Eps Sathi

Eps Sathi

Share

nepali news

03/05/2020

काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा पनि प्रभावित हुने भएको छ । लकडाउनका कारण परीक्षाको तयारी गरिरहेका परीक्षार्थी मात्रै हैन, सरकार पनि अलमलिएको छ ।कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैनI

02/05/2020

आदरणीय ओलि बा लाई चिठी ।
सिद्ध कुमाख गा .पा सल्यान चाख्लिघाट
मिति - २०७७/१/२०
आदरणीय ओलि बा
सादर अभिवादन ।

तपाईंको नजरमा जनता दुखी छैनन्। त्यसैले म पनि सुखी र कुशल रही कुशलताको कामना गर्द्छु ।कोरोनाको महामारी अनि हजुरको स्वास्थ्यको बारेमा अलिकति चिन्तित छु। मलाई अवगत छ, यो दुर्गम कुनाबाट लेखिएको पत्र त्यो राजधानीमा ठडिएको सिह दरबार सम्म त पुग्ने छैन । त्यहीपनि लेख्न बाध्य भए ।

हाल कुरा चलिरहेको छ कि हजुरको सट्टामा अर्को राख्ने ? आखिर हजुरको सट्टामा अर्को राख्नु पर्ने कारण के ? तपाईले सपथ खानु र अर्कोले सपथ खानुको उद्देश्य एउटै होइन र ? आज किन सबै जनताले तपाई जस्तो परिपक्व नेता माथि औंला उठाइ रहेको छ। तपाईको छत्रछायामा बसेकाहरुले विरोध गर्लान् तर अहिलेको सरकार रोल्पा , कर्णाली र मेरो दुर्गम भेग सम्म आएको छ। चिल्लो गाडी चढेर , कुरकुरे हड्डी चपाएर, राता गाला पुक्क पार्दै चैनको निन्द्रा लिने त्यो तपाईको अधिकार हो । जनताकै पसिना,रगत र श्रम बाटै तपाईको लगाउने टालो अनि खाने गास देखि सबै सुविधाको उपयोग गर्नुहोस् तर जनताको अलिकति दुखेसो सुन्ने की! कहिले सम्म जनता दमन र शोषणको भयभीत जिन्दगी जिउने ?युवाहरूले आफ्नो भविष्य खाडीमा सुनिश्चित गर्न बाध्य छन । घरमा वृद्ध बा-आमा दिन गनिरहेका छन । कतै काठको बाकस उपहार आउने हो कि, छोराछोरीले हाम्रो काजकिरिया गर्ने बेलामा हामीले नै त्यो कर्म पूरा गर्नु पर्ने त होइन । अर्काको भुमिमा रगत पसिना बगाएर गुलाम बन्ने रहर कसलाई छ र ? एका तिर बिदेशिनु पर्ने पीडा अर्को तिर बलात्कार, यौन हिसा, कालोबजारी र भ्रष्टाचार सरक्षण केन्द्र नेपालको पीडा भलाद्मीलाई जेलनेल र भ्रष्टाचारीलाई स-सम्मान सरंक्षण वाह ! हजुरबुबा परिपक्व नेतृत्व अनि सहिदले पाएको न्याय ।
जनताको रगत र पसिनाले ढाडिएका प्युसाहरुलाई देश जहाँ पुगोस् कुनै सरोकार छैन । देशलाई अग्रगतिमा विश्व प्रतिस्पर्धाको बजारमा खडा गर्न तपाई हरेक कुना कन्दरामा दुखेका घाउहरुमा मलम बनेर पुग्ने कि जनताको घाउमा नुन चुक छर्ने?राणा शाशन भन्दापनि कठोर र क्रूर बनेको छ अहिलेको सरकार। लोकतन्त्र ल्याएको कुनै औचित्य नै देखिएन । जनताले बगाएको रगत र पसिनाले ल्याएको लोकतन्त्र जनमुखी र पारदर्शी हुनुपर्छ।
अर्को भागमा पूरा हुनेछ यहाँ अटेन........

24/04/2020

Local maxa

Want your school to be the top-listed School/college in Tulsipur?
Click here to claim your Sponsored Listing.

Website

Address


Tulsipur
271208