Score Up Nepal

Score Up Nepal

Share

we are education institution

13/07/2018

Contact asap..

16/08/2015

Score up nepal is going to run Tuition classes for SLC students on subjects Like science n maths interested students can contact to 9808476310
Admin

Photos 08/06/2013

अन्टार्टिकामा स्वाती

दक्षिणी ध्रुव अर्थात् अन्टार्टिका यो यात्रा साहसिक त छँदैछ, उत्तिकै रोमाञ्चक पनि छ। अन्टार्टिका पुगेर आएका नेपालीहरूले पनि अन्टार्टिकाको सौन्दर्यको बयान खुलेर गर्ने गरेका छन्। मानव वस्तीरहित अन्टार्टिका पृथ्वीको अनुपम उपहार भएको बताइन्छ। नेपालका केही व्यक्ति सुन्दर अन्टार्टिका पुगेका छन्। सधैं चिसो रहने दक्षिणी गोलार्द्ध जानेहरूको लर्कोमा उद्योगपति विनोद चौधरी पनि छन्। उनको आत्मकथामा पनि अन्टार्टिका भ्रमणको प्रसंग उप्काइएको छ।

हालै मात्र नेपाली युवती स्वाती लोहिया अन्टार्टिकाको भ्रमण गरेर नेपाल फर्किएकी छिन्। उनी अन्टार्टिका पुग्ने दोस्रो नेपाली महिला हुन्। यसअघि कृपा श्रेष्ठ अन्टार्टिका पुगेकी थिइन्। कोकाकोलाको ग्लोबल वार्मिङविरुद्धको अभियानका लागि अन्टार्टिका संरक्षणका अभियन्ता रोबर्ट स्वानसँगको सहकार्यमा स्वाती त्यहाँ पुगेकी हुन्। बोटलर्स नेपालकी प्रोमोसन म्यानेजर स्वाती अन्टार्टिका जाने टिमका लागि छनौट भएपछि उनको यात्रा तय भएको थियो। अन्टार्टिका किन जाने ? भनेर निबन्ध लेखेर बुझाउन भनिएपछि सहभागी धेरैमध्ये उनको लेख उत्कृष्ट ठहरिएको थियो।

स्वातीले अन्टार्टिकाका साथै हाम्रो वातावरण पनि बचाउनुपर्छ भनेर लेखेकी थिइन्। स्वातीका अनुसार काठमाडौंमा पानी छैन्, धुलो र प्रदूषण बढ्दो छ, हिमालको हिउँ पग्लिरहेको छ, हिमताल असुरक्षित छन् भन्ने विषय उनले समेटेर उक्त लेख तयार पारेकी थिइन्। 'हाम्रै कारणले ग्लोबल वार्मिङ बढिरहेको छ' स्वाती भन्छिन्-'त्यसकारण यसलाई नियन्त्रण गर्न सचेतना फैलाउन हामी नै लाग्नुपर्छ, कोकको ग्लोबल वार्मिङविरुद्धको अभियान पनि त्यही नै हो।' पछिल्लो समयमा बागमतीको सफाइ अभियानलाई द्रुत गतिमा अघि बढाउनुपर्छ भन्ने मान्यता राख्ने स्वाती बागमती फोहरको जिम्मेवारी पनि हामीले नै लिनुपर्ने बताउँछिन्।

अन्टार्टिका यात्रामा २८ राष्ट्रका ८० सहभागीमध्ये नेपालबाट स्वाती मात्र थिइन्। भारत, चीन, ताइवान, मिडल इष्ट आदि राष्ट्रका साथीहरूका माझ तेस्रो ध्रुव अर्थात् सगरमाथाको देश भनेर चिनिने नेपालकी लाहियाले आफ्नो देशका बारेमा धेरै कुरा राखिन्। ग्लोबल वार्मिङले हिमालयको देशलाई परिरहेको असरका सम्बन्धमा पनि उत्तिकै छलफल भयो, उनले भनिन्- 'औद्योगिक रूपमा विश्ववजारका निम्ति वस्तु उत्पादन गरिरहेका देशहरूले हिमाली क्षेत्रको संरक्षणका लागि लाग्नुपर्ने भनाइ पनि राखे।'

उनीहरूको यात्रा साउथ पोल क्रुज हुँदै अन्टार्टिका प्रवेश गरेको थियो। काठमाडौंबाट अर्जेन्टिनाको दक्षिणी क्षेत्र उस्वाया पुगेका उनीहरू त्यहाँको वातावरण बुझ्न दुई दिन त्यहीं बसे। उस्वायामै विश्वभरका सहभागीहरू भेला हुने पूर्व निर्धारित कार्यक्रम थियो। उस्वायाको दुई दिन बसाइका क्रममा उनीहरूलाई हाइकिङमा पनि लगिएको थियो। 'बेसिक फिट्नेसका लागि हाइकिङ आयोजना गरिएको थियो' उनले भनिन्- 'हाइकिङमा हिउँ क्षेत्रमा यात्रा गरिएको थियो।' दुई दिनपछि अर्जेन्टिनाको सबैभन्दा तल्लो क्षेत्र मानिने उस्वायाबाट क्रुजमा यात्रा सुरु भयो।

