Help miklajung
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Help miklajung, Social Media Agency, Madhumalla, Amardaha.
25/09/2025
यो चित्र निकै प्रतीकात्मक देखिन्छ। यसले समाज, राजनीति र जीवनका दुई फरक यथार्थलाई चित्रण गरेको छ।
👉 चित्रको बाँयाँ भाग
ठूला भवनमा आगलागी, धुवाँ, हेलिकप्टर, भीड, नाराबाजी, दंगा/अशान्ति देखाइएको छ।
अगाडि चश्मा लगाएको व्यक्तिले आधुनिकता, शक्ति, अहंकार र सहरको चमकधमक प्रतिनिधित्व गरेको जस्तो लाग्छ।
त्यसतल्लो भागमा ऐतिहासिक दरबार जलिरहेको र भीड विरोधमा देखिन्छ, जसले राजनीतिक अस्थिरता र जनआन्दोलनलाई सन्देश दिन्छ।
👉 चित्रको दायाँ भाग
पहाड़, जंगल, चराहरु र प्रकृति शान्त पार्श्वभूमिमा छन्।
एक व्यक्ति आँसु बगाउँदै दुखी मुद्रामा देखाइएको छ, जसले संघर्ष, पीडा वा मौन पीडित जनताको प्रतिनिधित्व गर्छ।
त्यसतल्लो भागमा मानिसहरू सामूहिक सहयोग गर्दै पहाड चढिरहेको दृश्य छ, जसले एकता, श्रम र आशाको संकेत दिन्छ।
👉 बीचको भङ्गालो र चिरा
बीचमा ठूलो चिरा परेको छ, जुन भूकम्प, विभाजन, विपत्ति वा दुई यथार्थबीचको दूरी जनाउँछ।
यसले सहर र गाउँ, शक्ति र सामान्य जनता, राजनीति र वास्तविकता बीचको भिन्नतालाई स्पष्ट पारेको छ।
निष्कर्ष
यो चित्रले नेपालको दुखद राजनीतिक इतिहास, प्राकृतिक विपत्ति (जस्तै भूकम्प), सामाजिक असमानता र जनताको पीडालाई उजागर गर्छ।
बायाँपट्टि “सत्ता, अस्थिरता, अशान्ति” देखिन्छ भने दायाँपट्टि “जनताको पीडा, संघर्ष र आशा” चित्रण गरिएको छ।
यसले अन्ततः जनताको आँसु र संघर्षबाटै सहकार्य र भविष्य निर्माण हुने सन्देश दिन्छ। 🙏🙏🙏
01/09/2025
मिक्लाजुङ–८ का विद्यालयमा शुद्ध खानेपानी सुविधा
मधुमल्ला ( मोरङ )
मिक्लाजुङ गाउँपालिका–८ का सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानी सुविधा उपलब्ध गराइएको छ। वडामा रहेका चारवटा सामुदायिक तथा संस्थागत विद्यालयका प्रत्येक कक्षाकोठामा खानेपानी जार र फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष प्रवेश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मधुमल्लाका इन्चार्ज मछिन्द्र लिम्बू, विद्यालय प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुँवरले विद्यालय तहमा शुद्ध खानेपानीको अभावलाई सम्बोधन गर्दै “स्वस्थ विद्यार्थी, स्वस्थ नागरिक” को अवधारणा साकार पार्ने उद्देश्यसहित वडा कार्यालयले अभियानकै रूपमा यो कार्यक्रम अघि बढाएको जानकारी दिनुभयो।
त्यसैगरी, इलाका प्रहरी कार्यालयका इन्चार्ज लिम्बूले सहभागी विद्यार्थीहरूलाई लागुऔषध दुरुपयोग नियन्त्रण, ट्राफिक नियम पालन र सामाजिक उत्तरदायित्वबारे सचेतना प्रदान गर्नुभएको थियो।
27/08/2025
जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं ।
जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् ।
सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।
कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।
कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।
विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ ।
जस्तो, खेलमा हार–जीत हुन सक्छ । यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।
हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।
विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।
जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।
शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।
विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ ।
एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।
- शिक्षक मासिक
15/08/2025
अफ्रिकन देश ब्रुकिनाफासोका राष्ट्रपति ईब्राहिम ट्राओरेले आफू राष्ट्रपति भए पछि राष्ट्रपति भवनका एसी झिकेर स्कुलमा जडान गराए । उनले साँसद र मन्त्रीको तलब २०% ले घटाएर शिक्षक कर्मचारीको तलब ५०% ले बढाए। उनको राष्ट्रवादी सोचले कुल गार्हस्त उत्पादन पनि मनग्य बढेको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसँग ऋण लिन नमानेको मात्रै होईन ४.७ अर्व विदेशी ऋण पनि फिर्ता गरिसकेका छन् । उनका प्रगतिशिल कदमहरूले अफ्रिकाको मात्रै नभएर विश्वकै एक उदाउदो लिडरका रूपमा उभ्याईदिएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Madhumalla
Amardaha