Rabi Rizal
enterpreneur
ईद उल फितरको सुखद अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
एक महिनासम्मको रोजा, त्याग, संयम र आत्म अनुशासनपछि मनाइने यस महान् पर्वले हामी सबैमा शान्ति, सहिष्णुता, आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु।
यस अवसरले सबै नेपालीबीच भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अझ सुदृढ बनाउँदै समृद्ध राष्ट्र निर्माणमा थप ऊर्जा प्रदान गरोस्।
ईद मुबारक!
18/02/2026
राष्ट्रिय स्वाधीनता, सनातन मूल्य-मान्यता र मौलिक पहिचानको संरक्षण आजको सबैभन्दा ठूलो आवश्यकता हो। यही मूल एजेन्डालाई आत्मसात गर्दै अघि बढिरहेको दल हो राष्ट्रिय प्रजातन्त्र पार्टी।
देशमा बढ्दो अस्थिरता, भ्रष्टाचार र मूल्यहीन राजनीतिक अभ्यासका बीच अब सचेत नागरिकको निर्णायक भूमिका आवश्यक छ। हाम्रो एक मत केवल औपचारिकता होइन-यो राष्ट्रको दिशा परिवर्तन गर्ने शक्ति हो। धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै सुशासन, पारदर्शिता र विकासको मार्ग रोज्नु आजको आवश्यकता हो।
हामीले दिने मतले हाम्रो सन्तानको भविष्य, राष्ट्रिय पहिचान र समृद्धिको आधार तय गर्छ। त्यसैले भावनामा होइन, राष्ट्रहितमा सोचेर निर्णय गरौँ।
आउनुहोस्, राष्ट्रप्रेम र जिम्मेवारीको भावना सहित एकताबद्ध बनौँ-
राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान गरौं, सुशासन र स्वाभिमानसहितको सशक्त राष्ट्र निर्माण गरौँ ।🇳🇵
-रवि रिजाल (आ.केन्द्रिय सदस्य)
-आरधाना पुडासैनी (केन्द्रिय सदस्य ,पर्यटन विभाग राप्रपा)
23/01/2026
विद्या, बुद्धि, कला र संस्कृतिकी देवी माँ सरस्वतीको कृपाले
हाम्रो जीवनमा ज्ञानको उज्यालो फैलियोस्,
अज्ञानताको अन्धकार हटोस्,
सद्बुद्धि, सृजनशीलता र सफलता सदैव साथ रहोस्।
यस शुभ अवसरमा
विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण दिदीबहिनी–दाजुभाइहरूमा
शिक्षा, शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको कामना गर्दछु।
वसन्त पञ्चमीको शुभकामना !
🙏📖🇳🇵❤️
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dharan Road
Biratnagar