Binod Kumar Shah
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Binod Kumar Shah, Politician, Baudha.
08/03/2025
माननीय मन्त्रीज्यू केही दिनको अस्पताल बसाँइपछि डिस्चार्ज हुनुभएको छ। उहाँलाई मुटुसम्बन्धी समस्या देखिएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएकाे थियो।
उहाँको स्वास्थ्य अवस्था क्रमश सूधारहुँदै गएको छ। १० दिनबढी घरमा रेष्ट गर्न साथै यो समयमा धेरै नबोल्न र फोनमा कुरा नगर्न डाक्टरको सुझाव छ।
विभिन्न माध्यमबाट माननीय मन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्नुहुने तपाईं सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।।
मा. मन्त्रीज्यूको नीजि सचिवालय..।
18/02/2025
नेपाललाई प्रकृतिले समुद्रबाहेक सबै चिज दिएको छ । आफूसँग जे छ, त्यसैबाट देश समृद्ध बनाउने उपाय खोज्नुपर्छ । पानी, काठ, ढुंगा, गिट्टी, बालुवा, तामा, म्यानेसियम, चुनढुंगा, सुन, अभ्रख, बहुमूल्य पत्थरजस्ता प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापन गरेको खण्डमा देशले आर्थिक विकासमा फड्को मार्न सक्छ । वनजंगलको विषयमा मात्र कुरा गर्ने हो भने यसको उपयोग हुनै सकेको छैन । नेपालको जंगलमा प्रशस्त काठ खेर गएको अवस्था छ, हामी विदेशबाट विदेशी मुद्रा खर्च गरेर काठ आयात गरिरहेका छौं । सरकारी तथ्यांकका अनुसार हामीलाई १७ करोड घनफिट वार्षिक काठको आवश्यकता पर्छ । यसको आपूर्ति मलेसिया, न्युजिल्यान्ड र भारतबाट गर्छौं । १५ करोड घनफिट काठ हाम्रो जंगलबाट व्यवस्थापन हुन सक्ने देखिन्छ । हामीसँग २०० अर्ब बराबरको काठ निर्यात गर्ने क्षमता भएको तथ्य अध्ययनले देखाउँछ । यसको उपयोग र व्यवस्थापन अविलम्ब थालनी गर्नुपर्छ ।
आर्थिक विकासका अनिवार्य सर्त पन्ध्रौं योजनाले देशको निरपेक्ष र बहुआयामिक गरिबीको प्रतिशत घटाई मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति गर्ने उद...
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Address
Baudha