माइनस टेम्परेचरको उक्त यात्रामा चिसोबाट बच्न सहभागीहरूले सबै तयारी गरेका थिए। यात्राका क्रममा हिउँ, पेंग्वीन, डल्पिmन, अल्ब्राट्रस, व्हेल तथा समुद्र देख्दा सहभागीहरूमा एक्साइटमेन्ट बढेको स्वातीको अनुभव छ। क्रुजको यात्रा १० दिनको थियो, उनले सम्भिmइन्- 'कुनै पनि महादेश वा देशले अधिकार नराख्ने उक्त स्वतन्त्र क्षेत्रमा १ सय ५० जना अटाउने क्रुजमा बसेर यात्रा गर्दा खुसीको कुनै सीमा थिएन।' सन् २०४१ सम्म अन्टार्टिकामा कसैको हस्तक्षेप नरहने भनेर विश्वव्यापी सन्धी नै छ।

'१० दिनको क्रुज यात्राको बीच-बीचमा आइल्यान्डमा उत्रिएर अन्टार्टिकाको सौन्दर्यमा रमाउँथ्यौं' स्वातीका अनुसार पहिलो पटक डल्पिmन देख्दा उनी असाध्यै रमाएकी थिइन्। उस्वायाबाट २ दिनको यात्रापछि आउने अन्टार्टिकामा प्रवेश गरेपछि उक्त टिम दिन प्रतिदिन रोमाञ्चित हुँदै गयो। हरेक दिन आइल्यान्डमा आयोजित हाइकिङमा सहभागी हुने उनीहरू एक दिन भनें हिउँमै स्लीपिङ ब्याग ओछ्याएर सुतेका थिए। 'घरमा सुतेजस्तो आनन्द त अवस्यै थिएन' उनले भनिन्-'तर हिउँ माथी सुतेको त्यो अनुभव छुट्टै किसिमको थियो।'

अन्टार्टिकाको वातावरण संरक्षणका निम्ति त्यहाँ कसैले पनि फोहर गर्न पाउने छुट छैन, त्यसकारण आगो बाल्ने, टेन्ट गाड्ने जस्ता गतिविधि गर्न पाइँदैन। त्यहाँका जलचर, थलचर जीवजन्तुलाई छुन पाइँदैन्। त्यसमाथि वातावरण संरक्षण र ग्लोबल वार्मिङको अभियन्ताका रूपमा हिँडेकाले अन्टार्टिकालाई थोरै मात्र पनि दुषित गर्ने अधिकार यो टिमसँग थिएन्। स्वाती भन्छिन्- 'यो वाइल्ड लाइफको अधिकारको क्षेत्र थियो, डल्पिmन, पेन्ग्िवन, ह्वेल आदि जीव जन्तुको क्षेत्र थियो, उनीहरूको क्षेत्रमा प्रदूषण गर्ने हाम्रो अधिकार छैन।' यो टिमका सदस्यहरूले बीच-बीचको समयमा पावरप्वाइन्ट प्रजेन्टेसन पनि गरेका थिए।

'अन्टार्टिकाका जीवजन्तु र पंक्षी हामीहरूलाई देखेर क्युरियस भएको पाए, हाम्रो मानववस्तीमा नौलो कुरा देखा पर्दा हामी जसरी कौतुहलता देखाउँछौं उनीहरू त्यस्तै व्यवहार गरिरहेका थिए' स्वाती भन्छिन्- 'अचम्म त उनीहरू प|mेन्डली भएको देखेर लाग्यो ? उनीहरूले प|mेन्ड्ली क्रियाकलाप गरेको देखेर हामी छक्क परिरहेका थियौं, तर हामीले कसैलाई छोएनौं।' स्वाती खासगरी पेन्ग्वीनको फ्यान भइन्। खाना खान सिकाउने, पारिवारिक संरचनामा रमाउने, बच्चाबच्चीको ख्याल गर्ने जस्ता पेन्ग्वीनका गुणहरू प्रशंसा योग्य भएको उनले बताइन्। सिल, ह्वेल जस्ता पानीमा बस्ने जिवहरूको गतिविधिहरूबाट पनि रमाएको उनले सुनाइन्। 'कुनै पनि वाइल्ड लाइफलाई बाधा नपुर्‍याएसम्म उनीहरूले पनि केही गर्ने रहेनछन्' स्वातीले भनिन्- 'हामीले उनीहरूको प्राकृतिक जीवनशैली र नियम प्रक्रियालाई अफ्ठयारोमा नपारेकाले हामीले पनि उनीहरूबाट खतरा महसुस गर्नुपरेन्।'

'वातावरण संरक्षण कुनै राष्ट्र वा सरकारको मात्र विषय होइन, हामी व्यक्तिको पनि उत्तिकै सरोकारको विषय हो भन्ने निष्कर्षमा पुग्यौं'उनले भनिन्-'त्यसकारण देशमा फर्किएपछि सचेतना फैलाउन सुरु गरिसकेका छौं।' स्वातीले अन्टार्टिकामा फहराएको नेपालको झन्डा पनि र्फकने बेलामा त्यहाँबाट लिएर नै आएको सुनाइन्, झन्डाले पनि त्यहाँ प्रदूषण फैलाउँछ भन्ने मान्यता छ। नेपाल फर्किएपछि स्वाती नेपाल चिनाउने सगरमाथामा थुपि्रएका फोहर सफाइ गर्ने अभियानमा लाग्ने भएकी छिन्। कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालले उनलाई यसका निम्ति अघि सारेको छ।

Want your school to be the top-listed School/college in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Bhaktapur
977