Urlabaripage.com
UrlabariPage.com is a first online news portal of Urlabari. Featuring new services: Online Bazar, YellowPage, Job Search
06/06/2026
माेरङकाे उर्लाबारीले यस विषयमा आइतवार पनि स्कुल लाग्ने तर विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा जाेड दिने कुराे ।
सहि कि गलत ? अर्काे कुराे घरका साना र ठुलामा माेवाइल हेर्नमा काे बिग्रिए ? बाउ आामा त छाेडाैं ।
06/06/2026
रास्वपाको जिल्ला अधिवेशन आजदेखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन आज र भोलिदेखि देशका ६१ जिल्लामा एकसाथ सुरु भएको छ । बाँकी १६ जिल्लाको अधिवेशन दोस्रो चरणमा गरिने पार्टीले जनाएको छ । जिल्ला अधिवेशनपछि जेठ २६ देखि असार १ गतेसम्म सातै प्रदेशको अधिवेशन सम्पन्न गरिनेछ भने असार ७ देखि ९ गतेसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना हुने भएको छ ।
06/06/2026
टिकटकमा नेपाली ब्रो का रूपमा परिचित कुमार थापा श्रीमती ह"त्या आरोपमा पक्राउ
सामाजिक सञ्जाल टिकटकमा ‘नेपाली ब्रो’ नामबाट परिचित प्रो रेस्लर कुमार थापा श्रीमतीको हत् #या गरेको आरोपमा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित निवासमा धा%रिलो ह:तियार प्र-हारबाट गम्भीर घा #इते भएकी उनकी श्रीमतीको उपचारका क्रममा मृ*त्यु भएको हो । घ**टनापछि थापा आफैं प्रहरी वृत्त बालाजुमा पुगेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दम्पतीबीच लामो समयदेखि पारिवारिक विवाद रहेको र सम्बन्ध विच्छेद सम्बन्धी मुद्दासमेत अदालतमा विचाराधीन रहेको बताइएको छ ।
वास्तविक नाम कुमार थापा रहेका उनी प्रो रेस्लिङ खेलाडी हुन् । पछिल्लो समय टिकटक तथा अन्य सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामले व्यापक चर्चा कमाएका थिए । घ**टनाबारे थप तथ्य खुलाउन प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
05/06/2026
राधिका माविमा थापा परिवारद्वारा १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना
उर्लाबारी–७ का पूर्व वडाध्यक्ष बीरवल थापाको परिवारले राधिका माध्यमिक विद्यालयमा १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा स्वर्गीय चन्द्रबहादुर थापाको स्मृति तथा विष्णुमाया थापाको सम्मानमा चन्द्रबहादुर–विष्णुमाया थापा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको हो । आमा विष्णुमाया थापाको ८४ औँ जन्मोत्सवको अवसर पारेर कोष स्थापना गरिएको अक्षयकोषका संरक्षक बीरवल थापाले जानकारी दिए । कोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई वार्षिक रूपमा छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । सोही अवसरमा विष्णुमाया थापाले कक्षा १० का विद्यार्थी आषिस चौधरीलाई ५ हजार रुपैयाँ नगदसहित जेहेन्दार छात्रवृत्ति प्रदान गरिन् । अक्षयकोष स्थापना अभियानमा बीरवल थापा, उनका दाजु धनबहादुर थापा तथा स्वर्गीय ध्रुव थापाका सन्तान राजु, विश्व, प्रविन, जोशन, जोश्ना र डी.एल. थापाको संयुक्त सहभागिता रहेको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र सापकोटाले थापा परिवारको सहयोगले आर्थिक रूपमा कमजोर तर प्रतिभावान विद्यार्थीलाई अध्ययनमा थप हौसला मिल्ने विश्वास व्यक्त गरे ।
05/06/2026
रास्वपा मोरङ–१ को क्षेत्रीय सभापतिमा सुमन श्रेष्ठ सर्वसम्मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम क्षेत्रीय अधिवेशनबाट मोरङ क्षेत्र नम्बर–१ को क्षेत्रीय सभापतिमा सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सभापति पदमा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय श्रेष्ठ युवामाझ लोकप्रिय र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित छन् ।
पार्टीको संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि तथा युवा सहभागिता बढाउन सक्रिय भूमिका खेल्दै आएका श्रेष्ठले सर्वसम्मत चयनपछि क्षेत्रीय संगठनलाई अझ सुदृढ, गतिशील र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा मोरङ–१ बाट निर्वाचित सांसद यज्ञमणि न्यौपानेको चुनावी अभियानमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
05/06/2026
विस्वासीलो र भरपर्दो ट्राभल्स, टुर्स, भिजा र टिकट सेवा अब हाम्रो आफ्नै सहर उर्लाबारीमा ।
उर्लाबारी -५, मधुमल्ला रोड, हाटखोला, पुष्पनगरी ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Urlabari
Amardaha
56604