिहरूले नागरिकता र शैक्षिक प्रमाणपत्र सहित आवेदन दिनुहुन अनुरोध छ।
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Mumbai