Korea Update

Korea Update

Share

कोरियामा रहेका नेपाली र नेपाली समुदायसंग सम्बन्धित सम्पूर्ण खबरहरु !🇰🇷

05/06/2026

आफ्नो ज्यान दिएर देश बचाउने वीरहरूको सम्झनामा भोलि ‘현충일’, १ लाख ७५ हजार जनाको चिहानमा हुँदैछ कार्यक्रम #현충일

04/06/2026

कोरियाको स्थानीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको ऐतिहासिक जित! १६ मध्ये १२ क्षेत्रमा DPK विजयी, सउल गुम्दा बुसानमा ऐतिहासिक विजय ।
दक्षिण कोरियाको स्थानिय निर्वाचनको नतिजा विस्तृतमा

Photos from Korea Update's post 03/06/2026

दक्षिण कोरियाको स्थानीय निर्वाचनमा मतदान सम्पन्न, मतदानपछीको सर्वेक्षणमा सत्तारुढ डेमोक्रेटिक पार्टीको पल्ला भारी ।

गोविन्द बानियाँ, सउल दक्षिण कोरिया

दक्षिण कोरियामा बुधबार स्थानिय तहका लागी भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ । निर्वाचनको एक्जिट पोल अनुसार सत्तारुढ डेमोक्रेटिक पार्टी अफ कोरिया (DPK) ले स्पष्ट अग्रता लिएको छ। KBS, MBC र SBS द्वारा सार्वजनिक गरिएको संयुक्त एक्जिट पोलले १६ मेयर तथा गभर्नर पदमध्ये ११ स्थानमा DPK उम्मेदवारहरू अगाडि रहेको देखाएको छ भने विपक्षी पिपुल पावर पार्टी (PPP) केवल एक स्थानमा अगाडि छ। बाँकी चार क्षेत्रको प्रतिस्पर्धा निकै कडा रहेको बताइएको छ।

यस निर्वाचनमा देशभरका १४ हजार २८८ मतदान केन्द्रमार्फत ४ करोड ४६ लाख मतदाताले ४ हजार २२७ पदका लागि मतदान गरेका थिए ।

हाल मतगणना जारी रहेकाले अन्तिम परिणाम रातिसम्म आउने अपेक्षा गरिएको छ।

(एक्जिट पोल भनेको मतदान गरिसकेर बाहिर निस्किएका मतदातालाई तपाईंले कसलाई मतदान गर्नुभयो भनेर सोधेर तयार गरिने प्रारम्भिक अनुमान हो। यो अन्तिम नतिजा होइन, तर सम्भावित नतिजाको संकेत हो।)

03/06/2026

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको रजत जयन्ती भव्य रूपमा सम्पन्न, ‘वसाङ्लुङ’ स्मारिका सार्वजनिक

Photos from Korea Update's post 01/06/2026

दक्षिण कोरियामा क्रियाशील किरात समुदायको अग्रणी संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समापन समारोह तथा विशेष स्मारिका “वसाङलुङ” को विमोचन कार्यक्रम हिजो आइतबार सउलमा सम्पन्न भएको छ ।

Photos from Korea Update's post 30/05/2026

दक्षिण कोरियामा ७३औँ सगरमाथा दिवस मनाइयो

गोविन्द बानियाँ। सउल । दक्षिण कोरिया ।

नेपाली राजदूतावास दक्षिण कोरिया र उम हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा शुक्रबार कोरियन प्रेस सेन्टरमा विशेष कार्यक्रम आयोजना गरी ७३औँ सगरमाथा दिवस मनाएको छ। “सगरमाथा : नेपालको पहिचान र गौरव” भन्ने नारासहित आयोजित कार्यक्रममा कोरियाली पर्वतारोही, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा नेपालप्रेमी कोरियाली नागरिक, त्यस्तै कोरियास्थित नेपाली समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले नेपालको भौगोलिक विविधता, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपाली आतिथ्यताबारे चर्चा गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको थियो । उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरबारे उल्लेख गर्दै हिमाली पारिस्थितिक प्रणाली संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देश प्रस्तुत गरिएको कार्यक्रममा नेपाललाई पर्वतारोहण, पदयात्रा, सांस्कृतिक तथा धार्मिक पर्यटनका आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो। कार्यक्रममा एशियन अल्पाइन एसोसिएसनका अध्यक्ष आरपी देवकोटा, मेडिटेक्स प्रालिका वरिष्ठ अनुसन्धान वैज्ञानिक डा. देवीबहादुर बस्नेत तथा कोरिया नेपाल फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष डा. ली हुन जोङलगायतले सगरमाथा, पर्यटन सम्भावना र जलवायु परिवर्तनका प्रभावबारे धारणा राखेका थिए।

कोरियाली पर्वतारोही सन–उ नामले सगरमाथा आरोहण अनुभव साझा गरेका थिए भने नेपाल पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो प्रदर्शन र नेपाली सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो।

राजदूतावासका अनुसार कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, कोरियाली सगरमाथा आरोही, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा नेपाली डायस्पोरासहिGovinda Baniya Myagdeliता रहेको थियो।

फोटो : Govinda Baniya Myagdeli

28/05/2026

दक्षिण कोरियाको सुवनमा भव्य साकेला, २ हजार भन्दा बढी नेपाली सहभागी…

28/05/2026

कोरियाको सुवनमा भव्य उभौली साकेला, २ हजार भन्दा बढी नेपाली सहभागी

दक्षिण कोरियाको सुवनमा आयोजित उभौली साकेला केवल एउटा सांस्कृतिक कार्यक्रम मात्र थिएन, यो परदेशमा नेपाली पहिचान, किराँती संस्कृति, आत्मीयता र सामुदायिक एकताको उत्सव थियो। करिब २ हजारभन्दा बढी नेपालीको उपस्थितिले यसलाई कोरियामा भएका सबैभन्दा ठूलो नेपाली कार्यक्रममध्ये एक बनायो। किराँती पहिरन, मौलिक परिकार, सिलि नाच, केलाङ नाच र समुदायबीचको आत्मीय भेटघाटले कार्यक्रमलाई अझ विशेष बनायो !

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने 28/05/2026

आगामी जुन ७ तारिख आइतबारका दिन भव्य रूपमा "रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम २०२६" आयोजना गर्न गइरहेको छ।

बागलुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह जुन ७ मा हुने गोविन्द बानियाँ । सउल, दक्षिण कोरिया । "प्रवासी भूमिमा बागलुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकाल.....

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका व 27/05/2026

दक्षिण कोरियामा क्रियाशील किरात समुदायको अग्रणी संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापनाको २५औँ वर्ष पूरा गरेको अवसरमा रजत जयन्ती समापन समारोह तथा विशेष स्मारिका “वसाङलुङ” को विमोचन कार्यक्रम भव्य रूपमा आयोजना गर्ने भएको छ।

किरात याक्थुङ चुम्लुङ कोरियाको रजत जयन्ती समापन समारोह भव्य रूपमा हुने, ‘वसाङलुङ’ स्मारिका व   गोविन्द बानियाँ सउल, दक्षिण कोरिया दक्षिण कोरियामा क्रियाशील किरात समुदायको अग्रणी संस्था किरात याक्थुङ चुम्ल...

Want your business to be the top-listed Media Company in Incheon?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Incheon